दक्षिण कोरिया– दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिति कोरियाले रजत जयन्ती मनाउने भएको छ। कोरियामा सबैभन्दा पुरानो नेपाली संस्था एनसिसीले २५ औँ स्थापना दिवशको अवसरमा सेप्टेम्बर २६ का दिन रजत जयन्ती मनाउन लागेका हो।
रजत जयन्तीको अवसरमा संस्थाको स्मारिका प्रकाशन र संस्थालाई विभिन्न समयमा सहयोग गर्ने नेपाली तथा कोरियनलाई सम्मान गरिने संस्थाका अध्यक्ष अञ्जु केसी केसीले बताइन्। सन् १९९३ मा कोरियामा क्रियाशिल सामाजिक व्यक्तिहरूको सहयोगमा नेपालीले नै स्थापना गरेको उक्त संस्थाले सक्रिय रुपमा कामहरू गर्दै आएको छ ।
तत्कालिन समयमा कोरियामा नेपाली दूतावास नहुँदा संस्थाले जापान स्थित नेपाली दूतावाससँग समन्वय गरेर प्रशासनिक कार्यमा पनि नेपालीहरूलाई सहयोग गरेको थियो।
हालसम्म पनि संस्थाले कोरियामा रहेका नेपालीहरूलाई सहयोग गर्दै आइरहेको अध्यक्ष केसीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।