• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेसमा पुनः हाबी होला कोइराला परिवार?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०७५  ०४:१७
1140x725

काठमाडौं- १३औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्रीमा विजयी भएका डा शशांक कोइरालाले त्यसपछिका समयमा पनि सभापति शेरबहादुर देउवालाई चिढ्याएनन्। पौडल-देउवालाई समदुरीमा राख्ने प्रयास गरिरहे। 

पार्टीमा दोहोरो भूमिका देखिएको भन्दै उनको आलोचना पनि समय समयमा हुने गरेको थियो। निर्वाचन पराजयपछि चैत र बैसाखमा बसेको केन्द्रीय समितिको बैठकका निर्णय एकतर्फी गरिएको भन्दै संस्थापन इतर समूहले उनको विरोध गर्यो। सभापतिको कदमप्रति महामन्त्री मौन बसेको जनाउँदै पौडेल समूहका नेताहरुले पनि महामन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। पौडेल पक्षबाट कोइरालाको आलोचना भएपछि उनले भनेका थिए, 'पार्टीको महामन्त्रीले सभापतिलाई अप्ठ्यारो पार्न हुँदैन।’

आफ्नो अभिव्यक्तिमा अडिग देखिएका कोइरालाले सभापतिलाई साथ दिनेगरी पदाधिकारी अनुमोदनमा स्विकृति जनाए। पौडेल समूहका नेताहरु मनोनीत पदाधिकारीमा नपर्ने अवस्थामा पनि सभापतिको साथ छोडेनन्। महामन्त्रीले पदाधिकारी मनोनीत प्रक्रियामा पनि संस्थापनइतर समूहलाई साथ नदिएपछि पौडेल समूह उनीसँग थप रुष्ट बनेको थियो। 

देउवा र पौडेल एकै मञ्चमा भएको समय कोइरालाले एउटै बोली हुन्छ, ‘फरक सिन्द्धान्तका दुई कम्युनिस्ट मिल्न सक्छन्। डोनाल्ड ट्रम्प र किम जोङ उन मिल्न सक्छन्। तपाई दुई किन मिल्न सक्नुहुन्न?’

दुवै पक्षसँग टाढा नभएका कोइराला पछिल्लो समय भने सभापतिसँग चिढिएका छन्। सभापतिको कार्यशैली र कार्यक्षमतालाई लिएर कोइरालाले देउवासँगको दुरी टाढिँदो छ।

निर्वाचन पराजय, महासमिति बैठक अनिश्चित, विभागहरु गठन हुन नसक्नु जस्ता कारण महामन्त्री कोइराला देउवासँग टाढिएका हुन्। सभापतिले महासमिति बैठकलाई महत्व नदिएको उनी बताउँछन्। विधान मस्यौदा समितिको नामावली नदिएको भन्दै उनले असन्तुष्टि जनाए। 

मध्यधारमा देखिएका कोइराला सभापतिको विपक्षमा कडा रुपमा प्रस्तुत भएको सम्भवत: पहिलो पटक हो।

विधान मस्यौदा समिति बनाउन लामो समय लागेपछि भदौमा गर्ने भनिएको महासमिति बैठक अनिश्चित बनेको छ। महासमिति बैठकबारे थप छलफल गर्न शुक्रबार (आज) केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विरासत ब्युँताउने तानाबाना
कोइराला परिवार दिवंगत नेताहरुको विरासतमा पुन: मुख्य नेतृत्वमा आउने तयारीमा छ। त्यसको स्पष्ट सन्देश आइतबार महामन्त्री कोइरालाले दिए। १४औं महाधिवेशनका लागि सभापतिमा कोइराला परिवारबाट उनी वा शेखरमध्ये एक सभापतिको उम्मेदवार बन्ने प्रस्ट्याए।

देउवाइतरको समूहमा स्पष्ट चिनिँदै आएका शेखर र सुजाताको साथमा शशांक पनि थपिएपछि कोइराला परिवार बलियो बन्ने तयारीमा छ। यसअघि माघ २ मा नेतृ सुजाता कोइरालाको मण्डिखाटारस्थित घरमा नेतात्रयले भेट गरेकाथिए। निर्वाचनमा नेपाली कांग्रेसको पराजयपश्चात् पहिलो पटक छलफलमा बसेका नेतात्रयले पार्टी संस्थागत तरिकाले सञ्चालित नभएको निष्कर्ष निकालेका थिए। नेतृत्वको कार्यक्षमताका कारण नै कांग्रेसले पराजय भोगेको उनीहरुको निष्कर्ष थियो। 

त्यसपछिका समयमा कोइराला परिवारका नेताहरुको छलफल भए पनि नेतृत्वमा दाबी गर्नेगरी अभिव्यक्ति भने आएको थिएन।

जोगिएला विरासत?
गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा जित निकाल्ने शशांक एक मात्रै उम्मेदवार थिए। आँखाका चिकित्सक* समेत रहेका महामन्त्री सक्रिय राजनीतिमा २०६३ पछि प्रवेश गरेका हुन्। विराटनगरका कोइराला नवलपरासी १ बाट निर्वाचन जित्दै आएका छन्। कोइराला परिवारबाट फुत्केको मुख्य नेतृत्वलाई पुनः स्थापित गर्न कोइराला नेताहरु लागेका छन्। 

महामन्त्री शशांकभन्दा कांग्रेसमा शेखरको इतिहास लामो छ। केशव कोइरालाका पुत्र शेखर फिजिसियन डाक्टर हुन्। डाक्टर पेसा छोडेर उनी राजनीतिमा प्रवेश गरेका थिए। 

१४औं महाधिवेशनका लागि सभापतिमा देउवाले पुनः इच्छा देखाएका छन्। साथै, १३औं महाधिवेसनमा पराजय भोगेका पौडेल पनि स्वतः दाबेदार हुन्। देउवा र पौडेललाई चुनौती दिनेगरी कोइराला परिवार नेतृत्वमा आउने सुरमा छन्। अन्तरमुखी स्वभावका शशांकलाई बिपीपुत्रका कान्छो छोराका रुपमा कार्यकर्ताहरुको सम्मान छ। तर विरासत कायम राख्न नसकेको कांग्रेसजनहरुकै कतिपयको बुझाइ छ। आमकार्यकर्ताको पहुँचबाट शशांक 'टाढा’ देखिन्छन्। लेखक तथा बुद्धिजीवी गेजा शर्मा वाग्ले कार्यकर्ताहरुको सम्मानलाई महामन्त्री कोइरालाले न्याय गर्न नसकेको बताउँछन्। 

कोइराला परिवारबाट नेतृत्व सरेपछि पार्टी कमजोर भएको ठम्याइ नेतात्रयमा भएको छ। त्यसैको लागि आन्तरिक छलफलमा पनि जुटेका छन्। कांग्रेसलाई बलियो बनाउन कोइराला परिवारबाटै नेतृत्व आउनुपर्ने विश्लेषण कोइराला परिवारमा भएको वाग्लेको बुझाइ छ। 

कांग्रेस निकट लेखक पुरञ्जन आचार्य वाग्लेको तर्कमा सहमत देखिन्छन्। उनी भन्छन्, ‘शशांक वा शेखरमध्ये एक सभापतिका दाबेदार बन्न सक्छन्।’

१३औं महाधिवेशनपछि महामन्त्रीले कांग्रेसको संगठनलाई चुस्त बनाउन नसकेको शशांकमाथि पार्टीभित्रै आलोचना बढेको छ। नेतृत्वदायी भूमिका उनको कमजोर रहेको वाग्लेको तर्क छ। 'शशांकमा राजनीतिक दृष्टिकोण देखिन्न,' उनले दाबी गरे, 'सांगठनिक क्षमता कमजोर,निष्क्रियता उनको कमजोरी हो। तर संगठन र जनतामा शशांकको भन्दा शेखरको छवि राम्रो छ।'

कोइराला परिवारबाट सभापतिको दाबी गर्न सक्ने सम्भावना रहे पनि अन्तिममा पौडेल पक्षसँगै मिलेर जाने वाग्लेको आंकलन छ। समूहको समीकरण अनुसार नेतृत्वको दाबी हुने उनले बताए। 

निर्वाचन पराजयपछि कोइराला परिवारमा शेखरको सक्रियता बढेको छ। विगत ७ महिनामा सकिएका कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनका महाधिवेशनमा शेखरको सक्रियताका कारण पनि संस्थापन पक्ष कमजोर भएको छ। 

कोइराला परिवारमा महामन्त्री शशांक तार्किक र बौद्धिक बहसमा कमजोर देखिन्छन्। आवश्यकभन्दा पनि कम बोल्ने उनको बानी छ। १३औं महाधिवेशनमा महामन्त्रीमा उनलाई मत नदिँदा बिपी कोइरालामाथि अन्याय हुने ठानेर उनको पक्षमा सहानुभूतिको मत आएको कतिपयको बुझाइ छ। अर्कोतर्फ क्षमताभन्दा पनि गिरिजाप्रसाद कोइरालाको छोरी भएकै कारण लाभको पदमा पुगेकी सुजाता कोइरालाको संगठनमा पकड छैन। पार्टीका कार्यक्रममा उनको सहभागिता पछिल्लो समय पातलिँदै गएको छ।

विरासत जोगाउने तानाबाना बुनिरहेका कोइराला परिवारले नेतृत्व लेला/नलेला अहिले भन्न सकिन्न। पार्टी समूहको समीकरणले मात्र कोइराला परिवार नेतृत्वमा स्थापित हुने/नहुने निर्क्यौल हुनेछ।

(*सच्याइएको)

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५  ०४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्