• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हतकडीरहित हात : आरोपितबीच नै राज्यको विभेदकारी व्यवहार

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, जेठ २, २०८०  २१:०३
1140x725

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सहयोग पुर्‍याएको आरोप लागेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी आइतबार पक्राउ परे। उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगिएको थियो।

रायमाझीको शैली विजेताको जस्तो थियो। राजनीतिक जीवनको उत्तरावस्थामा लागेको गम्भीर आरोपले उनलाई खासै प्रभाव पारेको जस्तो देखिन्नथ्यो। १० दिनसम्म पक्राउ पर्नबाट लुक्नुपरेको यथार्थ पनि बिर्सिए जस्तो लाग्थ्यो। त्यसैले पनि उनले मुस्कुराउँदै हात हल्लाए। उनले हात उठाएर हल्लाउन सम्भव भयो, किनकि उनको हातमा हतकडी लागेको थिएन।

रायमाझीको ‘विजयी भाव’ को जति चर्चा भयो, उति नै चर्चा भयो उनको हतकडीरहित हातको। यही प्रकरणका अन्य कतिपयलाई हतकडी लगाइएको थियो। तर, रायमाझीलाई नलगाइएपछि सामाजिक सञ्जालमा चर्चा भइहाल्यो। लेखक तथा अभियन्ता नारायण वाग्लेले लेखे- ‘हतकडी लाउन नपरेर हाँस्या नि!’ 

अन्य कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले दुई थरी व्यवहारलाई उल्लेख गर्दै प्रहरीप्रति प्रश्न पोखेका छन्। ट्विटर प्रयोगकर्ता तथा अभियन्ता विश्वदीप लामिछानेले ‍लेखेका छन्, ‘कानुनले अपराधलाई हेर्छ भन्थे तर व्यक्तिको शक्ति पनि हेर्ने रहेछ। कसले कानुन उल्लंघन गर्‍यो भन्दा कुन पोर्टफोलियोको व्यक्तिले कानुन उल्लंघन गर्‍यो। त्यही अनुसारको व्यवहार हुने रहेछ भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणले देखाएको छ।’

त्यस्तै, सुभाषले आरोपीलाई किन भेदभाव नेपाल प्रहरी? भनेर सोधेका छन्। त्यस्तै, अशोक पोखरेलले टोपबहादुर एकपटक फरार व्यक्ति हुन्, उनलाई हतकडी किन लगाएको भन्दै सोधेका छन्। 

यसअघि गत बुधबार बालकृष्ण खाणलाई पनि जिल्ला अदालत काठमाडौं लगिएको थियो। उनको हातमा पनि हतकडी थिएन। त्यतिबेला पनि सामाजिक सञ्जालमा खुबै प्रश्न उठेका थिए। लेखक  तथा अभियन्ता सञ्जीव उप्रेतीको असन्तुष्टि थियो, ‘एउटै आरोपमा कसैलाई हतकडी लगाइन्छ र कसैलाई लगाइँदैन भने यसले भीआईपी/विशिष्ट र साधारण/आम मानिस बीचकै खाडललाई मलजल गर्छ। यस्तो थिति न लोकतान्त्रिक छ, न गणतान्त्रिक!’

शरणार्थी प्रकरणमा पक्राउ परेका अन्य कतिपयलाई प्रहरीले हतकडी लगाएको थियो। तर राजनीतिक व्यक्ति पक्राउ पर्न थालेपछि भने व्यवहार परिवर्तन भएको देखिन्छ। जसमाथि प्रश्न उठेको हो।

अनेक शैलीमा उठेका प्रश्नको सार हो- एउटै आरोपमा पक्राउ परेकाहरुबीच राज्यले विभेदकारी व्यवहार गरिरहेको छ। पक्राउ परेका व्यक्तिहरु सबै आरोपित हुन् र समान व्यवहारको अपेक्षित हुन्छ भन्ने कोणबाट होइन, आरोपितको पूर्व/वर्तमान पदका आधारमा व्यवहार गरिएको छ। त्यो उचित होइन।

nimb
nimb
Ncell 2
Ncell 2

उही प्रकरणमा उस्तै आरोप भोगिरहेकाहरुलाई गर्ने व्यवहारमा राज्यले अपनाएको दोहोरो मापदण्डमाथि कानुनविद्हरु नै प्रश्न उठाउँछन्।

सैद्धान्तिक रुपमा कुनै पनि आरोपी भाग्न वा उम्कन नपाउन् भनेर लिइने सतर्कता प्रहरीको दायित्वमै पर्ने र त्यसको जोखिमका आधारमा प्रहरीले जिम्मा लिनसक्ने फौजदारी कानुनका जानकार सतिशकृष्ण खरेल बताउँछन्। उनले थपे,  ‘तर, कुनै पनि सार्वजनिक पदमा बसेका अधिकारीहरुले गर्ने काम कारबाहीमा विभेद नगरिएको पुष्टि गर्न पनि आवश्यक हुन्छ।’

‘संयुक्त राज्य अमेरिकाको उदाहरण हेर्ने हो भने, देवानी मुद्दाहरुमा पनि हतकडी लगाइन्छ जोसुकै भए पनि’, उनले भने, ‘तर, हामीकहाँ अहिले पनि सामन्तवादको अवशेष देखिन्छ। पुरानो सम्बन्ध, पुरानो हाकिम, पुरानो मन्त्रीलाई गरिने व्यवहारमा विभेद छर्लंग देखिन्छ।’

उनले अहिलेको ‘हतकडी प्रकरण’ मा पनि भेदभावपूर्ण व्यवहार भएकोमा शंकै नरहेको बताए। उनले भने, ‘विभेद त हेर्नुस् न, राख्दा नै पनि एकथरीलाई खोरमा र अर्कोथरीलाई कोठामा बेड राखेर राखिएको छ। भेदवाद त स्पष्ट नै छ।’

सर्वोच्च बारका पूर्वसचिव तथा अधिवक्ता ऋषिराम घिमिरेले कानुनभन्दा माथि कोही पनि नहुने बताए। ‘कानुनको अगाडि राजा वा रैती भन्ने छुटिन्न। उस्तै प्रकारको अपराध राजाले गरे पनि, सामान्य व्यक्तिले गरे पनि कानुनले उस्तै व्यवहार गर्छ।’

घिमिरेका अनुसार सामान्यतया आरोपित भाग्छ कि भनेर हतकडी लगाइन्छ। यसको अर्थ हाइप्रोफाइल आरोपी भाग्नै सक्दैनन् र सर्वसाधारण सबै भाग्छन् भन्ने मान्यता चाहिँ स्वीकार्य नहुने उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख दानबहादुर कार्कीले आरोपित व्यक्ति त्यहाँ खटिएको प्रहरीभन्दा बढी दौडन सक्छ, भाग्न सक्छ, उम्कन सक्छ भन्ने लाग्यो भने उसको दौडन सक्ने क्षमता कम गर्नका लागि हतकडी लगाइने बताए। तर उल्लेखित नामहरुमा त्यस्तो अवस्था नरहेको बताए।

व्यक्तिको शारीरिक अवस्था, स्वास्थ्य अवस्था र आक्रमण गर्न सक्ने अवस्था हेरेर तत्काल खटिएको प्रहरी कमान्डरले हतककडी लगाउने वा नलाउने निर्णय गर्न सक्ने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथ... शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। शुक्रबार, साउन २९, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै, सुरुमै शर्माले जरुरी सम्बोधन गर्ने ! नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, साउन २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९९१ जनालाई कारबाही शुक्रबार, साउन २९, २०८३
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमले महिला भलिबल लिग खेल्ने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्