काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक मंसिर ५ देखि ९ सम्म बस्ने भएको छ।
बैठक काठमाडौंमै बस्ने छ।
शनिबार पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले मिति तय गरेको हो। सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उपसभापति विमलेन्द्र निधिले सो मिति प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकको मूल तयारी समितिको संयोजक सभापति देउवालाई तोकिएको छ।
गत चैत र बैशाखमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले भदौ मसान्त भित्रैमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।