• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शुल्कदेखि भर्नासम्म निजी विद्यालयको मनपरी 

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, वैशाख २०, २०८०  १५:२७
1140x725

काठमाडौं– काठमाडौं उपत्यकाको कागेश्वरी मनोहरा नगरपालिकास्थित विनसम इंग्लीस बोर्डिङ स्कूलले सोही विद्यालयबाट कक्षा १ पढेका विद्यार्थीलाई कक्षा २ मा भर्ना शुल्क भनेर ६ हजार ५ सय लियो। विद्यायलले किन उक्त रकम लियो भन्नेमा अभिभावक जानकार छैनन्।
 
‘विद्यालयले ६ हजार ५ सय रुपैयाँ भर्ना शुल्क भनेर लियो। के–केका लागि भनेर मलाई थाहा छैन,’ ती अभिभावक भन्छन्, ‘कक्षा १ देखि यहाँ पढाएको हो। अब अर्को कक्षा चढ्दैमा चर्को शुल्क भर्नाका नाममा तिर्नु परेपछि चिन्ता बढाएको छ।’

यो एउटा प्रतिनिधिमुलक घटना मात्रै हो। कतिपय विद्यार्थीहरुका अभिभावक निजी विद्यालयको ब्रह्मलुटका विषयमा अन्यायमा परेका भए पनि खुलेर बोल्न मान्दैनन्। शैक्षिक सत्र २०८० सालको भर्ना प्रक्रिया सुरु भएको छ। तर निजी विद्यालयहरुले भने भर्नासँगै पठनपाठनसमेत सुरु गरिसकेका छन्।
 
निजी विद्यलायहरुले अनेकौं शुल्कका नाममा ब्रह्मलुट गर्ने गरेको अभिभावकहरुको गुनासो छ। निजी विद्यालयहरुले तोकैकै ठाउँबाट विद्यार्थीहरुले पाठ्यपुस्तक, पोशाकदेखि विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरुसमेत किन्न बाध्य पारेका छन्। शिक्षा विज्ञान प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८० मा निजी विद्यालयहरुले लिने शुल्कको निर्धारण स्थानीय तहबाटै गर्ने र जिल्ला समन्वय समिति तथा जिल्ला शिक्षा समितिले त्यसका लागि सहजीकरण गर्न निर्देशन दिइसकेको छ।

नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था रहेको छ। शिक्षा सम्बन्धी हकको उपधारा(१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हकको व्यवस्था गरेको छ। सोही धाराको उपधारा (२)मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था भए पनि व्यवहारिक रुपमा यसको लागू भएको देखिँदैन।
 
सरकारले यसवर्ष शैक्षिक सत्र सुरुसँगै विद्यालयमा पाठ्यपुस्तक पठाउन सफल भएको भए पनि निजी क्षेत्रको मामलामा भने मौन नै देखिएको छ।

संसद्‌मै  उठ्यो भर्ना खारेजीको माग 
निजी विद्यालयहरुले शिक्षालाई व्यापारको रुपमा अघि बढाएको आरोप अभिभावकहरुले लगाएका छन्। उनीहरुले प्रत्येक शैक्षिक सत्रमा विद्यार्थी भर्ना लगायतका विभिन्न बाहनामा चर्को शुल्क असुल्दै आइरहेका छन्। यसै विषयलाई लिएर यस प्रतिनिधि सभामासमेत विरोध भएको छ।
 
गत बुधबार प्रतिनिधि सभा सदस्य उर्मिला माझीले संसद्को शून्य समयलाई सम्बोधन गर्दै भनिन्,‘शिक्षा नागरिकहरुको नैसर्गिक अधिकार र मौलिक हकको रुपमा संविधानमा उल्लेख भएको छ। तर शिक्षा सहज र समान ढंगले बालबालिकाले पाइरहेका छैनन्। महंगो र असमान शिक्षाका कारण भ्रष्टाचार मात्रै मौलाएको छैन, कयौं मानिसहरु दिनप्रतिदिन गरिबीको खाडलमुनि जाकिँदै गइरहेका छन्। तसर्थ निजी विद्यालयमा प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरि तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस्।’

सांसद माझीले वर्षैपिच्छे नयाँ–नयाँ किताब फेर्ने र कोर्ष फेर्ने चलनको अन्त्यको माग गर्दै कम्तीमा तीनवर्षमा किताब फेर्न नपाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

विद्यालयले पोशाक र किताब बेचेको पाइए कारबाही हुन्छः काठमाडौं महानगर
काठमाडौं महानगरपालिका निजी एवं संस्थागत विद्यालयहरुलाई नियमन गर्नका कडाइका प्रस्तुत भइरहेको छ। काठमाडौं महानगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयले पोशाक र किताब बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दिइसकेको छ। 

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधनसहित) मा व्यवस्था भए अनुसार विद्यालयहरु आफैंले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने उल्लेख गर्दै विद्यालयले विद्यार्थी तथा अभिभावकलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको थियो।

निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले निजी तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई आग्रह गरेका छन्।

Ncell 2
Ncell 2

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा’ छात्रवृत्ति सम्बन्धी व्यवस्था भएको उल्लेख गर्दै महानगरप्रमुख शाहले नियमअनुसार निजी तथा संस्थागत विद्यालयहरुले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाह गर्नुपर्ने बताएका छन्।

शाहले फेसबुकमार्फत् लेखेका छन्, ‘विद्यालयहरूले कूल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ।’
 
यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीहरुलाई सूचित गराउन प्रमुख शाहको अनुरोध छ। नियमको पालना गर्ने विद्यालयको दायित्व भएको उल्लेख गर्दै अभिभावक र सरोकारवालाले नियम पालना भए/नभएको निगरानी गर्न आग्रह गरेका छन्। प्रमुख शाहले व्यवस्था कार्यान्वयनका लागि आग्रह गर्दै, अन्यथा अवस्था देखिए कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन महानगर बाध्य हुने चेतावनी दिएका छन्। 

प्याब्सनद्वारा बचाउ
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मा ४ हजार भन्दा बढी विद्यालयहरु आवद्ध रहेका छन्। प्याब्सनका उपाध्यक्ष टिआर ढकालले शुल्क निर्धारण समिति बनेको र उक्त समितिमा शुल्क निर्धारण सम्बन्धी प्रस्तावहरु अनुमोदन गरेर मात्रै लागू गर्ने गरिएको दाबी गरे।
 
उनले भने,‘शुल्क निर्धारण सम्बन्धी समिति छ। उक्त समितिमा शुल्क निर्धारणसम्बन्धी प्रस्ताव लगेर अनुमोदन गरेपछि मात्रै लागू हुन्छ।’ उनले केही निजी विद्यालयहरुले लागू गरेको दाबी गर्दै केही विद्यालयहरुले पूरानै शुल्क लिएको बताए। साथै केही विद्यालयहरुले नयाँ शुल्क परिमार्जन गरेर लिएको स्वीकार गरे।
 
उपाध्यक्ष ढकालले निजी विद्यालयमा एकपल्ट भर्ना भइसकेपछि पूनः भर्ना गरिरहनुपर्ने पक्षमा प्याब्सन नभएको बताए। उनले आफ्नो विद्यालयमासमेत त्यस्तो सिस्टम नभएको दाबी गरे। उनले भने,‘भर्ना शुल्क भनेर एकपल्ट लिइन्छ। वार्षिक शुल्क भनेर केही विद्यालयले लिने गरेका छन्। वार्षिक  शुल्क भनेको एक वर्षभित्रको खेलकुद, पुस्ताकलय, प्राथमिक शुल्कहरु छन्। त्यो शुल्कहरु वर्षेनि नवीकरण गर्नुपर्ने हुन्छ। तर वर्षैपिच्छे एउटा कक्षाबाट अर्को कक्षामा भर्ना गर्नुपर्ने पक्षमा प्याब्सन छैन।’

ढकालले तोकिएकै स्थानबाट पाठ्यपुस्तक किन्नुपर्ने बाध्यात्मक परिस्थिति नभएको भन्दै बचाउ गरे। विद्यालय र अभिभावकको सहमतिका आधारमा एकै ठाउँबाट सेवा प्रदान होस् भन्ने बाहेक बाध्यात्मक स्थिति नभएको दाबी गरे। 

उनले प्याब्सनमा औपचारिक रुपमा कुनै उजुरी गुनासोहरु नआएको बताउँदै त्यस्तो फेला परे प्याब्सनले छानबिन गर्ने बताए। 

के भन्छ कानुन? 
संस्थागत शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ अनुसार विद्यालयले शिक्षक अभिभावक संघको उपस्थिति भेला गरी विद्यालयले आकलन गरेको शुल्क दरलाई पेस गरी त्यसबाट अनुमोदन भएपछि मात्रै शुल्क निर्धारण गर्न मिल्ने व्यवस्था रहेको छ।

प्रत्येक विद्यालयले विद्यार्थीबाट लिने शीर्षगत शुल्क वितरण सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने र विद्यालयको वेबसाइडमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था छ। जिल्ला शिक्षा समन्वय समितिले प्रकाशित गर्ने बुलेटिनमा शैक्षिक सत्रसमेत खुल्ने गरी शुल्कको सीमा उल्लेख गरेको व्यहोरा प्रकाशित गर्नुपर्ने व्यवस्था छ।

मापदण्ड उल्लंघन गरे के हुन्छ? 
कुनै विद्यालयले यो शुल्क मापदण्ड निर्देशिका ०७२ मा भएको व्यवस्थाको उलङ्घन हुने गरी कार्य गरेमा शिक्षा ऐन नियममा भएको दण्ड सजाय सम्बन्धी कारबाहीको अतिरिक्त  अन्य कारबाही हुने कुरासमेत प्रष्ट रुपमा उल्लेख गरिएको छ।

प्रथम पटक कसुरको मात्रा हेरी रु २५००० सम्मसम्म जरिवाना गर्ने, दोस्रो पटक विद्यालयको अनुमति स्वीकृति रद्द गर्ने, शुल्कको आधार र प्रक्रिया मापदण्ड पूरा नगरी शुल्क लिने कार्यलाई पूर्ण रूपमा अवैध मानी प्रचलित ऐन नियमानुसार कारबाही गर्न सकिने व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्