• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

क्याम्पस प्रमुख र लेखा सहायकद्वारा कीर्ते गरी शिक्षकको पारिश्रमिक र विद्यार्थीको धरौटी रकम हिनामिना

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, वैशाख २४, २०८०  २०:५०
1140x725

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस जनप्रशासन क्याम्पसका प्रमुख र लेखा सहायकको मिलेमतोमा अनियमितता भएको तथ्य सार्वजनिक भएको छ।

जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाही र लेखा सहायक सबिना श्रेष्ठको मिलेमतोमा कीर्ते गरी शिक्षकको पारिश्रमिक र विद्यार्थीको धरौटीको रकम हिनामिना भएको तथ्य  बाहिरिएको हो। उक्त  घटना सार्वजनिक भए लगत्तै सार्वजनिक लेखा परीक्षण (अडिट) टिमले छानबिन समिति गठन गरेको थियो।

कीर्ते गरी पैसा अपचलन 
सोही क्याम्पसमा प्राध्यापन गर्दै आएकी राधादेवी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। अनियमितता पहिचानपश्चात् बनेको छानबिन समितिले तयार गरेको ५ वटा  भौचरमा लेखा सहायक श्रेष्ठ र क्याम्पस प्रमुख शाहीले कीर्ते गरी शिक्षकको पारिश्रमिक र विद्यार्थीको धरौटीको रकम अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

छानबिन समितिले अनियमिततामा संलग्न क्याम्पस प्रमुख र लेखा सहायकलाई आवश्यक कारबाहीका लागि छानबिन प्रतिवेदन  त्रिवि रजिस्ट्रारको कार्यालयलाई बुझाएको थियो।

छानबिन समितिका सदस्य मधुकर थापाले नेपाल लाइभलाई भने, ‘हाम्रो छानबिन समितिले क्याम्पस प्रमुख र लेखा सहायकको मिलेमतोमा अनियमितता गरेको भेटाएको छ। ५/७ वटा भौचर उठाएको मिलेको छैन। विद्यार्थीहरूलाई फिर्ता दिनुपर्ने धरौटीको रकमको प्रक्रिया मिलेको छैन। उक्त घटनापछि क्याम्पस अडिटको टिमले समिति बनाउन सुझाएको थियो। सोही अनुसार हामीले प्रतिवेदन तयार पारेका थियौँ।’

उनले प्रतिवेदन त्रिवि रजिस्टारको कार्यालयमा बुझाइसकेको बताए। थापाले विद्यार्थीहरूलाई क्याम्पस प्रशासनले नगद पैसा दिएको भए पनि पैसा बुझ्ने विद्यार्थीको हस्ताक्षर हो कि हैन भन्ने विषयमा अन्योल रहेको बताए। तर लेखाले भने सम्बन्धित विद्यार्थीहरूले नै पैसा बुझेको दाबी गरेको छ।

शिक्षकहरूको उत्तर पुस्तिका जाँचेको पैसा हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ। जसको चेक छ उसले सही नगरेको र अर्कैले चेक बुझेको छानबिन समितिले जनाएको छ।

क्याम्पस प्रमुखको कार्यकक्षमा ताला
संयुक्त विद्यार्थी सङ्गठनले क्याम्पसमा भएको चरम आर्थिक अनियमितता, स्ववियु फन्डको चरम हिनामिना, विद्यार्थी धरौटी र छात्रवृत्तिको रकम हिनामिनाका साथै प्राध्यापकले उत्तर पुस्तिका जाँचे बापतको पारिश्रमिक रकम हिनामिनासहित अन्य आर्थिक अनियमितताका साथै क्याम्पसमा अधिकारको चरम दुरुपयोग भएको भन्दै क्याम्पस प्रशासनलाई  ध्यानाकर्षण गराएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

गैरकानुनी काम गरी जनप्रशासन क्याम्पसलाई नै बदनाम गराउने कार्यमा संलग्न दोषीहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै संयुक्त विद्यार्थी सङ्गठनले क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गरेका थिए।

उनीहरूले २०६५ सालदेखि हालसम्मको स्ववियु कोषको पूर्ण आर्थिक हिसाबकिताब देखिने गरी बैंक स्टेटमेन्ट र क्याम्पसको लेखा परीक्षकको विवरण प्रकाशित गर्नुपर्ने, विद्यार्थीको धरौटी र छात्रवृत्ति बापतको हिनामिना रकम ब्याजसहित तुरुन्त फिर्ता गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग राखेका थिए।

त्यसैगरी बिना सूचना आफूखुसी नियुक्त गरिएका करार कर्मचारीको नियुक्तिको आधार र सोको कार्यकालसम्बन्धी भएको दुई पक्षबीचको करार पत्रको पूर्ण जानकारी प्रकाशित गर्नुपर्ने र कार्यकाल सकिएका करार कर्मचारीहरूलाई सम्मानपूर्वक बिदाइ गर्नुपर्ने, क्याम्पसमा कुनै पनि छानबिन समिति बनाउँदा अनिवार्य रूपमा स्ववियु कार्यसमिति पदाधिकारीसहित विद्यार्थीको संगठनको प्रतिनिधि अनिवार्य रूपमा संलग्न गराइनुपर्ने पर्ने र विद्यार्थी भर्ना गर्दा कुन कुन शीर्षकहरूमा शुल्क लिइएको हो त्यसको विवरणहरू खुलाउनु पर्ने लगायतका ५ बुँदे माग क्याम्पस प्रशासनलाई बुझाएका थिए। विद्यार्थी सङ्गठनले दुई दिनको अल्टिमेटम दिँदै ध्यानाकर्षण गराएका थिए।

आइतबार संयुक्त विद्यार्थी सङ्गठनहरूले आफ्ना मागको सुनुवाइ नभएको बताउँदै क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा अनिश्चित कालका लागि तालाबन्दी गरेका छन्।

Xtrem

Xtrem

विद्यार्थी सङ्गठनले गत २० गते ५ बुँदे मागसहित क्याम्पसको अनियमितताको बारेमा सत्य तथ्य छानबिन गरी कानुनी कारबाहीको माग गरेको स्मरण गराउँदै माग पूरा नहुँदा तालाबन्दी गरेको उल्लेख गरिएको छ।

विद्यार्थीका मागप्रति क्याम्पस प्रमुख र प्रशासनको तर्फबाट कुनै पनि प्रतिक्रिया नआएको हुनाले आन्दोलित हुन बाध्य भएको उल्लेख गर्दै क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा अनिश्चित कालका लागि तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तिमार्फत जानकारी समेत गरेका छन्।

अनेरास्ववियु जनप्रशासनका विद्यार्थी नेता धर्मराज तिमिल्सेनाले विगतका स्ववियु सभापतिसँग मिलेर क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोप लगाए। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘तत्कालीन स्ववियु सभापतिले समेत ८/१० लाख रुपैयाँ अपचलन गरेका छन्। वृक्षारोपण नगरेरै उक्त शीर्षकमा पैसा निकासा गरेका छन्। कार्यक्रम नै नगरेर स्ववियु रकम वितरण भनेर पैसा निकालेको समेत भेटिएको छ।’

नेता तिमिल्सेनाले क्याम्पस प्रमुख र लेखा सहायकले हस्ताक्षरबिना नै चेक वितरण गरेको आरोप लगाए। उत्तर पुस्तिका जाँच गरेका शिक्षकले पाउनुपर्ने रकम लेखा सहायकले बुझेको, विद्यार्थीको लाइब्रेरी बापतको धरौटी रकमसम्बन्धी विद्यार्थीहरूले र विद्यार्थीको छात्रवृत्तिको रकमसमेत हिनामिना गरेको बताए।

त्रिवि कार्यकारी परिषद्ले पनि बनायो छानबिन समिति
दुई वटा प्रतिदेनका आधारमा त्रिवि कार्यकारी परिषद्ले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। आन्तरिक लेखा परीक्षण र राधादेवी घिमिरेको प्रतिवेदनका आधारमा त्रिवि कार्यकारी परिषद्ले आर्थिक महाशाखाकी लेखा अधिकृत रुपा श्रेष्ठको संयोजकत्वमा शरदकुमार थापा सहितको ३ सदस्यीय छानबिन कमिटी गठन गरेको हो।

उक्त समितिलाई एक हप्ता भित्र छानबिन गरी प्रतिवेदन पेस गर्न त्रिवि कार्यकारी परिषद्ले निर्देशन दिएको छ। तर विद्यार्थीहरूको तालाबन्दीका कारण तीन सदस्यीय छानबिन समितिलाई काम गर्न अवरोध भएको जनाइएको छ।

७ दिन भित्र प्रतिवेदन पेस गर्नु भन्ने कार्यादेशलाई कार्यान्वयन गराउनका निम्ति विद्यार्थी सङ्गठनलाई वार्ता र संवादमा आई छानबिनका लागि सहयोग गर्न समितिले अपिल गरेको  छ।

वार्ता र संवादमार्फत निकास खोज्न स्ववियुको अनुरोध
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले वार्ता र संवादमार्फत निकास खोज्न अनुरोध गरेको छ। स्ववियु सभापति अग्रबहादुर शाही र सचिव सत्यमकुमार यादवद्वारा जारी विज्ञप्तिमा विधिलाई अक्षरशः पालना गर्नुपर्ने विषयमा स्ववियु जनप्रशासन क्याम्पस कार्यसमिति दृढ रहेको उल्लेख गरिएको छ।

जनप्रशासन क्याम्पसमा भइरहेको विवादित विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक  गर्न र दोषी उपर कडा कार्बाही गर्न माग गर्दै बन्दले शैक्षिक संस्था नबन्ने भएकाले तालाबन्दी फिर्ता लिँदै वार्ता र संवादमार्फत निकास खोज्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पसेपछि १६५ घरपरिवार उच्च जोखिममा परेका छन्। शुक्रबारदेखि थारु टोलबाट बस्... शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली... शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित लगातारको वर्षाका कारण रुख ढल्दा सुर्खेतको वीरेन्द्रनगर–सुब्बाकुना–रामघाट ३३ केभी विद्युत् लाइनमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने शनिबार, असोज १०, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्