काठमाडौं- निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निर्मलाकी साथी रोशनी बम र उनकी दिदी अनिता रहेका छन्। हत्या हुनु अघिल्लो दिन निर्मला रोशनीकहाँ नोटबुक लिन साइकल चढेर गएकी थिइन्।
भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो। आरोपीका रुपमा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ। घटनाको छानबिनका लागि सरकारले गठन गरेको समिति शुक्रबार महेन्द्रनगर पुगिसकेको छ।
कञ्चनपुरको महेन्द्रनगरमा भएको प्रदर्शनमा शुक्रबार प्रहरीको गोली लागेर किशोर सन्नी खुनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।