• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयकको साइनो : राष्ट्रपतिले प्रमाणीकरण गर्नु संयोग कि भारतकै चाहना! 

64x64
नेपाल लाइभ बुधबार, जेठ १७, २०८०  १९:५३
1140x725

काठमाडौं– बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्के। मंसिर ४ गते भएको निर्वाचनपछि नेकपा एमालेको सर्मथनमा उनी पुस १० गते प्रधानमन्त्री भएका थिए। सुरुमा एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री भएदेखि नै दाहालले एउटै बोली बोल्दै आएका थिए आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै हुनेछ। तर उनको यो इच्छा पूरा हुन ६ महिना लाग्यो। 

लामो समयको प्रयासपछि भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डमाथि भ्रमणकै लागि नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप पनि लागेको छ। खासगरी तत्कालीन सत्ता पक्ष हाल प्रतिपक्षमा रहेको नेकपा एमालेले उनीमाथि यस्तो आरोप लगाएको छ। एमालेले भारत भ्रमणकै दिन बुधबार यसअघि निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण गर्नु भारतकै चाहना भएको आरोप लगाएको छ।

प्रमुख प्रतिपक्षले यो आरोप लगाइरहँदा सामाजिक सञ्जाल र कानुनका जानकारहरुले पनि यसलाई भारत भ्रमणसँग जोडेर हेर्नुपर्ने टिप्पणी गरेका छन्। कानुन क्षेत्रका जानकारहरु मात्र नभई परराष्ट्र मामिलाका जानकारहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण हुनु र भारत भ्रमणको कुरा संयोगको रुपमा मात्र लिन नमिल्ने बताएका छन्।

पूर्व परराष्ट्रमन्त्री एवं राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले लामो समयदेखि विचाराधीन विधेयक अहिले नै प्रमाणीकरण हुनु र प्रधानमन्त्रीको चार दिने भ्रमण पनि सँगै हुनुले आशंका व्यक्त गर्ने ठाउँ दिएको बताए। परराष्ट्र मामिलाका विज्ञ डा दिनेश भट्टराईले नागरिकता विधेयकसँग भारत भ्रमण जोड्न जरुरी नहुने बताए। उनले नागरिकता नेपालीहरुको समस्या भएकाले भारतसँग जोड्नेभन्दा आन्तरिक रुपमै समाधान गर्ने विषय भएकाले यही रुपमा बुझ्नुपर्ने उनले बताए।

‘नागरिकता विधेयकका अन्य प्रक्रियामा प्रश्न हुनसक्लान तर भारतसँग वा भारतले नै जारी गर्न लगायो भन्न आवश्यक नहोला,’ उनले भने, ‘नागरिकता नेपालको समस्या हो र नेपाली नागरिकले पाउने हो।’

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै पूर्व महान्यायाधिवक्ता रमेश बडालले भारत भ्रमणको मुखमा भएको नागरिकता विधेयकको प्रमाणीकरणले भारतलाई सौगात दिएको बुझिएको बताए। ‘प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नागरिकता विधेयक प्रमाणीकरण भएको छ। यसबाट प्रधानमन्त्रीले भारतलाई सौगात दिएको जस्तो बुझिन्छ,’ उनले भने, ‘तत्कालीन गठबन्धन किन टुट्यो भन्ने अहिले प्रमाणित भयो। प्रधानमन्त्री प्रचण्डले यसैका लागि पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुभएको पुष्टि भयो।’ 

उनले कानुनी रुपमा निष्क्रिय भएको र यसअघिको राष्ट्रपतिले प्रमाणीकरण नगरेकै विधेयक किन प्रमाणीकरण गर्नुभयो भनि प्रश्न उठेको र यसको उत्तर खोज्दै भ्रमणसँगै जोडिने बताए। त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले निष्क्रिय बनेको नागरिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो? भनि प्रश्न उठाए।

उनले संविधानको संरक्षक रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो? उत्तर दिनु पर्दैन र? भनि उनले सोधेका छन्। पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक अत्यावश्यक छ भन्ने लागेको भए सरकारलाई  संसद्‌मा ल्याएर पुनः प्रमाणीकरण गर्नुपर्नेमा किन नगरेको भनि प्रश्न गरे।

‘प्रधानमन्त्रीको भारत भ्रमणको केही घण्टा अगाडि मात्रै गरिएको बलमिच्याइँले कानुन निर्माण जस्तो कुनै पनि मुलुकको नितान्त आन्तरिक विषयलाई पनि बाह्य पक्षसँग जोड्न खोजेको स्पष्ट देखिन्छ,’ उनले लेखेका छन्, ‘ जुन नितान्त गलत अभ्यास हो।’ 

तर, सत्ता पक्ष नेपाली कांग्रेसले भने बचाउ गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता मिनबहादुर विश्वकर्माले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमण संयोगमात्र भएको बताए। उनले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा लामो समयदेखि विचाराधीन रहेको र राष्ट्रपतिले अहिले उपयुक्त लागेर जारी गरेकाले यसलाई यही रुपमा बुझ्नुपर्ने बताए।
 
प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई/दुई पटक छलफल गरेर पारित गर्दै राष्ट्रपतिलाई प्रमाणीकरण गर्न पठाएको र राष्ट्रपतिले जहिले सुकै पनि त्यसलाई प्रमाणीकरण गर्न सक्ने भएको भन्दै उनले अहिले गर्नु संयोगमात्र भएको उनको दाबी छ। उनले अघिल्लो राष्ट्रपतिले नागरिकता विधेयक खारेज वा बदर नगरेको अवस्थामा अहिले निर्वाचित भएका राष्ट्रपतिले जारी गर्न कुनै पनि कानुनी विवाद नभएको जिकिर गरे। यस्तै पूर्व परराष्ट्रमन्त्री कमल थापाले भारतलाई खुसी पार्नकै लागि नागरिकता विधेयक प्रमाणीकरण भएको आरोप लगाए।

‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको दिन पारेर नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट भएको छ कि यो विधेयक कसलाई खुसी पार्न बनेको हो,’ उनले भने, ‘राष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्डमार्फत् ‘गुड न्युज’ दिनुभयो। राष्ट्रहित विपरीत ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो।’ उनले एउटा राष्ट्रपतिले अस्वीकार गरेको निर्णय अर्को राष्ट्रपतिले ९ महिनापछि उल्ट्याउनु हास्यास्पद मात्र नभई राष्ट्रप्रति बेइमानी भएको टिप्पणी गरे। 

अहिले नयाँ जनादेश प्राप्त संसद् आएको अवस्थामा संसदलाई बाइपास गरेर राष्ट्रपति पौडेलले ९ महिनाअघि निष्क्रिय भैसकेको विधेयक प्रमाणीकरण गर्नु संविधान र जनादेशविरुद्ध भएको उनले बताए।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:५३
  • #नागरिकता–विधेयक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्