• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुल्झियो मूलपानी क्रिकेट मैदानको जग्गा विवाद

64x64
नेपाल लाइभ शनिबार, भदौ ९, २०७५  ०७:००
1140x725

काठमाडौं- लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ।

मैदानको पश्चिमट्टि रहेका १० जना स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि मुआब्जा विवाद थियो। मन्त्रिपरिषद्को साउन २९ गते बसेको बैठकले जग्गाधनीलाई जग्गाको साटो जग्गा नै उपलब्ध गराउने निर्णय गरेसँगै चार वर्षदेखिको विवाद अन्त्य भएको छ।

मुआब्जा विवाद समाधान भएसंगै मूलपानी क्रिकेट मैदानको निर्माण कार्य अघि बढ्ने युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपानेले राससलाई जानकारी दिनुभयो।

'मन्त्रिपरिषद्को बैठकले मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकार गर्दै जग्गाधनीलाई सोही स्थान नजीकै रहेको राष्ट्रिय खेलकूद परिषद्कै भोगाधिकारको जग्गा उपलब्ध गराउने निर्णय भएको छ', उनले भने– 'लामो समयदेखि विवाद नसल्टिँदा मैदान निर्माणको काम रोकिएको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिनेछ'।

विसं २०६० साल चैत १९ गतेको मन्त्रिपरिषद् बैठकले एशियन क्रिकेट सेन्टर एकेडेमी निर्माण प्रयोजनका लागि नेपाल सरकारको स्वामित्वमा रहेको तत्कालीन मूलपानी गाविस वडा नं ६ स्थित डम्पिङ साइटको २९४ रोपनी एक आना एक पैसा जग्गा राखेपलाई भोगाधिकार दिने निर्णय गरेको थियो।

सरकारले जग्गा उपलब्ध गराउँदा तोकेको शर्तअनुसार राखेपले आव २०७०/७१ देखि उक्त स्थानमा क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु गर्यो। अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गुरुयोजना अनुसार मैदान निर्माण हुने स्थानमै ४७ आना जग्गा व्यक्तिको नामको देखियो। ती व्यक्तिलाई मुआब्जा दिएर जग्गा लिन खोजिए पनि समझदारी नबन्दा निर्माण कार्य झण्डै चार वर्षसम्म रोकियो।

निर्माणको ठेक्का पाएको प्रेरा मुन्ना एण्ड आचार्य जेभी कम्पनीले २०७३ साल असार मसान्तसम्ममा पहिलो चरणको काम सक्नुपर्ने थियो। पहिलो चरणमा मैदान सम्याउने र तीन वटा प्यारापिटको ब्लक बनाउने काम सकिनुपर्ने थियो। यसैबीच कम्पनी र राखेपबीच छलफल भई तीन पटक म्याद थपियो। तेस्रो चोटि तीन महिनाको म्याद थप्ने सहमति भएबमोजिम गएको आवमा काम सम्पन्न गरिएको थियो।

जग्गाधनीले जग्गा अधिग्रहण गर्दा उचित मूल्य दिनुपर्ने वा जग्गाको सट्टा जग्गा नै दिनुपर्ने माग शुरुदेखि नै माग राख्दै आएका थिए तर, सरकारले उनीहरूले मागेजति मुआब्जा दिन नसक्ने बताएपछि विवाद बल्झियो। वि.सं. २०७३ असार १३ गते काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिले प्रतिआना रु पाँच लाख मुआब्जा दिने निर्णय गयो। जग्गाधनीले त्यसलाई स्वीकारेनन्। त्यतिखेर स्थानीयस्तरमा प्रतिआना रु १०–१२ लाखसम्ममा किनबेच हुन्थ्यो। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा अवस्थित सत्र कित्तामा बाँडिएको उक्त ४७ आना जग्गा दश जनाको स्वामित्वमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीयवासी, राखेप र मन्त्रालयबीच पटक पटक यस विषयमा छलफल भए पनि समाधान ननिस्किएपछि खेलकूद मन्त्रालयले उपसचिव रत्नबहादुर कटुवालको नेतृत्वमा राखेपका इन्जिनीयर विश्वमित्र सञ्जेल र कानुन शाखाका प्रमुख नारायण अर्याल सदस्य रहेको तीन सदस्यीय समिति बनाएको थियो।

समितिले जग्गाधनी र सरोकारवालासँग छलफल ग¥यो र जग्गाधनीको माग, सोही स्थानमै जग्गा उपलब्ध भएको तथ्यलाई ध्यान दिई जग्गाको बदला जग्गा दिन उचित हुने सुझाव सरकारलाई ग¥यो। त्यसबीचमा जग्गाधनीहरुका तर्फबाट समेत जग्गाको सट्टा जग्गा नै उपलब्ध गराइ पाऊँ भन्ने निवेदन राखेपमा प¥यो।

स्थानीयवासीको मागअनुसार जग्गाको सट्टा जग्गा नै दिन सकिने रायसहितको प्रतिवेदन आएपछि मन्त्रालय र राखेपले यस विषयमा तत्कालीन भूमिसुधार तथा व्यवस्था कार्यालयको राय माग्यो। उक्त मन्त्रालयले मालपोत ऐन २०३४ र जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गाको सट्टा जग्गा नै दिन मिल्ने राय दियो। करीब एक वर्ष पहिले नै फाइल मन्त्रिपरिषद्मा पुगे पनि निर्णय भने हुन सकेको थिएन।

तत्कालीन खेलकूद मन्त्री दलजित श्रीपालीले समितिले दिएको प्रतिवेदनका आधारमा मुआब्जा विवाद समाधानका लागि पहल गरे पनि तत्कालीन सचिव महेशप्रसाद दाहालको सल्लाहपछि निर्णय हुन नसकेको मन्त्रालय स्रोतको भनाइ छ। मुआब्जा स्वरुप जग्गाको बदला जग्गा दिँदा ठूला आयोजना निर्माण भइरहेका अन्य क्षेत्रका स्थानीय बासिन्दाले पनि उस्तै माग राख्न सक्नेतर्फ सचिव दाहालले ध्यान आकृष्ट गर्नुभएको बताइन्छ।

यो विवाद सल्टाउने काममा प्रदेश सांसद मणिराम फुयाँल र मूलपानी क्रिकेट मैदान निर्माण कार्यका संयोजक राधाकृष्ण विष्टले महत्वपूर्ण भूमिका रह्यो।

जग्गाको सट्टा जग्गा नै उपलब्ध गराउने सरकारको निर्णयको स्थानीय जग्गाधनीले स्वागत गरेका छन्। जग्गाधनीमध्येका नवराज आचार्यले भने 'जग्गाको सट्टा जग्गा नै पाउँदा हामी खुशी छौं'। स्थानीय चलनचल्तीको मूल्यमा जग्गाको मूल्य दिए आफूहरू जग्गा छोड्न राजी भए पनि सरकारले न्यूनतम मूल्य मात्रै दिन चाहेको उहाँको भनाइ थियो।

जगतबहादुर विश्वकर्मा खेलकूदमन्त्री भएलगत्तै गत चैत १२ गते मूलपानी मैदानको भ्रमण गरी जग्गा विवाद तत्काल समाधान गर्ने आश्वासन दिनुभयो र उहाँकै पहलमा त्यसको झण्डै छ महिनापछि यस्तो निर्णय हुन सक्यो।

पछिल्लो समय नेपालले विश्व क्रिकेट जगत्मा हासिल गर्दै गएको सफलता, १३ औँ साफ खेलकूद प्रतियोगिताको आयोजना लगायतका कारण मैदान यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्ने बाध्यतामा सरकार छ।

मूलपानी क्रिकेट मैदानको गुरुयोजना अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइिसिसी)का प्रतिनिधिले तयार पारेका हुन्। मैदानसँगै खेलकूदको प्रशासनिक कार्यालय, इन्डोर हल, होस्टेल, स्वीमिङ पुल, जिम हललगायतका विभिन्न भौतिक संरचना निर्माण हुने छन्। करिब ५ वर्षभित्र सबै संरचनाको निर्माण सक्ने सरकारको लक्ष्य छ। चार वर्षभित्र सक्ने गरी तीनवटा प्यारापिट, शौचालय, मैदानको काम र पिच निर्माण काम धमाधम भइरहेको छ। कतिपय सामान हराएको र तोडफोडसमेत भएको देखिएकाले सुरक्षा प्रबन्ध हुनुपर्ने खाँचोलाई भने धेरैले आँैल्याएका छन्। रासस

प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाड बक्सिङमा नेपालको पहिलो जित
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्