• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

स्मिता पाटिल : जसले कम उमेरमा धेरै जिन्दगी बाँचिन्

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०८०  ०८:४७
1140x725

सन् २०१५ मा, स्मिता पाटिलका ८८ वर्षीय बुबा शिवाजीराव गिरिधर पाटिल भारतको तेस्रो सर्वोच्च नागरिक पुरस्कार पद्मभूषण लिन राष्ट्रपति भवनको दरबार हलमा पुग्दा उनका आँखा रसाए।

पाटिल परिवारको लागि यो ठूलो दिन थियो। २८ वर्षअघि उनकी छोरी स्मिता पाटिललाई पनि भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीले राष्ट्रपति भवनमा सम्मानित गरिएको थियो।

स्वतन्त्रता पछि, उनी प्रजा समाजवादी पार्टीको सदस्य भए। सन् १९६४ मा उनी कांग्रेस पार्टीको सदस्य बने।

उनलाई महाराष्ट्रको उर्जा तथा सिंचाई मन्त्री बनाइएको थियो। उनकी पत्नी विद्याताई पाटिल महाराष्ट्रको एक प्रसिद्ध सामाजिक कार्यकर्ता थिइन्।

मराठी समाचारवाचिका थिइन् स्मिता 
स्मिता पाटिलको जन्म १७ अक्टोबर १९५५ मा भएको थियो। उनले मराठी विद्यालयमा पढेकी थिइन्। पढाइ पूरा गरेपछि उनले बम्बई दूरदर्शनमा मराठीमा समाचार पढ्न थालिन्।

मैथिली राव स्मिता पाटिलको जीवनी 'स्मिता पाटिल अ ब्रिफ इन्कन्डेसेन्स' मा लेख्छिन्, 'स्मिताकी साथी ज्योत्स्ना किर्पेकर बम्बे दूरदर्शनमा समाचार पढ्थिन्। उनका श्रीमान् दीपक किर्पेकर फोटोग्राफर थिए। उनी प्रायः स्मिताको फोटो खिच्ने गर्थे।’

एक पटक उनी स्मिताको फोटो खिचेर ज्योत्सनालाई भेट्न दूरदर्शन केन्द्र गए। गेटभित्र छिर्न अघि भुइँमा राखेर ती तस्बिरहरू मिलाउँदै थिए।

त्यसपछि बम्बई दूरदर्शनका निर्देशक पीवी कृष्णमूर्ति गए। ती तस्बिरहरू देखेर सोधे– यी तस्बिर कसका हुन्? दीपकले स्मिताको बारेमा बताएपछि कृष्णभूर्तिले उनीसँग भेट्ने इच्छा राखे। 

Ncell 2
Ncell 2
nimb
nimb

मैथिली रावले थप लेखेकी छिन्, ‘जब दीपकले स्मितालाई यसबारे बताए, उनी दूरदर्शन जान राजी भएनन्। दिपकले धेरै सम्झाएपछि उनी स्कुटरको पछाडि बसेर दूरदर्शन पुगिन्। त्यहाँ अडिसनमा जब उनलाई आफ्नो मनपर्ने कुरा सुनाउन भनियो, उनले बंगलादेशको राष्ट्रिय गान ‘अमर शोनार बंगला’ सुनाइन्।’ 

‘उनी छनोट भइन् र बम्बई दूरदर्शनमा मराठीमा समाचार पढ्न थालिन्। त्यतिबेला टेलिभिजन ब्ल्याक इन ह्वाइट हुन्थ्यो।’ 

स्मिताको आवाजले सबैको ध्यान आकृष्ट पार्यो। 

मराठी बोल्न नजान्ने धेरै मानिसले साँझमा मराठीमा दूरदर्शनको समाचार सुन्थे ताकि उनीहरूले उच्चारण गर्न सकून्। 

श्याम बेनेगलले पहिलो पटक स्मितालाई टेलिभिजनमा देखेका थिए। र उनले त्यहीबेला स्मितालाई आफ्नो फिल्ममा कास्ट गर्ने सोचेका थिए।

मनोज कुमार र देवानन्द पनि उनलाई आफ्नो फिल्ममा लिन चाहन्थे। देवानन्दले पछि उनलाई आफ्नो फिल्म ‘आनन्द और आनन्द’ मा लिए। विनोद खन्ना स्मिता पाटिलबाट यति प्रभावित थिए कि उनी बम्बईमा जहाँ भए पनि उनको समाचार सुन्न नियमित रूपमा उनको घर पुग्थे।

श्याम बेनेगलले फिल्म ‘निशान्त’का लागि स्मिता रोजे

स्मिता पाटिलले अरुण कोपकरको डिप्लोमा फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन्। त्यतिबेला श्याम बेनेगल आफ्नो फिल्म ‘निशान्त’का लागि नयाँ अनुहारको खोजीमा थिए।

साउन्ड रेकर्डिस्ट हितेन्द्र घोषले उनलाई स्मिता पाटिल सिफारिस गरे।

बेनेगलले स्मिताको अडिसन लिएका थिए। उनी छनोट भइन्। तर बेनेगलले उनलाई पहिलो पटक आफ्नो फिल्म ‘चरणदास चोर’ मा ‘राजकुमारी’ को भूमिका दिए।

बेनेगलले छत्तीसगढमा ‘चरणदास चोर’को सुटिङका क्रममा स्मिताको वास्तविक प्रतिभा थाहा पाए। त्यसपछि उनले स्मितालाई ‘निशान्त’ मा भूमिका दिने निर्णय गरे।

स्मिताको अभिनयको विशेषता भनेको कुनै पनि भूमिकामा आफूलाई पूर्ण रूपमा ढाल्नु थियो। राजकोट नजिकै ‘मन्थन’ को सुटिङका क्रममा उनी गाउँका महिलासँग आफ्नै लुगा लगाएर बसेकी थिइन्।

त्यसपछि मात्र केही कलेजका विद्यार्थी फिल्मको सुटिङ हेर्न त्यहाँ पुगेका थिए । उनीहरूले सोधे– फिल्मको हिरोइन कहाँ छिन्?

गाउँका महिलाको छेउमा बसिरहेकी स्मिता पाटिललाई कसैले औंल्याए, फिल्मकी नायिका कसरी गाउँलेसँग यति सजिलै बस्न सक्छिन् भन्ने उनीहरूलाई विश्वास नै लागेन ।

साना बजेटको समानान्तर फिल्मसँगै कमर्सियल फिल्म

स्मिता पाटिलले भूमिका, मन्थन, अर्थ, मण्डी, गमन र निशान्त जस्ता धेरै समानान्तर फिल्महरू गरिन्, उनले 'शक्ति' र 'नमकहलाल' जस्ता बिग बजेट फर्मुला फिल्महरूमा पनि हात हात हालिन्। 

‘मन्थन’ फिल्ममा उनले एक गाउँकी महिलाको भूमिका निर्वाह गरेकी छन्। जो सुरुमा दग्ध सहकारीको विरोध गर्छिन् तर पछि त्यसको हिस्सा बन्छिन्।

फिल्म ‘भूमिका’ मा उनले विद्रोही मराठी अभिनेत्री हंसा वाडकरको भूमिका निभाएकी थिइन्, जसका लागि उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड पाएकी थिइन्।

केतन मेहताको मराठी फिल्म ‘भवानी भवाई’ मा उनले एक मुखर आदिवासी महिलाको भूमिका निभाएकी थिइन्। जब्बार पटेलको मराठी फिल्म ‘अम्बार्थ’ मा, जसलाई पछि हिन्दीमा ‘सुबाह’ को रूपमा रिमेक गरिएको थियो, स्मिताले एक महिलाको भूमिका निभाएकी थिइन्।  जो अर्की महिलासँगको सम्बन्ध पत्ता लगाएर आफ्नो पतिको घर छोडेर गइन्।

नायकको दबदबाको बेला स्मिताको काँध

त्यतिबेला हिन्दी फिल्ममा नायकको दबदबा थियो, स्मिताले पूरै फिल्मलाई काँधमा उठाएर देखाइन्।

स्मिताकी साथी तथा चर्चित पत्रकार कुमकुम चड्डाले आफ्नो पुस्तक ‘द मेरिगोल्ड स्टोरी’ मा लेखेकी छिन्, ‘स्मिता सुरुदेखि नै सानो बजेटको समानान्तर फिल्म गर्थिन्। तर जब सानो बजेटका निर्देशकहरू ठूला नामको पछि दौडिन थाले, स्मिता पनि ठूला बजेटका फिल्मतिर लागिन्। उनले मनमा वाचा गरिन् कि ठूलो नाम चाहियो भने म पनि ठूलो नाम देखाउँछु।’

फिल्म ‘नमकहलाल’ मा पानीमा भिजेर सेक्सी डान्स गर्दा उनी सुटिङपछि रोइन्। त्यो नाच व्यावसायिक फिल्मको हिस्सा भएकाले होइन, उनले अहिलेसम्म एक अभिनेत्रीको रूपमा संसारलाई देखाउँदै आएका थिइन्। त्यो सिन त्यसको विपरीत थियो। 

धेरै क्षेत्रीय भाषाका चलचित्रमा काम 

मृणाल सेनको फिल्म ‘अकालेर सोन्धाने ने’ मा स्मिता पाटिलले हिन्दी अभिनेत्रीको भूमिका निभाएकी थिइन्। केतन मेहताको गुजराती फिल्म ‘भवानी भवाई’ मा उनको भूमिकाको पनि प्रशंसा भएको थियो।

कुमकुम चड्ढा लेख्छन्, ‘स्मिता पाटिलको वास्तविक सिनेमा प्रतिबद्धताको नमूना फिल्म 'जेट रे जेट' को सुटिङको क्रममा देखियो। सबै चालक दलका सदस्यहरू पुणे नजिकैको रायगड जिल्लाको ठाकरवाडीमा बसेका थिए।’

स्मिता त्यहीँ बसेर गाउँका महिलासँग खाना मात्रै खाइनन्, नजिकैको पहाडी पोखरीमा गएर स्थानीय महिलासँग नुहाउन पनि पुगिन्।

‘जब उनले मलयालम फिल्म चिदम्बरममा तमिल महिलाको भूमिका निर्वाह गरेकी थिइन्, त्यस फिल्मका निर्देशक जी. अरविन्दनले उनलाई रिहर्सल नगरी सीधै फिल्मको लागि सुटिङ गर्न अनुरोध गरे। तमिल नजान्दा पनि उनले निर्देशकको अनुरोधलाई मानिन्।’

१२ वर्षको फिल्मी करिअरमा स्मिताले शीर्ष कलाकारले हासिल गर्न नसकेको सबै उपलब्धि हासिल गरिन्।

शबाना आजमीसँग प्रतिस्पर्धा
पाटिल र शबाना आजमीले महेश भट्टको 'अर्थ' र श्याम बेनेगलको 'मंडी' सहित धेरै फिल्महरूमा सँगै काम गरे। शबानाले स्मिताप्रति कहिल्यै न्यानोपन देखाइनन्, यद्यपि उनी स्मिताका आमाबाबु र बहिनीहरूसँग धेरै नजिक थिइन्।

शबानाले एक बिन्दुमा स्वीकार गरिन् कि स्मिताको अभिनयले उनलाई चिन्तित बनाएको थियो। तर उनीहरू नजिक नभए पनि दुवैमा एकअर्काप्रति सम्मानको भावना थियो।

स्मिताको असामयिक निधनले भने शबाना निकै स्तब्ध भइन्।

मैथिली रावले लेखेकी छिन्, ‘शबानाले 'मन्डी' को सेटमा स्मितासँग अलिकति नजिक हुने मौका पाएको स्वीकार गरिन्। दुवैलाई उनीहरूको होटलबाट सुटिङ स्थानमा पुग्नको लागि कार दिइयो। होटलबाट दुई घण्टा टाढा थियो। तर एक दिनपछि दुवैजना आफ्नो कार छोडेर युनिटका अन्य सदस्यहरूसँग बसमा ठाउँतर्फ जान थाले।

‘सबै मानिस हाँस्दै, गाउँदै, अन्ताक्षरी खेल्दै जान्थे। त्यही क्रममा शबानालाई थाहा भयो कि चुपचाप बस्ने स्मिता पाटिल वास्तवमा ‘टम्बोय’ हुन्। उनी पुरुषहरूसँग भलिबल खेल्थिन् जुन शबानाका लागि थिएन।’

फिल्म ‘अर्थ’ मा शबाना आजमीसँग आमनेसामने

फिल्म ‘अर्थ’ मा महेश भट्टले स्मिता पाटिल र शबाना आजमी दुवैलाई साइन गराएका थिए। महेश भट्टका प्रारम्भिक फिल्महरू आत्मकथात्मक थिए।

‘अर्थ’ मा उनले आफ्नो विवाह टुटेको र मानसिक रुपमा अस्थिर परवीन बाबीसँगको सम्बन्धको कथा देखाउने प्रयास गरेका छन्।

उनीहरू दुईबीचमा सबानाको भूमिकालाई धेरैले सहानुभूति देखाउने सक्थे।

महेश भट्टलाई भारतका यी उत्कृष्ट अभिनेत्रीहरू बीचको प्रतिस्पर्धाको बारेमा थाहा थियो र उनले आन्तरिक रूपमा यी दुईलाई आफ्नै तरिकाले एकअर्का भन्दा राम्रो अभिनय गर्न प्रोत्साहित गरिरहेका थिए।

शबानाले 'अर्थ' मा उनको भूमिकाको लागि राष्ट्रिय पुरस्कार जितिन्। तर महेश भट्टले स्वीकार गरे,  ‘यदि स्मितालाई फिल्मबाट  हटाउने हो भने फिल्ममा केही बाँकी छैन। यो चलचित्रमा यी दुवै महिलाको अभिनयमा मलाई गर्व छ।’

राज बब्बरसँऊ प्रेम

स्मिता पाटिल आफ्ना सह–अभिनेता राज बब्बरसँग प्रेममा परिन्। उनी विवाहित थिए र दुई छोराछोरीका बाबु पनि। स्मितामाथि राज र नादिरा बब्बरको घर बिगारेको आरोप लागेको थियो।

अङ्ग्रेजी पत्रिका ‘फेमिना’की सम्पादक विमला पाटिलले स्मितालाई खुला पत्र लेख्दै राज बब्बरसँगको सम्बन्ध तोड्न आग्रह गरेकी थिइन्।

स्मितालाई असाध्यै माया गर्ने उनकी आमा विद्या पनि बब्बरसँगको सम्बन्धको विरुद्धमा थिइन्। तर स्मिताले उनको कुरा पनि सुनिनन्।
दुबैले कलकत्ता (अहिले कोलकाता) को एक मन्दिरमा विवाह गरे।

यो विवाहलाई छोरा प्रतीकको जन्म नभएसम्म बाहिरी संसारबाट गोप्य राखे। उनका साथीहरूले बुद्धिजीवी स्मिता पाटिलले पहिले नै विवाह गरिसकेका राज बब्बरसँग सम्बन्ध कसरी बनाइन् भन्नेबारे चिन्ता व्यक्त गरे। 

कुमकुम चड्डाले लेखेकी छिन्, ‘मैले पनि एकपटक स्मिता पाटिललाई यो प्रश्न हिचकिचाउँदै गरेको थिएँ। बब्बरको संवेदनशीलताका कारण उनीप्रति आकर्षित भएको स्मिताले बताइन्। यो यस्तो गुण हो जुन फिल्मी मान्छेहरूमा कदापि पाइँदैन।’

अकाल मृत्यु

२८ नोभेम्बर १९८६ मा उनीहरुको छोरा प्रतीकको जन्म भएको थियो। त्यसपछि उनी घर आइन्। उनलाई ज्वरो आउन थाल्यो र स्वास्थ्य लगातार खराब हुँदै गयो। उनी फेरि अस्पताल जान तयार भइनन्। त्यतिबेला राज बब्बर च्यारिटी शो ‘होप ८६’ मा व्यस्त थिए। 

उनी जसलोक अस्पतालमा भर्ना भइन्। 

छोरा जन्मिएपछि स्मिताको स्वास्थ्य खस्किँदै गएको उनको बहिनीको बझाइ छ। उनलाई भाइरल इन्फेक्सन भएको थियो। कतिपयले भने उनी मेनिन्जाइटिसको चपेटामा परेकी थिइन्। एक एक गरी उनका सबै अंगले काम गर्न छोडे र १३ डिसेम्बर १९८६ मा स्मिता पाटिलको मृत्यु भयो। 

त्यतिबेला उनको उमेर मात्र ३१ वर्ष थियो।

स्मिता पाटिल एक संवेदनशील, भावनात्मक र दयालु महिला थिइन्। उनकी बहिनीले उनको लागि 'फ्री बर्ड' शब्द प्रयोग गरिन्। उनलाई गाडी चलाउन निकै मन थियो। उनी प्रायः आफ्नो ड्राइभर पछाडि बसेर स्टेयरिङ ह्यान्डल गर्थिन्।

अनिता भन्छिन्, ‘उनी तीव्र गतिमा हाँक्ने गर्दथिन्। एक पटक उनलाई सेनाको गाडी 'जोंगा' चलाउन मन लाग्यो। उनका साथी दिलशादले जोङ्गाको व्यवस्था गरे। दुवै जनाले त्यो जोङ्गालाई दिल्लीबाट बम्बईसम्म चलाए। स्मिताले बम्बई नपुगेसम्म आफ्नी आमालाई यो कुरा नभन्ने वाचा लिइन्। उनी बम्बई नपुगेसम्म म निकै नर्भस भएँ। उनलाई मोटरसाइकल चलाउन पनि निकै मन थियो।’

स्मिताको उदारता
स्मितालाई पनि अरुलाई सहयोग गर्न मन लाग्थ्यो। अनिताले एउटा किस्सा सुनाउँछिन्, ‘एकपल्ट उनी स्टुडियोमा जाँदै थिइन्। त्यसपछि एक अपरिचित व्यक्ति उनीकहाँ आएर मलाई धेरै समस्या छ। तपाईं मलाई मद्दत मलाईज्ञ मद्दत गर्नुहोस् भने। स्मिताले आफ्नो पर्समा भएका सबै पैसा निकालेर त्यो व्यक्तिलाई दिइन्। जब उनले त्यो व्यक्तिलाई चिनेकी पनि थिएनन्। केही समयपछि गाडीमा पेट्रोल भर्न गएपछि स्मिताले पर्स हेरिन्। पर्समा एक रुपैयाँ पनि थिएन।’

‘उनले आफ्नो चालकबाट पेट्रोलको लागि पैसा उधारो लिनुपर्यो। उनले राष्ट्रिय अवार्डबाट प्राप्त रकम एक परोपकारी संस्थालाई दिएकी छन्।’

उनको मृत्यु पछि, अमिताभ बच्चनले 'लहेरिन' लाई एक अन्तर्वार्ता दिए। जसमा उनले स्मितालाई छैटौं इन्द्रिय भएको बताए। अमिताभ बच्चनले भनेका थिए, ‘म बैंगलोरमा फिल्म ‘कुली’ को सुटिङ गरिरहेको थिएँ र त्यहाँ वेस्ट एन्ड होटलमा बसिरहेको थिएँ। मैले स्मितालाई सेटमा नै चिनेको थिएँ। एक रात करिब १ बजे उनको फोन आयो।’

अमिताभले स्मितासँगको कुराकानीबारे सुनाए ‘अमितजी, यस समयमा तपाईंलाई डिस्टर्ब गरेकोमा म धेरै माफी चाहन्छु। म तपाईं सन्चै हुनुहुन्छ कि छैन भनेर जान्न चाहन्थें। मैले भनें, म बिल्कुल ठीक छु। त्यसपछि स्मिताले भनिन् कि उनले मेरो बारेमा धेरै नराम्रो सपना देखेकी थिइन्। त्यही दिनको दुर्घटनामा म ज्यानबाट जोगिएँ। म दुई-तीन महिना आईसीयूमा बसें जहाँ उनी मलाई भेट्न आउने गर्दथिन्।’ 

यो सामग्री बीबीसी हिन्दीबाट नेपालीमा भावानुवाद गरिएको हो।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:४७
  • #स‍्मिता पाटिल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास
आज शेयर बजार बन्द रहने
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन सोमबार, असोज ५, २०८३
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास सोमबार, असोज ५, २०८३
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्