• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

क्याम्पस प्रमुख र लेखा सहायकद्वारा कीर्ते गरी शिक्षकको पारिश्रमिक र विद्यार्थीको धरौटी रकम हिनामिना

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, वैशाख २४, २०८०  २०:५०
1140x725

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस जनप्रशासन क्याम्पसका प्रमुख र लेखा सहायकको मिलेमतोमा अनियमितता भएको तथ्य सार्वजनिक भएको छ।

जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाही र लेखा सहायक सबिना श्रेष्ठको मिलेमतोमा कीर्ते गरी शिक्षकको पारिश्रमिक र विद्यार्थीको धरौटीको रकम हिनामिना भएको तथ्य  बाहिरिएको हो। उक्त  घटना सार्वजनिक भए लगत्तै सार्वजनिक लेखा परीक्षण (अडिट) टिमले छानबिन समिति गठन गरेको थियो।

कीर्ते गरी पैसा अपचलन 
सोही क्याम्पसमा प्राध्यापन गर्दै आएकी राधादेवी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। अनियमितता पहिचानपश्चात् बनेको छानबिन समितिले तयार गरेको ५ वटा  भौचरमा लेखा सहायक श्रेष्ठ र क्याम्पस प्रमुख शाहीले कीर्ते गरी शिक्षकको पारिश्रमिक र विद्यार्थीको धरौटीको रकम अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

छानबिन समितिले अनियमिततामा संलग्न क्याम्पस प्रमुख र लेखा सहायकलाई आवश्यक कारबाहीका लागि छानबिन प्रतिवेदन  त्रिवि रजिस्ट्रारको कार्यालयलाई बुझाएको थियो।

छानबिन समितिका सदस्य मधुकर थापाले नेपाल लाइभलाई भने, ‘हाम्रो छानबिन समितिले क्याम्पस प्रमुख र लेखा सहायकको मिलेमतोमा अनियमितता गरेको भेटाएको छ। ५/७ वटा भौचर उठाएको मिलेको छैन। विद्यार्थीहरूलाई फिर्ता दिनुपर्ने धरौटीको रकमको प्रक्रिया मिलेको छैन। उक्त घटनापछि क्याम्पस अडिटको टिमले समिति बनाउन सुझाएको थियो। सोही अनुसार हामीले प्रतिवेदन तयार पारेका थियौँ।’

उनले प्रतिवेदन त्रिवि रजिस्टारको कार्यालयमा बुझाइसकेको बताए। थापाले विद्यार्थीहरूलाई क्याम्पस प्रशासनले नगद पैसा दिएको भए पनि पैसा बुझ्ने विद्यार्थीको हस्ताक्षर हो कि हैन भन्ने विषयमा अन्योल रहेको बताए। तर लेखाले भने सम्बन्धित विद्यार्थीहरूले नै पैसा बुझेको दाबी गरेको छ।

शिक्षकहरूको उत्तर पुस्तिका जाँचेको पैसा हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ। जसको चेक छ उसले सही नगरेको र अर्कैले चेक बुझेको छानबिन समितिले जनाएको छ।

क्याम्पस प्रमुखको कार्यकक्षमा ताला
संयुक्त विद्यार्थी सङ्गठनले क्याम्पसमा भएको चरम आर्थिक अनियमितता, स्ववियु फन्डको चरम हिनामिना, विद्यार्थी धरौटी र छात्रवृत्तिको रकम हिनामिनाका साथै प्राध्यापकले उत्तर पुस्तिका जाँचे बापतको पारिश्रमिक रकम हिनामिनासहित अन्य आर्थिक अनियमितताका साथै क्याम्पसमा अधिकारको चरम दुरुपयोग भएको भन्दै क्याम्पस प्रशासनलाई  ध्यानाकर्षण गराएका थिए।

Ncell 2
Ncell 2

गैरकानुनी काम गरी जनप्रशासन क्याम्पसलाई नै बदनाम गराउने कार्यमा संलग्न दोषीहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै संयुक्त विद्यार्थी सङ्गठनले क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गरेका थिए।

उनीहरूले २०६५ सालदेखि हालसम्मको स्ववियु कोषको पूर्ण आर्थिक हिसाबकिताब देखिने गरी बैंक स्टेटमेन्ट र क्याम्पसको लेखा परीक्षकको विवरण प्रकाशित गर्नुपर्ने, विद्यार्थीको धरौटी र छात्रवृत्ति बापतको हिनामिना रकम ब्याजसहित तुरुन्त फिर्ता गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग राखेका थिए।

त्यसैगरी बिना सूचना आफूखुसी नियुक्त गरिएका करार कर्मचारीको नियुक्तिको आधार र सोको कार्यकालसम्बन्धी भएको दुई पक्षबीचको करार पत्रको पूर्ण जानकारी प्रकाशित गर्नुपर्ने र कार्यकाल सकिएका करार कर्मचारीहरूलाई सम्मानपूर्वक बिदाइ गर्नुपर्ने, क्याम्पसमा कुनै पनि छानबिन समिति बनाउँदा अनिवार्य रूपमा स्ववियु कार्यसमिति पदाधिकारीसहित विद्यार्थीको संगठनको प्रतिनिधि अनिवार्य रूपमा संलग्न गराइनुपर्ने पर्ने र विद्यार्थी भर्ना गर्दा कुन कुन शीर्षकहरूमा शुल्क लिइएको हो त्यसको विवरणहरू खुलाउनु पर्ने लगायतका ५ बुँदे माग क्याम्पस प्रशासनलाई बुझाएका थिए। विद्यार्थी सङ्गठनले दुई दिनको अल्टिमेटम दिँदै ध्यानाकर्षण गराएका थिए।

आइतबार संयुक्त विद्यार्थी सङ्गठनहरूले आफ्ना मागको सुनुवाइ नभएको बताउँदै क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा अनिश्चित कालका लागि तालाबन्दी गरेका छन्।

विद्यार्थी सङ्गठनले गत २० गते ५ बुँदे मागसहित क्याम्पसको अनियमितताको बारेमा सत्य तथ्य छानबिन गरी कानुनी कारबाहीको माग गरेको स्मरण गराउँदै माग पूरा नहुँदा तालाबन्दी गरेको उल्लेख गरिएको छ।

विद्यार्थीका मागप्रति क्याम्पस प्रमुख र प्रशासनको तर्फबाट कुनै पनि प्रतिक्रिया नआएको हुनाले आन्दोलित हुन बाध्य भएको उल्लेख गर्दै क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा अनिश्चित कालका लागि तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तिमार्फत जानकारी समेत गरेका छन्।

अनेरास्ववियु जनप्रशासनका विद्यार्थी नेता धर्मराज तिमिल्सेनाले विगतका स्ववियु सभापतिसँग मिलेर क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोप लगाए। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘तत्कालीन स्ववियु सभापतिले समेत ८/१० लाख रुपैयाँ अपचलन गरेका छन्। वृक्षारोपण नगरेरै उक्त शीर्षकमा पैसा निकासा गरेका छन्। कार्यक्रम नै नगरेर स्ववियु रकम वितरण भनेर पैसा निकालेको समेत भेटिएको छ।’

नेता तिमिल्सेनाले क्याम्पस प्रमुख र लेखा सहायकले हस्ताक्षरबिना नै चेक वितरण गरेको आरोप लगाए। उत्तर पुस्तिका जाँच गरेका शिक्षकले पाउनुपर्ने रकम लेखा सहायकले बुझेको, विद्यार्थीको लाइब्रेरी बापतको धरौटी रकमसम्बन्धी विद्यार्थीहरूले र विद्यार्थीको छात्रवृत्तिको रकमसमेत हिनामिना गरेको बताए।

त्रिवि कार्यकारी परिषद्ले पनि बनायो छानबिन समिति
दुई वटा प्रतिदेनका आधारमा त्रिवि कार्यकारी परिषद्ले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। आन्तरिक लेखा परीक्षण र राधादेवी घिमिरेको प्रतिवेदनका आधारमा त्रिवि कार्यकारी परिषद्ले आर्थिक महाशाखाकी लेखा अधिकृत रुपा श्रेष्ठको संयोजकत्वमा शरदकुमार थापा सहितको ३ सदस्यीय छानबिन कमिटी गठन गरेको हो।

उक्त समितिलाई एक हप्ता भित्र छानबिन गरी प्रतिवेदन पेस गर्न त्रिवि कार्यकारी परिषद्ले निर्देशन दिएको छ। तर विद्यार्थीहरूको तालाबन्दीका कारण तीन सदस्यीय छानबिन समितिलाई काम गर्न अवरोध भएको जनाइएको छ।

७ दिन भित्र प्रतिवेदन पेस गर्नु भन्ने कार्यादेशलाई कार्यान्वयन गराउनका निम्ति विद्यार्थी सङ्गठनलाई वार्ता र संवादमा आई छानबिनका लागि सहयोग गर्न समितिले अपिल गरेको  छ।

वार्ता र संवादमार्फत निकास खोज्न स्ववियुको अनुरोध
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले वार्ता र संवादमार्फत निकास खोज्न अनुरोध गरेको छ। स्ववियु सभापति अग्रबहादुर शाही र सचिव सत्यमकुमार यादवद्वारा जारी विज्ञप्तिमा विधिलाई अक्षरशः पालना गर्नुपर्ने विषयमा स्ववियु जनप्रशासन क्याम्पस कार्यसमिति दृढ रहेको उल्लेख गरिएको छ।

जनप्रशासन क्याम्पसमा भइरहेको विवादित विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक  गर्न र दोषी उपर कडा कार्बाही गर्न माग गर्दै बन्दले शैक्षिक संस्था नबन्ने भएकाले तालाबन्दी फिर्ता लिँदै वार्ता र संवादमार्फत निकास खोज्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्