चौतारा- अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका–९ स्थित महभिरमा करिब एकसय मिटर सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ।
सडक भासिएकाले आज बिहानदेखि काठमाडौं–बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकोमा समान्य मर्मत गरी अपराह्नदेखि एकतर्फी रुपमा यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बंखुले जानकारी दिए।
सो क्षेत्रमा वर्षा हुने क्रम नरोकिएकाले भासिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दो रुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान चाड बडादशैँमा घर फर्कनेलाई असर पुग्न सक्ने स्थानीयवासीले आशंका व्यक्त गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।