मोरङ–मर्निङ वाकमा निस्किएकी मोरङको जहदा गाउँपालिकाकी २२ वर्षीया युवती बाँसघारीमा अर्धचेत अवस्थामा फेला परेकी छन्।
उनी दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा अर्धचेत भेटिएकी थिइन्।
उक्त युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले आशङ्का गरेको छ।
आज बिहान ‘मर्निङ वाक’मा निस्किएका बेला ती युवती सामूहिक बलात्कारमा परेको हुनसक्ने मोरङ प्रहरीले जनाएको छ।
अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको डीएसपी जोशीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।