महेन्द्रनगर– महेन्द्रनगरमा शुक्रबार फेरि आन्दोलन चर्किएको छ। बिहान केही शान्त भएकोमा अपरान्हबाट फेरि आन्दोलन चर्किएपछि प्रहरीले गोली प्रहार गरेको छ। आन्दोलकारीलाई लक्षित गरी प्रहरीले गोली प्रहार गरेको छ। केही गम्भीर घाइते भएका छन्।
निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको निष्पक्ष अनुसन्धान नगरेको भन्दै उनीहरुले आन्दोलन गर्दै आएका छन्। बिहीबार सरकारले जिल्लाका सिडिओ तथा एसपीलाई सरुवा गरी उच्चस्तरीय छानविन समिति गठन गरेपनि स्थानीयहरु सन्तुष्ट हुन सकेका छैनन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला समन्वय समिति अगाडी टायर बाल्दै नाराबाजी गरेपछि प्रहरीले गोली प्रहार गरेको हो।
प्रहरीको अश्रुग्यासबाट केही गम्भीर घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।