काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी बजेटका लागि अनलाइनमार्फत सुझाव मागेको छ। आर्थिक वर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव संकलन संयन्त्र निर्माण गरिएको मेयर बालेन शाहले बताएका छन्।
उनले भनेका छन्, 'अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुनकुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? कस्ता कार्यक्रम राख्नु पर्ला? बजेटको कस्तो व्यवस्था गर्नुपर्ला? लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएका छन्। यी शीर्षकसँग सम्बन्धित या शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ।'
नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण जेठ ९ गतेभित्र पठाइसक्नुपर्नेछ। सुझाव [email protected] मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिने बताइएको छ।
महानगरसँग पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन तथा प्रशासन सञ्चालन र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र सम्बन्धित छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।