• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पीडितले न्याय पाएनन्, अभियुक्तका परिवार आर्थिक बोझले थलिँदै

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  १५:०४
1140x725

धनगढी- २०७२ भदौ ७ गते। टीकापुर। 

थारुवान/थरुहट संघर्ष समितिको आह्वानमा टीकापुर वरिपरिका गाउँबाट हजारौंको संख्यामा प्रदर्शनकारी टीकापुर ओइरिँदै थिए। टीकापुर आसपासका क्षेत्रमा प्रशासनले कर्फ्यु लगाइसकेको थियो। आन्दोलनकारी कर्फ्यु तोडेर अघि बढे। प्रहरीले रोक्ने प्रयास गर्यो। भिडन्तको अवस्था सिर्जना भयो। आन्दोलनकारीको हिंसात्मक आक्रमणबाट एक एसएसपीसहित ८ जना सुरक्षाकर्मी र डेढ वर्षीय बालकले ज्यान गुमाए।

टीकापुरको त्यो नृशंस घटनामा संलग्न भएको भन्दै प्रहरीले ५८ जनाविरुद्ध मुद्दा दायर गर्यो। अहिलेसम्म प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहित २५ जना पक्राउ परेका छन्। ३२ जना अझै फरार सूचीमा छन्।

प्रहरीले घटनाको मुख्य योजनाकारका रुपमा दाबी गरेको कैलाली १ बाट निर्वाचित चौधरीले गत फागुनमा अदालत सामु आत्मसमर्पण गरेका थिए। उनी अहिले काठमाडौंको डिल्लीबजार कारागारमा छन्। टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मध्ये २४ जना पुर्पक्षका लागि कैलाली कारागारमा रहेका छन्। दुई जना बालकलाई भने पोखरा सुधार गृहमा राखिएको छ।

टीकापुर घटनाको पहिलो पेसीले थुनामा रहेकालाई अदालतमा उपस्थित गराएर साक्षीसहित उपस्थित हुन आदेश दिइसकेको छ। अदालतले बादी र प्रतिबादीलाई आगामी २४ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो।

घटना भएको तीन वर्ष बित्दासमेत अदालतबाट कुनै सुनुवाइ नभएको पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको गुनासो छ। पीडितहरुले पनि न्याय पाएको महसुस गर्न सकेका छैनन्।

प्रहरी वरिष्ठ उपरीक्षक, २ प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको सो घटनालाई बेलाबेला राजनीतिक आन्दोलनको रुपमा पनि चित्रण गरिँदै आइएको छ। तर, पीडितका परिवार त्यो मान्नै तयार छैनन। उनीहरुले दोषीलाई राजनीतिक हिसाबले उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन्।

‘देशको रक्षा गर्नका लागि ज्यानको आहुति दिनेहरुलाई राज्यले सम्मान दिन सकेन, उल्टै दोषीलाई उन्मुक्ति दिएर जोगाउने चलखेल भइरहेको छ,' टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराका बुबा प्रेमसिंहले भने, ‘हामीले पनि न्याय पाउनुपर्छ, नत्र राजनीतिको आडमा दोषीलाई बचाउने षड्यन्त्र भएमा न्यायका लागि लड्छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले यसलाई राजनीतिक मुद्दा बनाउनुपर्ने भनेर सरकारलाई दबाब दिइरहँदा पीडितहरु सशंकित बनेका छन्।

थुनामा रहेकाहरुको पीडा

टीकापुर घटनामा थुनामा रहेका अभियुक्तहरू राजनीतिक क्रियाकलापसँगै विभिन्न व्यवसायमा संलग्न थिए। उनीहरुका परिवारमाथि यतिबेला आर्थिक बोझ थपिएको छ। बैंकबाट ऋण लिएर व्यवसाय गरेका कतिपयले समयमा ऋण तिर्न नसकेपछि धरौटी स्वरुप राखिएको चलअचल सम्पत्ति लिलामी प्रक्रियामा पुगेको छ।

जिल्ला अदालत कैलालीले सर्वसाधारणको लागि ५ गते बढाबढ प्रक्रिया अनुसार लिलाम गर्ने सूचना जारी गरे पनि लक्ष्मण थारुले ‘नगद दिने’ भनेर निवेदन पेस गरेपछि अहिले लिलाम प्रक्रिया स्थगित गरेको कैलाली जिल्ला अदालतका नायव सुब्बा जयदेव भट्टले बताए।

लक्ष्मणले २०७२ सालभन्दा पहिले काठमाडौंमा थारु भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका थिए। २०७२ सालको सुरुवातदेखि चर्किएको थरुहट/थारुवान आन्दोलनको नेतृत्व गरेका उनको होटल फस्टाउन नपाउँदै बन्द भयो।

सञ्चालनको क्रममा होटलकै एक साझेदार काठमाडौं महानगरपालिका–३४ नयाँ बानेश्वरका रविन्द्र चौधरीलाई भुक्तान गर्नुपर्ने साँवा ब्याजसहितको २१ लाख २६ हजार २ सय ३१ रुपैयाँ अझै भुक्तानी गर्न नसकेको उनले बताए।

त्यसताका नेता लक्ष्मणले भुक्तानीको लागि जारी गरेको चेक बाउन्स भएपछि रविन्द्रले जिल्ला अदालत काठमाडौंमा साँवाब्याज सहितको रकम भराई पाऊँ भनी मुद्दा दायर गरेका थिए। मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको जायजेथाबाट असुली आदेश कार्यान्वयनको लागि जिल्ला अदालत कैलालीलाई पत्राचार गरेको थियो।

अदालतका नासु भट्टका अनुसार नेता लक्ष्मणसहित उनका दाजु नैनकुमार र भाइ धनकुमारको संयुक्त स्वामित्वमा रहेको धनगढी उपमहानगरपालिका–१८ (साबिक फूलबारी गाविस–१) स्थित कित्ता नम्बर ६६३ को ६८५ वर्गमिटर कित्ता नम्बर ६६४ को १०२० वर्गमिटर र कित्ता नम्बर ६६७ को ३३० मध्ये ८ दशमलव ८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने सूचना जारी गरिएको थियो। तीनै कित्ताको न्यूनतम मूल्य २१ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको थियो।

कैलाली कारागारमा थुनामा रहेका लक्ष्मण भन्छन्, 'टीकापुर घटना हुनुपूर्व थारु भिलेज रिसोर्ट सञ्चालन गरेको थिएँ। तर, घटनापछि रिसोर्ट बन्द हुने अवस्था भयो।'

घटनापछि लक्ष्मण भैरहवाबाट पक्राउ परेका थिए।

अर्का थरुहट नेता एवं थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीको पनि व्यापार व्यवसाय चौपट भएको छ। उनले धनगढीको मिलन चोकमा अजगर काष्ठ फर्निचर उद्योग सञ्चालन गरेका थिए।

धनगढीस्थित एनआइसी एसिया बैंकबाट ऋण लिएर कारोबार थालेका उनी थुनामा परेपछि कारोबार बन्द भयो। गत वर्ष नै बैंकले नियमित ब्याज र साँवा बुझाउन नसकेको भन्दै धरौटी राखेको धनगढीस्थित दुई जग्गामा बनेको एकतले घरसहित लिलामीको सूचना प्रकाशन गरेको थियो।

सद्भाव बढ्दै

टीकापुर घटना हुनुअगाडि देखिनै ‘थारु’ र ‘पहाडी’ समुदायबीच दुरी बढ्दै गयो। टीकापुरमा प्रहरीसहित बालकको हत्या भएपछि त्यसले झन् चर्को रुप लियो। 

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्छन्, 'घटनाको केही महिनासम्म दुरी बढे पनि बिस्तारै दुवै समुदायबीच सद्भाव वृद्धि हुँदै गएको छ। केही समय मन अमिलो भए पनि हाल सम्बन्ध विस्तार हुँदै जान थालेको छ। थारु र पहाडी समुदायबीच पारिवारिक सम्बन्धमा सुधार आएको छ।' 

थारु र पहाडी समुदायको मिश्रित बसोबास रहेको जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी भने स्थानीय तहको निर्वाचनले दुई समुदायबीचको वैमनस्यता कम गराएको बताउँछन्। 

गतवर्ष टीकापुर र आसपासका क्षेत्रमा दुवै समुदायका उम्मेदवारहरु विजयी भए। वडा तहमा थारु समुदायका प्रतिनिधि निर्वाचित भएपछि यो एक वर्षको अवधिमा आम नागरिकले सद्भाव बढेको उनी बताउँछन्।

उनी आफै पनि टीकापुर घटनाका पीडित हुन्। घटनापछि भदौ ८ गते उनको घरमा आगजनी गरिएको थियो। 

भदौ ८ गते आगजनीबाट पीडित थारु समुदायका व्यक्तिलाई गत वर्ष सरकारले क्षतिपूर्ति दिएको थियो। क्षतिपूर्तिपछि आगजनी पीडितहरुले राहतको महसुस गरेका हुन्। क्षतिपूर्तिपछि दुई समुदायबीचको दुरी घटेको आभास भएको आगजनीपीडित बताउँछन्।

२०७२ भदौ ७ गते टीकापुरस्थित सरकारी कार्यालयमा ‘थरुहट प्रदेश’ लेख्ने भन्दै आएका थरुहट कार्यकर्तालाई सुरक्षाकर्मीले रोक्ने क्रममा भएको झडपपछि हिंसात्मक घटना भएको थियो। घटनापछि टीकापुर र आसपासको क्षेत्रमा स्थानीय प्रशासनले डेढ महिनासम्म कर्फ्यु लगाएको थियो। 

अहिले घटनाको पीडालाई दुवै समुदायका मानिसले बिर्सँदै छन्। र, आपसी सद्भावलाई कायम राखिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्