• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एनओसीबारे सरकारसँग जुहारी खेल्दै शैक्षिक परामर्श महासंघ

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, वैशाख १५, २०८०  १९:५९
1140x725

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृतसम्बन्धी निर्देशिका २०७९ लागू गरेको छ। विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली नागरिकले लिनुपर्ने पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्न सरकारले एनओसी लागू गरेको हो। 

सरकारले गत फागुन १८ गते निर्देशिका जारी गरेको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)मा कडाइ गर्दै प्लस टु पास भएकाहरुलाई मात्रै अनुमति दिने निर्णय गरेको थियो। सो निर्देशिकालाई गत चैत १९ गतेदेखि लागू गर्ने भनिए पनि व्यावहारिक रुपमा लागू हुन सकेको थिएन। 

शिक्षा मन्त्रालयले छात्रवृत्तिसम्बन्धी नियमावली, २०६० को नियम २९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशिका बुधबारबाट मन्त्रालयको वेब साइटमा राखेर लागू भएको जनाएको छ। 

निर्देशिका खारेज गर्न शैक्षिक परामर्श व्यवसायीहरुको माग
सरकारले एनओसी निर्देशिका जारी गर्ने निर्णय गरेसँगै वैदेशिक अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थी र शैक्षिक परामर्शदाताहरुले भने असन्तुष्टि जनाउँदै आएका थिए। 

नेपाल शैक्षिक परामर्शले यसअघि एनओसी निर्देशीका २०७९ लागू नगर्न सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। संघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको भनिएको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका’ २०७९ का सम्बन्धमा इक्यान लगायत नेपालमा क्रियाशील ८ वटा संघले संयुक्त रुपमा शिक्षा मन्त्री अशोक राई र वैदेशिक अध्ययन अनुमति शाखालाई ज्ञापनपत्र बुझाउँदै निर्देशिका खारेजीको माग गरेका थिए। 

शैक्षिक परामर्श व्यवसायीहरुको मुख्य माग निर्देशिकामा विद्यालय तह, डिप्लोमा र भाषा अध्ययन गर्न नदिने व्यवस्था सच्याउनुपर्ने थियो। मन्त्रालयले उक्त मागलाई सम्बोधन गर्दै निर्देशिकाको परिच्छेद ७ (२८)मा  कक्षा १२ वा सो सरह उत्तीर्ण गरी विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई निर्देशिकाको व्यवस्था र प्रक्रिया पूरा गरी स्वीकृति प्रदान गर्न सकिने कुरा उल्लेख गरेको छ। तर नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले भने यो आंशिक सम्बोधन मात्रै भएको भन्दै निर्देशिका नै खारेजीको माग गरेको छ। 

सोमबारबाट चरणवद्ध आन्दोलन गर्ने चेतावनी
नेपाल शैक्षिक परामर्श व्यावसायिक महासंघ (तदर्थ समिति) शिक्षा मन्त्रालयले बुधबार प्रकाशित गरिएको वैदेशिक अध्ययन स्वीकृतसम्बन्धी निर्देशिका तत्काल खारेज गर्न माग गरेको छ। बिहीबार काठमाडौंमा इक्यान, फेकन, आइरिन, नायर, जालसान, केक्यान, ल्यान लगायतका संस्थाहरुले पत्रकार सम्मेलन गर्दै विरोध जनाएका हुन्।

महासंघले २०७६ जेठ २९ गते शिक्षा मन्त्रालय, वैदेशीक अध्ययन अनुमति शाखाले जापान भाषा शिक्षा अध्ययनको लागि एनओसी बन्द गरेको र २०७७ चैत १ गते सर्वाेच्च अदालतको फैसलाले उच्च शिक्षा हासिल गर्नका लागि अभिभावकले आफ्ना छोराछोरी कुन देशमा पठाउने, कस्तो किसिमको शिक्षा दिने भन्नेबारे छनोटको अधिकारबारे प्रष्ट पारेको नेपाल शैक्षिक परामर्श व्यावसायिक महासंघका संयोजक राजेन्द्र बरालले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

संयोजक बरालले भने, ‘कानुन निर्माण गर्दा सम्बन्धित क्षेत्रका (स्टेक होल्डर)सँग छलफल गरेको छैन। यसले कानुन कार्यान्वयनमा प्रश्नचिह्न खडा गरेको छ। राज्यले शैक्षिक परामर्शलाई समेत नियन्त्रणमा लिन खोजेको छ।’

उनले सम्बन्धित सरोकारवाला संघ र महासंघसँग छलफल गर्नसमेत आग्रह गरे। ‘हामीले शिक्षा मन्त्री अशोककुमार राईलाई समेत ज्ञापनपत्र बुझाइसकेका छौं। विद्यार्थी, अभिभावक र व्यवसायीसँग छलफल नगरी ल्याएको ऐन मान्दैनौं। धेर्यताको बाँध फुटिसक्यो। तत्काल निर्देशिका खारेज नगरे सोमबारबाट आन्दोलनमा उत्रिन्छौं,’ उनले भने। 

त्यसैगरी इक्यानका अध्यक्ष प्रकाश पाण्डेले निर्देशिका आंशिक रुपमा संशोधन गरेको भए पनि विद्यार्थी र व्यवसायीको हितमा नरहेको दाबी गरे। उनले भने, ‘निर्देशिकाको परामर्श समितिमा विद्यार्थी र व्यवसायीहरुको प्रतिनिधित्व गराइएको छैन। एनओसी पत्र लिएकाहरु सबैले भिसासमेत लिएका छैनन्।’ पाण्डेले रेमिटेन्सको ४० प्रतिशत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरुले पठाएको दाबी समेत गरे। 

आइरिनका अध्यक्ष हेमन्त भट्टराईले पहिलो माग निर्देशिका खारेजी भएको र खोरेजी नहुँदासम्म व्यावहारिक हुनुपर्ने बताए। निर्देशिकामा भएका कमी–कमजोरीहरु संशोधन हुनुपर्ने, सम्बन्धित पक्षको अर्थपूर्ण सहभागिता हुनुपर्ने, नागरिकको शिक्षा प्राप्त गर्न पाउने संवैधानिक नैसर्गिक अधिकारको ग्यारेन्टी हुनुपर्ने लगायतका माग शैक्षिक परामर्श व्यवसायी महासंघले अघि सारेको छ। 

Xtrem

Xtrem

सरकार भन्छ– निर्देशिका कार्यान्वयनमा गइसक्यो
वैदेशिक अनुमति शाखाका प्रमुख उपसचिव वासुदेव वस्तीले सरकारले निर्देशिका जारी गरेसँगै कार्यान्वयनमा गइसकेको बताए। उनले निर्देशिका राष्ट्रको हितमा भएको उल्लेख गर्दै विरोध गर्नुको कुनै तुक नभएको प्रष्ट पारे। 

वस्तीले भने, ‘विरोध गर्नुपर्ने बाध्यता के हो? त्यसको अन्तर्य के हो? त्यो विरोध राष्ट्रको हितका लागि कत्तिको जायज छ? सुधार गर्नुपर्ने विषय वस्तु केके हुन्? भन्ने कुरा जगजाहेर छ।’ उनले विश्वव्यापीकरणको युगमा विदेश जान रोक्न नमिल्ने उल्लेख गर्दै सकेसम्म स्वदेशमै रोजगारी, शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गर्न सरकार लागेको दाबी गरे। 

उनले वैदेशिक अनुमति शाखा कार्यान्वयन निकाय भएका कारण निर्देशिका जारी भएसँगै कार्यान्वय गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे। वस्तीले कार्यान्वयमा देखिएका चुनौती, बाधा अड्चनहरुलाई सरोकारवाला निकायले रचनात्मक रुपमा सुझाव दिनुपर्नेमा जोड दिए।

उनले प्रचलित ऐन, नियम, कानुनका आधारमा सेवा प्रदान हुनेमा विश्वस्त रहन आग्रह गरे। उनले विरोध गर्नुका तर्क र प्रमाणहरु प्रवुद्ध वर्गले हेर्नुपर्ने बताउँदै त्यसको विश्लेषण र समालोचना गर्नुपर्ने बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्