कञ्चनपुर- आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार पनि कर्फ्यू लगाएको छ। भिमदत्त नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो।
जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए।
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ।
सरकारले जिल्लाका एसपी र सिडिओलाई सरुवा गरेर उच्चस्तरीय छानबिन समिति गठन गरेपनि आन्दोलन रोकिएको छैन।
कर्फ्यू सम्बन्धमा जिप्रकाले जारी गरेकाे सूचना:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।