काठमाडौं– सरकारी अनुगमन टोलीमाथि रुपन्देहीमा आक्रमणको प्रयास भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, केन्द्रिय आपूर्ति व्यवस्था समिति तथा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीमाथि शुक्रबार दिउसो आक्रमणको प्रयास भएको हो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को गल्लामन्डीमा उक्त अनुगमन टोलीमाथि आक्रमणको प्रयास भएको हो।

उद्योग वाणिज्य संघ, सिद्धार्थनगर नगरपालिकाका प्रतिनिधि नेत्र आचार्यले अनुगमनमा बाधा पु¥याएको अनुगमन टोलीका एक सदस्यले जानकारी दिए। स्थानीय युवा भेला गरेर उक्त अनुगमन टोलीमाथि आक्रमणको प्रयास गरिएको ती सदस्यले बताए।
उत्त, घटनापछि घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा उजुरी दिएको छ।
उक्त घटनापछि हाललाई भने अनुगमन रोकिएको उनले बताए।
अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा दिएकाे उजुरी:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।