काठमाडौं– काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलनमा उपत्यकामा जोर -बिजोर प्रणाली लागू गर्ने निर्णय गृह मन्त्रालयले गएको छ। मन्त्रालयका अनुसार १३, १४ र १५ गते यो निर्णय लागू हुने छ।
१३ र १५ गते बिजोर मात्र चलाउन पाइने र १४ गते जोर नम्बरका सवारी साधन चल्नेछन्। यो नियम अत्याबश्यक सेवाका सवारी साधनमा लाग्ने छैन।
अरुले नियम मिचेमा सवारी साधन नियन्त्रणमा लिइने ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले बताए।
१४ र १५ गते काठमाडौंमा बिमस्टेक सम्मेलन हुँदैछ।
तीन दिनसम्म ६ देशका राष्ट्रप्रमुखहरुको आवातजावात हुने भएकाले जोर बिजोर प्रणालीमार्फत यातायात व्यवस्थापनमा सहजीकरण गर्न लागिएको एसएसपी पन्तले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।