• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मिटरब्याजीलाई सजाय दिन अध्यादेश नै  किन?

64x64
रमेश ढकाल शनिबार, वैशाख २३, २०८०  १०:००
1140x725

‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन’लाई संशोधन गर्ने अध्यादेश, २०८०ले अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर घोषणा गरेकोमा म पनि प्रसन्न छु।

एक नागरिकले बैंक वा वित्तीय संस्थामाखाता खोल्दा वा रकम जम्मा गर्दा १० लाख रुपैँया भन्दा बढी रकमको हकमा स्रोत देखाउनुपर्ने। तर साहुले कपाली तमसुकमार्फत् करोडौं रकम थैली देखाउन पाउने र अदालतबाट समेत सो तमसुकलाई मान्यता दिई साहुलाई बिगो भराउने वडो अचम्मको हाम्रो प्रणालीलाई यो अध्यादेशले भत्काउने उद्देश्य लिएको छ।

तीन करोड रुपैँयाको थैली राखी कपाली तमसुक बनाइएको, आजैको मितिमा घरसारमा नगदै रकम आसामीले बुझेको भन्ने ब्यहोरा पारिएको र त्यसको आधारमा साहुलाई बिगो भराइएको उदाहरण पनि मैले भेटेको छु।

यो अध्यादेशले ‘मुलुकी देवानी संहिता’को दफा ४८८ मा प्रतिबन्धात्मक वाक्यांश थपी एक लाख रुपैँया भन्दा बढीको लेनदेन कारोवार नगर्दै वा घरसारमा भएकोमा सो रकम भराइ दिइने छैन भनी रोक लगाएको छ। यो व्यवस्था हुनु अति आवश्यक थियो।

कपाली तमसुक वा घरायसी लिखतबाट नगद दिनु–लिनु भनेको तत्कालको गर्जो टार्ने वा सानोतिनो व्यवहार मिलाउने हो। लाखौं, करोडौं रकमको लेनदेन गर्ने हो भने विनिमेय अधिकारपत्र वा बैंकिङ प्रणालीमार्फत् कारोवार गरिनुपर्छ। अध्यादेशले लिएको उद्देश्य ठिक छ भन्ने मेरो बुझाइ हो।

तथापि यो विषयलाई कानुनमा ठीक ढंगले स्थान दिन र स्पष्ट पार्न अध्यादेश चुकेको छ। घरायसी लिखत वा नगदबाट हुनसक्ने लेनदेन कारोवारको सारबान सीमालाई दफा ४७४ पछि छुट्टै दफा थपी किटान गरिनु पर्नेमा किटानी गरिएन। 

रकम भराउने दफामा( ४८८) लगेर यस विषयलाई राख्न खोज्दा यसको ओझ कम भएको छ। यसबाट त्यस्तो तमसुक बन्न सक्ने तर रकम भने नभराइनेसम्मको अवस्था पो भयो।

यसैगरी त्यस्तो सीमा कम्तिमा पाँच लाख( स्थानीय तहबाट अभिलेख राखी प्रमाणित भएको लिखतको आधारमा) गरेको भए अलि व्यावहारिक हुन्थ्यो कि भन्ने मेरो ठम्याइ छ। यसैगरी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ३६को उपदफा (२) मा रहेको पचास हजाररुपैँया भन्दा बढी रकमको हकमा स्थानीय तहबाट प्रमाणित गर्नुपर्ने व्यवस्थाको सादृश्यतामा अध्यादेशले घरायसी लेनदेनको सीमालाई स्पष्ट गर्न ध्यान दिएको देखिएन। 

nimb
nimb
Ncell 2
Ncell 2

पाँच लाख रुपैयाँभन्दा बढीको घरायसी लेनदेनको लिखत स्थानीय तहबाट समेत प्रमाणित गर्न नहुने गरी व्यवस्था भएन। सो दफा ४८८ रदफा ३६बीच तालमेल भएन। तर्जुमामा समस्या देखियो। 
अवधारणामा स्पष्टता देखिएन। मिटरब्याजको विषयमा आउनुपर्ने कति प्रावधान आएनन्।अब करारनामाबाट साहु र आसामीले लेनदेन गर्न थाले भने के गर्ने होला?

यसैगरी अध्यादेशको केही व्यवस्थाले समाजमा समस्या त ल्याउन्न? भन्ने चिन्ता पनि थपिएको छ। विवाद समाधान हुनुभन्दा झनै बल्झिने त हैन? मुलुकी अपराध संहिता, २०७४ मा थपिएको दफा २४९क.मा उल्लिखत अवस्था पुष्टि गर्ने निकै ठूलो चुनौती छ। 

इमान्दार साहू कानुनको फन्दामा पर्न सक्ने जोखिम छ। फौजदारी अनुसन्धानको हाम्रो अवस्था हेर्दा यो सम्भावना धेरै छ।

खास गरी सो दफाको उपदफा (२) को खण्ड ( छ, ज) तथा उपदफा (३) र (छ) को प्रावधानका कारण समाजमा नगदका आधारमा घरायसी लेनदेन गर्न साहु थर्कमान हुनु पर्नेर आफ्नो रकम लिनको लागि आसामीलाई ताकेता गर्दा हैरानी दिएको भनी आसामीबाटजाहेरी परेमा हिरासतमा पर्नुपर्ने अवस्था पनि आउन सक्छ। 

साहुले आफ्नो पैसा पटक–पटक मागेको कारण सुसाइड नोट लेखी वा नलेखी आसामीले आत्महत्या गरेकोमा पनि आत्महत्या दुरुत्साहनको कसुरमा साहु थुनामा परेको उदाहरण हामीकहाँ  छ।

यसर्थ व्यवस्थाको पनि दुरुपयोग हुनसक्छ। यसकारण तत्कालको खाँचो टार्नुपर्ने अवस्थाका मानिसले समाजमा ऋण नै नपाउने हुनसक्छ। हाम्रो समाजमा गरिब र निम्न मध्यम वर्गले बैंकबाट पैसा प्राप्त गर्नसक्ने सहज अवस्था छैन।

समाजमा साहुको भन्दा बैंकको चर्को ब्यज भएको, अनेक बहानामा पैसा काट्ने, दश लाख ऋण स्वीकृत हुँदा ९ लाख १० हजार मात्र हात पर्ने, पटक फटक फोन गरेर मानसिक यातना दिने अवस्था रहेकोमा साहुबाट पनि ऋण नपाउने अवस्था सिर्जना हुन गयो भने के होला? 

अथवा यो अध्यादेशको व्यवस्था छल्न साहूले चेकलाई नै मिटरब्याजको माध्यम बनाउन सक्छन्। अहिले पनि मिटरब्याजको लागि चेकलाई हतियार बनाइएको स्थिति छ। गरिब र निम्न मध्यम वर्गका लागि कानुन पासो हुँदैन होला र? अब चेक अनादर र चेक बाउन्सको विषयमा पनि कानुन संशोधन गरी रकमको स्रोत र ऋणी एवम् आसामीबीच कारोबारको सार्थक सम्बन्ध देखाउनु पर्ने प्रावधान राख्न ढिला भइसकेको छ।

यो अध्यादेशको उद्देश्य हासिल गर्न विनिमेय अधिकारपत्र ऐन,२०३४र वैङ्किङ्ग कसूरतथा सजाय ऐन, २०६४ मा संशोधन हुनुपर्छ। चेक अनादरको फिराद वा चेक बाउन्सको जाहेरी दिँदा नै दुई ब्यक्तिबीचको कारोबार देखाउने सार्थक सम्बन्ध र चेकको रकमको स्रोत खुलाउने प्रमाण पेश गर्नुपर्ने कानुनी प्राबधान हुनुपर्छ।

यसैगरी अनुचितलेनदेनको कार्यलाई कसूर कायम गर्ने उद्देश्यले जारी भएको यो अध्यादेशमा सो विषयसँग सरोकार नराख्ने फरक विषयको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ को उपदफा (१) मा संशोधन भएछ। 

दफा १५५ को संशोधन आवश्यक थियो। तथापि १५५ को सुविधालाई अति सीमित र कठोर बनाइएछ। अपराध संहिता लगायत हाम्रा धेरै कानुनमा सजायको दफा हेर्दा शान्तिविरुद्धको कसुर लगायत थोरै कसुरमा मात्र एक वर्ष वा सो भन्दा कम कैद हुने प्रावधान देखिन्छ। 

प्रायः धेरै कसुरहरुमा एक वर्षभन्दा बढी नै कैदको व्यवस्था देखिँदा ती कसुरमा अब १५५को सुविधा प्राप्त नहुने भएको छ। कुनै कसुरमा सात वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान रहेकोमा प्रतिवादीको दोषको मात्रा र कसुरमा निजको संलग्नताको हदलाई हेर्दा एक वर्ष भन्दा बढी कैद गर्दा चर्को पर्ने देखिएकोमा एक वर्ष कैद गर्न सकिने अवस्था रहे पनि सो कैदमा १५५को सुविधा दिन नमिल्ने गरी कानुन आएको छ। 

१५५ को सुविधाको हकमा फौजदारी कसूर( सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन, २०७४ को दफा २४को कैद सजाय निलम्बनको व्यवस्था र दफा ३७को कैद कट्टा सम्बन्धी प्रावधानमा रहेको कसूरको नकारात्मक सूचीसँग अनुकूल हुने गरी संशोधन हुनु पर्नेमा दफा १५५ लाई फरक हिसाबले हेरिएछ।

दफा १५५ संशोधन भएपछि उक्त दफा २४मा पनि संशोधन हुनु पर्नेमा सो दफा २४ भने जस्ताको तस्तै भएछ। संहितामा धेरै संशोधनको जरुरी देखिएको छ। शायद संशोधन होला पनि। यसबारे पनि कुनैबेला लेखौँला।

अनुचित लेनदेन कार्यलाई कसुर कायम गर्दाको अवस्थामा आउनुपर्ने अनुसन्धान निकाय, अभियोजनकर्ता र अदालत संवेदनशील हुनुपर्ने दायित्व बढेको छ। मानिसले अनाहकमा दु:ख नपाऊन्। पीडितले न्याय पाऊन्।

बुद्व पूर्णिमाको अवसरमा बुद्वको उपदेश स्मरण गर्दै साहुले आसामीलाई शोषण र हिँसा नगरुन्। आसामीको उठिबास नलगाऊन्। साहुले आफ्नो ऋण असुल्न मुद्दा मामिलाको झन्झट ब्यहोर्न नपरोस्।

(ढकाल उच्च अदालत पाटनका न्यायाधीश हुन्।)

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ढकाल
लेखकबाट थप
मिटरब्याजीलाई सजाय दिन अध्यादेश नै  किन?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्