• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक: सर्वोच्चमा मुद्दा विचाराधीन, संसद् र सरकार मौन, राष्ट्रपति सक्रिय 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २६, २०८०  २०:४०
1140x725

काठमाडौं– सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणका लागि आएको नागरिकता विधेयकका बारेमा आफूसँग भएका केही प्रश्नहरुलाई स्पष्ट हुन नेपाल बारका पदाधिकारीहरुलाई बोलाएका थिए। बारका पदाधिकारीसँग उनले नागरिकता विधेयकका बारेका आफूले के गर्दा उपयुक्त हुनेदेखि यसलाई कसरी फिर्ता गर्नेसम्मका प्रश्न गरे। यसअघि उनले सरकारका कानुनी सल्लाहकार महाान्यायाधिवक्ता दिनमणी पोखरेलसँग पनि छलफल गरेका थिए।

अघिल्लोपटक अन्तिम समयमा दुवै सदनबाट पारित भएर रााष्ट्रपति कार्यालय आइपुगेको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी निष्क्रिय बनाएकी थिइन्। सुरुमा नागरिकतासम्बन्धी विधेयक पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै भण्डारीले फिर्ता पठाएकी थिइन्। तत्कालीन सत्ता गठवन्धनले त्यसलाई ‘इगो’ को रुपमा लिँदै जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको थियो।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा सत्ता पक्षको बहुमत भएकाले विधेयकलाई कुनै पनि परिर्वतन नगरी पारित गरेको भन्दै राष्ट्रपति भण्डारीले संविधानले नदिए पनि विधेयकलाई प्रमाणीकरण नगरी थन्क्याइन्। मंसिर ४ गतेको निर्वाचनपछि नयाँ जनादेश आयो। नयाँ जनादेशपछि नयाँ राष्ट्रपतिको रुपमा पौडेलले जिम्मेवारी पाए। 

उनले नागरिकता विधेयकबारे चासो दिएर छलफल नै अघि बढाएका छन्। पौडेलले केही दिनअघि आफू निकट केही कानुन व्यवसायीसँग पनि परामर्श गरेका थिए। उक्त परामर्शमा सहभागी अधिकांश कानुन व्यवसायीहरुले निष्क्रिय भएको विधेयक संसदमै पुर्‍याएर ल्याउन उचित हुने सुझाव दिएका थिए। नागरिकताको विषय संवेदनशील र विवादित हुने भएकाले कुनै कदम चाल्दा धेरै छलफल गरेर र दलहरुसँग सहमति गर्न उनीहरुले सुझाव दिएका थिए।

उनीहरुपछि राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता दिनमणी पोखरेल र सह–न्यायाधिवक्ता सञ्जिवराज रेग्मीसँग नागरिकता विधेयकबारे छलफल गरेका थिए। उनीहरुले विधेयक राष्ट्रपति कार्यालयमा आएको यति समयपछि निष्क्रिय भएर शून्य हुने कुरा संविधानमा कतै नलेखिएकाले जारी गर्न पनि सकिने तर्क गरेका थिए। महान्यायाधिवक्ता र सहन्यायाधिवक्ताले प्रतिनिधि सभाको दुवै सदनबाट पारित भएको विधेयक भएकाले दलहरुसँग छलफल गरेर र सरकारको चाहना अनुसार अघि बढ्न राष्ट्रपतिलाई सुझाव दिएका थिए। सरकारी राय सुनेपछि राष्ट्रपति पौडेलले नेपाल बार र सर्वोच्च बारका पदाधिकारीलाई बोलाएका थिए।

प्रमाणीकरणबारे जिज्ञासा

नेपाल बार एसोसिएसनका पदाधिकारीसँग दुई/दुईपटक सार्वभौम संसद्ले पारित गरेर आएको विधेयक म्यादभित्र प्रमाणीकरण नभइसकेपछि जहिलेसुकै प्रमाणीकरण गर्न मिल्ने हो कि होइन भनी जिज्ञासा राखेका थिए। साथै उनले यदि त्यसरी मिल्ने हो भने त्यसको संवैधानिक व्यवस्था के हो, ब्यूँताउने हो भने त्यसको संवैधानिक व्यवस्था के हो भनी सुझाव मागेका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार विधेयकलाई कसरी संसद् प्रवेश गराउने भन्दै राष्ट्रपति पौडेलले जिज्ञासा राखेका थिए। ‘प्रमाणीकरण नभई बसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार क्रियाशील हुन्छ?’, राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग भने, ‘यो विधेयकले संसद्‌मा पुनः प्रवेश पाउने हो भने वा राष्ट्रपतिले यही रूपमा प्रमाणीकरण गर्नुपर्ने हो भने संविधानको कुन व्यवस्थाअन्तर्गत गर्न पाइने हो?’

nimb
nimb
Ncell 2
Ncell 2

यदि संविधानमा कुनै कुरा स्पष्ट छैन भने अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनअनुसार के–के गर्दा हुने हो, दुई/दुई पटक संसद्ले पारित गरेर राष्ट्रपतिसमक्ष आएको विधेयक फेरि फिर्ता गर्ने संवैधानिक व्यवस्था के हो? भनी उनले जिज्ञासा राखेका थिए।

सर्वोच्चमा मुद्दा विचाराधीन 
राष्ट्रपति पौडेल उक्त विधेयकलाई लिएर सक्रिय भइरहँदा यसको व्याख्याका लागि सर्वोच्चमा दर्ता भएको मुद्दा भने सुनुवाइको मिति कुरेर बसेको छ। सर्वोच्च अदालतमा विधेयक जारी नभएपछि दर्ता भएका छ थान निवेदन विचाराधीन छन्। अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सुनिलकुमार यादव, सागर बराल, देव शर्मा र शोनु रौनियारले २०७९ असोज ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

उनीहरुले नागरिकताको समस्याका कारण मधेशमा शिक्षा स्वास्थ्यसहित सम्पत्तिको अधिकारबाट पनि नागरिक वञ्चित हुनु परेको दाबी गर्दै रिट दायर गरेका थिए। रिटमा नेपाली नागरिकले पाउनुपर्ने नागरिकतामा विभेद भएको भन्दै नागरिकता विधेयक तत्काल प्रमाणित हुनुपर्ने माग गरेका थिए।

उनीहरुले विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपति भण्डारीको कदमले संविधान उल्लंघन भएको दाबी रिटमा गरेका थिए। उक्त रिटमा सर्वोच्चले पहिलो सुनुवाइ गर्दै राष्ट्रपति कार्यालयको नाममा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।

२०७९ असोज ९ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले लिखित जवाफ माग गरेको थियो। उक्त मुद्दा अन्तिम पटक २०७९ फागुन १५ गते पेसी तोकिएको थियो। त्यसपछि अर्को पेसी तोकिएको छैन। सर्वोच्चले अग्राधिकार दिँदै सुनुवाइको आदेश दिएको मुद्दामा राष्ट्रपति कार्यालयले लिखित जवाफ पेस गरेको छ। अब छिट्टै सर्वोच्च प्रशासनले यसलाई पेसीमा राखेर अन्तिम सुनुवाइ गर्ने छ।

संसद् र सरकार मौन हुँदा राष्ट्रपतिको सक्रियतालाई कसरी हेर्ने?
नागरिकता विधेयक संघीय संसद्को दुवै सदनले पारित गरेको थियो। दुई पटकसम्म संसद्ले उक्त विधेयक पारित गरेर पठाएको थियो। राष्ट्रपति कार्यालयमा विचाराधीन विधेयकबारे केही दिनअघि सत्ता गठबन्धनको बालुवाटारको बैठकमा छलफल भएपछि राष्ट्रपति पौडेल सक्रिए भएको देखिन्छ। उक्त बैठकमा नागरिकता विधेयक जतिसक्दो छिटो पारित गर्नुपर्ने कुरा उठेको थियो।

उक्त कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पौडेलसँग ‘शेयर’ गरेका थिए। पौडेलले सरकारको उक्त आग्रहपछि कानुनी परामर्श थालेको देखिन्छ। राष्ट्रपति पौडेलले नागरिकता विधेयक आफूकहाँ अड्केर समस्या भएको हो कि भन्ने बुझेपछि कानुनी परामर्श थालेको महान्यायाधिवक्तासँगको भेटमा बताएका थिए। 

उनले विधेयक राष्ट्रपति कार्यालयमा अड्कने अनि जनताले नागरिकता नपाउने र सरकारले पनि यससम्बन्धी कानुन अघि बढाउन नमिल्ने हुँदा समस्या आउँछ कि आउँदैन भनी महान्यायाधिवक्तासँग प्रश्न गरेका थिए। तर, कानुनका जानकारहरुले यो विधेयकमा राष्ट्रपतिको सक्रियताले विवाद आउन सक्ने बताउंछन्।

सरकारले फिर्ता लिनसक्ने वा संघीय संसद्ले यसलाई फिर्ता लिएर नयाँ विधेयक छलफलमा ल्याउन सक्ने विकल्पहरु कानुनसम्मत हुने अवस्थामा राष्ट्रपतिको छलफलले गलत दिशामा बहस मोडिनसक्ने कानुनविद्हरुको तर्क छ। केही दिनअघि प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्तले प्रश्न पनि उठाएका थिए।

उनले राष्ट्रपतिले निष्क्रिय भएको र विवादित नागरिकता विधेयक अहिले आएर प्रमाणीकरण गर्न खोजेको भन्दै यस्तो नगर्न र संसद्‌मा ल्याउन सरकारलाई आग्रह गरेका थिए। तत्कालीन समयमा उक्त विधेयक रोक्न एमालेले खुला लविइङ  नै गरेको थियो। यदि अहिले प्रमाणीकरणतिर गएमा उसले संसद्‌देखि सडकसम्म यो अजेण्डा उठाउनसक्ने संकेत पन्तले उक्त बैठकमै दिइसकेका छन्।

एकातिर प्रमुख प्रतिपक्ष विपक्षमा देखिएको अवस्थामा नागरिकता जस्तो संवेदनशील कुरामा संसद्‌मै ल्याएर छलफल गरेर पारित गराउनुपर्ने सर्वोच्च बारका अध्यक्ष हरिशंकर निरौलाको राय छ। उनले राष्ट्रपतिलाई पनि आफूले यही सुझाव दिएको भन्दै कानुन बनाउँदा विवादित रुपमा गर्नेभन्दा संसद्‌मा व्यापक छलफल र बहस हुनुपर्ने बताए। 

उनले राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण नगरेपछि विधेयक निष्क्रिय भएकाले अब मृत भएको र यसलाई नयाँ संसद्‌मा नयाँ रुपमा ल्याउनुपर्ने बताए। राष्ट्रपति किन सक्रिय भए भन्दा पनि राष्ट्रपतिले यसमा निकास खोजेको अर्थमा आफूले बुझेको उनको भनाइ छ। 

विधेयकमाथि निकास खोज्नु सकारात्मक भएको भन्दै कसै न कसैले यसमा खोजी गर्नुपर्नेमा राष्ट्रपतिले गरेको रुपमा लिनुपर्ने उनको तर्क छ। वरिष्ठ अधिवक्ता विपीन अधिकारीले संसद्‌बाट पारित भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरेमा निष्क्रिय हुने संवैधानिक व्यवस्था रहेको बताए।

कानुनका जानकारहरुका अनुसार यसलाई अब प्रतिनिध सभामा फिर्ता ल्याएर छलफल गर्नुपर्ने वा नयाँ विधेयक ल्याउने दुईटा विकल्प छन्। त्यसमा पनि सरकारले फिर्ता लिनका लागि राष्ट्रपतिलाई पत्र लेख्ने निर्णय गरी पुन: संसद्‌मा ल्याउने विकल्प उत्तम भएको कानुनविद्को भनाइ छ।

महान्यायाधिवक्ताले पनि राष्ट्रपति पौडेललाई उक्त विकल्प सुझाएका थिए। यसअघि विगतमा एक पटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारले पठाएको विधेयक फिर्ता लिन राष्ट्रपतिलाई पत्र लेखेको नजिर रहेकाले अहिले पनि सरकारले यो गर्नसक्ने उनीहरुको सुझाव थियो।

नाम फिर्ता

त्यस्तै राष्ट्रिय सभा पहिलो पटक गठन हुँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन जनाको नाम सिफारिस गरेका थिए। तर उनीहरुको नियुक्ती भएन। उनीपछि आएको सरकारले उक्त नाम फिर्ता लियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको नाम फिर्ता लिँदै नयाँ नाम पठाएका थिए।

नागरिकता विधेयकमा पनि यो प्रक्रिया लागू गर्न सकिने उनीहरुको सुझाव थियो। राष्ट्रपतिलाई विवादित नबनाउने हो भने सरकारले नै उक्त विधेयक फिर्ता लिएर संसद्‌मा दर्ता गराउनसक्ने एउटा विकल्प देखिन्छ। त्यस्तै सरकारसँग रहेको अर्को विकल्प हो संसद्‌बाट उक्त विधेयक फिर्ता लिन पत्र लेख्न पनि सक्ने कानुनविद्हरुको तर्क छ।

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि सभामुखले पठाएकाले प्रमाणीकरण नभएकाले फिर्ता पठाइदिन अनुरोधसहित राष्ट्रपति कार्यालयलाई पत्र लेखेमा फिर्ता गर्ने अनि सरकारले नयाँ विधेयक पेस गर्दा यो विवादरहित हुने देखिन्छ। यसका लागि राजनीतिक दलहरुकाबीचमा सहमति भने हुनुपर्ने देखिन्छ। 

सभामुख देवराज घिमिरे नेकपा एमालेबाट निर्वाचित सांसद हुन्। अहिले एमाले प्रतिपक्षमा रहेको छ। त्यस्तै प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई एमालेले विरोध गर्दै आएकाले यसमा सबै दलहरु मिलेर निकास निकाल्न सकिने कानुनविद्हरुको सुझाव छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २०:४०
  • #नागरिकता–विधेयक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्