• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एनओसीबारे सरकारसँग जुहारी खेल्दै शैक्षिक परामर्श महासंघ

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, वैशाख १५, २०८०  १९:५९
1140x725

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृतसम्बन्धी निर्देशिका २०७९ लागू गरेको छ। विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली नागरिकले लिनुपर्ने पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्न सरकारले एनओसी लागू गरेको हो। 

सरकारले गत फागुन १८ गते निर्देशिका जारी गरेको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)मा कडाइ गर्दै प्लस टु पास भएकाहरुलाई मात्रै अनुमति दिने निर्णय गरेको थियो। सो निर्देशिकालाई गत चैत १९ गतेदेखि लागू गर्ने भनिए पनि व्यावहारिक रुपमा लागू हुन सकेको थिएन। 

शिक्षा मन्त्रालयले छात्रवृत्तिसम्बन्धी नियमावली, २०६० को नियम २९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशिका बुधबारबाट मन्त्रालयको वेब साइटमा राखेर लागू भएको जनाएको छ। 

निर्देशिका खारेज गर्न शैक्षिक परामर्श व्यवसायीहरुको माग
सरकारले एनओसी निर्देशिका जारी गर्ने निर्णय गरेसँगै वैदेशिक अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थी र शैक्षिक परामर्शदाताहरुले भने असन्तुष्टि जनाउँदै आएका थिए। 

नेपाल शैक्षिक परामर्शले यसअघि एनओसी निर्देशीका २०७९ लागू नगर्न सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। संघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको भनिएको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका’ २०७९ का सम्बन्धमा इक्यान लगायत नेपालमा क्रियाशील ८ वटा संघले संयुक्त रुपमा शिक्षा मन्त्री अशोक राई र वैदेशिक अध्ययन अनुमति शाखालाई ज्ञापनपत्र बुझाउँदै निर्देशिका खारेजीको माग गरेका थिए। 

शैक्षिक परामर्श व्यवसायीहरुको मुख्य माग निर्देशिकामा विद्यालय तह, डिप्लोमा र भाषा अध्ययन गर्न नदिने व्यवस्था सच्याउनुपर्ने थियो। मन्त्रालयले उक्त मागलाई सम्बोधन गर्दै निर्देशिकाको परिच्छेद ७ (२८)मा  कक्षा १२ वा सो सरह उत्तीर्ण गरी विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई निर्देशिकाको व्यवस्था र प्रक्रिया पूरा गरी स्वीकृति प्रदान गर्न सकिने कुरा उल्लेख गरेको छ। तर नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले भने यो आंशिक सम्बोधन मात्रै भएको भन्दै निर्देशिका नै खारेजीको माग गरेको छ। 

सोमबारबाट चरणवद्ध आन्दोलन गर्ने चेतावनी
नेपाल शैक्षिक परामर्श व्यावसायिक महासंघ (तदर्थ समिति) शिक्षा मन्त्रालयले बुधबार प्रकाशित गरिएको वैदेशिक अध्ययन स्वीकृतसम्बन्धी निर्देशिका तत्काल खारेज गर्न माग गरेको छ। बिहीबार काठमाडौंमा इक्यान, फेकन, आइरिन, नायर, जालसान, केक्यान, ल्यान लगायतका संस्थाहरुले पत्रकार सम्मेलन गर्दै विरोध जनाएका हुन्।

महासंघले २०७६ जेठ २९ गते शिक्षा मन्त्रालय, वैदेशीक अध्ययन अनुमति शाखाले जापान भाषा शिक्षा अध्ययनको लागि एनओसी बन्द गरेको र २०७७ चैत १ गते सर्वाेच्च अदालतको फैसलाले उच्च शिक्षा हासिल गर्नका लागि अभिभावकले आफ्ना छोराछोरी कुन देशमा पठाउने, कस्तो किसिमको शिक्षा दिने भन्नेबारे छनोटको अधिकारबारे प्रष्ट पारेको नेपाल शैक्षिक परामर्श व्यावसायिक महासंघका संयोजक राजेन्द्र बरालले बताए।

Ncell 2
Ncell 2

संयोजक बरालले भने, ‘कानुन निर्माण गर्दा सम्बन्धित क्षेत्रका (स्टेक होल्डर)सँग छलफल गरेको छैन। यसले कानुन कार्यान्वयनमा प्रश्नचिह्न खडा गरेको छ। राज्यले शैक्षिक परामर्शलाई समेत नियन्त्रणमा लिन खोजेको छ।’

उनले सम्बन्धित सरोकारवाला संघ र महासंघसँग छलफल गर्नसमेत आग्रह गरे। ‘हामीले शिक्षा मन्त्री अशोककुमार राईलाई समेत ज्ञापनपत्र बुझाइसकेका छौं। विद्यार्थी, अभिभावक र व्यवसायीसँग छलफल नगरी ल्याएको ऐन मान्दैनौं। धेर्यताको बाँध फुटिसक्यो। तत्काल निर्देशिका खारेज नगरे सोमबारबाट आन्दोलनमा उत्रिन्छौं,’ उनले भने। 

त्यसैगरी इक्यानका अध्यक्ष प्रकाश पाण्डेले निर्देशिका आंशिक रुपमा संशोधन गरेको भए पनि विद्यार्थी र व्यवसायीको हितमा नरहेको दाबी गरे। उनले भने, ‘निर्देशिकाको परामर्श समितिमा विद्यार्थी र व्यवसायीहरुको प्रतिनिधित्व गराइएको छैन। एनओसी पत्र लिएकाहरु सबैले भिसासमेत लिएका छैनन्।’ पाण्डेले रेमिटेन्सको ४० प्रतिशत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरुले पठाएको दाबी समेत गरे। 

आइरिनका अध्यक्ष हेमन्त भट्टराईले पहिलो माग निर्देशिका खारेजी भएको र खोरेजी नहुँदासम्म व्यावहारिक हुनुपर्ने बताए। निर्देशिकामा भएका कमी–कमजोरीहरु संशोधन हुनुपर्ने, सम्बन्धित पक्षको अर्थपूर्ण सहभागिता हुनुपर्ने, नागरिकको शिक्षा प्राप्त गर्न पाउने संवैधानिक नैसर्गिक अधिकारको ग्यारेन्टी हुनुपर्ने लगायतका माग शैक्षिक परामर्श व्यवसायी महासंघले अघि सारेको छ। 

सरकार भन्छ– निर्देशिका कार्यान्वयनमा गइसक्यो
वैदेशिक अनुमति शाखाका प्रमुख उपसचिव वासुदेव वस्तीले सरकारले निर्देशिका जारी गरेसँगै कार्यान्वयनमा गइसकेको बताए। उनले निर्देशिका राष्ट्रको हितमा भएको उल्लेख गर्दै विरोध गर्नुको कुनै तुक नभएको प्रष्ट पारे। 

वस्तीले भने, ‘विरोध गर्नुपर्ने बाध्यता के हो? त्यसको अन्तर्य के हो? त्यो विरोध राष्ट्रको हितका लागि कत्तिको जायज छ? सुधार गर्नुपर्ने विषय वस्तु केके हुन्? भन्ने कुरा जगजाहेर छ।’ उनले विश्वव्यापीकरणको युगमा विदेश जान रोक्न नमिल्ने उल्लेख गर्दै सकेसम्म स्वदेशमै रोजगारी, शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गर्न सरकार लागेको दाबी गरे। 

उनले वैदेशिक अनुमति शाखा कार्यान्वयन निकाय भएका कारण निर्देशिका जारी भएसँगै कार्यान्वय गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे। वस्तीले कार्यान्वयमा देखिएका चुनौती, बाधा अड्चनहरुलाई सरोकारवाला निकायले रचनात्मक रुपमा सुझाव दिनुपर्नेमा जोड दिए।

उनले प्रचलित ऐन, नियम, कानुनका आधारमा सेवा प्रदान हुनेमा विश्वस्त रहन आग्रह गरे। उनले विरोध गर्नुका तर्क र प्रमाणहरु प्रवुद्ध वर्गले हेर्नुपर्ने बताउँदै त्यसको विश्लेषण र समालोचना गर्नुपर्ने बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्