• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डा केसीद्वारा मुलुकी ऐन संशोधन गर्न माग, कृषि र शिक्षामा भएको माफियाकरणको विरोध

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  १०:०३
1140x725

काठमाडौं– डा गोविन्द केसी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरेका छन् । चिकित्कसलाई मुद्दामा फसाउने देखिएको भन्दै यसलाई संशोधन गर्न माग राखेका छन् । 

‘राज्यको प्राथमिकता चिकित्सक र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरेर अधिकतम राम्रो उपचार दिने नभई कमजोरी वा लापरवाहीको आरोपपिच्छे मुद्दामामिलामा फसाउने र तीमध्ये धेरै अवस्थामा जेल पठाउने व्यवस्था गर्नु रहेको उक्त कानुनी व्यवस्थाले देखाउँछ’ उनले भनेका छन्। 

कसैले पनि उपचारमा चित्त नबुझेको अवस्थामा बदनियतको आरोप लगाएर सिधै मुद्दामामिलामा जाने व्यवस्था भएको तर लापरवाही वा बदनियत पुष्टि गर्ने निकाय वा मापदण्डसम्बन्धी व्यवस्था नै नगरिएकाले यसले समस्या हुने उनको भनाई छ। 

 चिकित्सकले अलिकति पनि जोखिम लिएर उपचार गर्ने अवस्था  नरहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाबाट र त्यसमा पनि अझ कम सेवा–सुविधा भएका दुर्गम भुभागबाट बिरामीको रेफर हुने दरलाई बढाउने उनी बताउँछन् । ’त्यसले आम मानिसको स्वास्थ्य सेवाको खर्च आकाशिने मात्रै नभई हाल उपलब्ध भइरहेको सेवाबाट समेत वञ्चित गर्न पुग्छ, उनी भन्छन्’फलस्वरुप तत्काल उपचार चाहिने दुर्घटना लगायतका गम्भीर बिरामीहरुले उपचार पाउनेभन्दा बारम्बार अस्पतालहरुबीच रेफर हुँदाहुँदै एम्बुलेन्समै ज्यान गुमाउने सम्भावना अत्यधिक हुन्छ ।’ 

राजनीतिक दलहरुको दशकौंको दोहनका कारण अहिले पनि देशभरका स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरु बीसौं वर्षदेखि उस्तै अवस्थामा रहेको उनको आरोप छ । एक्सरे र अल्ट्रासाउण्ड नभएका स्वास्थ्य संस्थाहरुमा समेत अहिले चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेको दृष्टान्त अघि सार्दै उनले भनेका छन् ’अपरेशन थिएटर नभएका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुले सुत्केरी गराउने सुविधा दिइरहेका छन् । ब्लड बैंकको व्यवस्था नभएका जिल्लाहरुमा चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नै रगत दिएर बिरामी बचाइरहेका छन् । भोलि कडा कानुनी व्यवस्थाकै कारणले सेवासुविधा कम भएका स्वास्थ्य संस्थाहरु अन्यत्र बिरामी पठाउने केन्द्रमा बदलिए भने देशको स्वास्थ्य सेवा धराशायी हुने निश्चित छ ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त कानुनी व्यवस्थाले चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई त हतोत्साहित, निरुत्साहित र आतंकित पार्नुका साथै  त्यसको सबैभन्दा ठूलो मार आम बिरामीहरुलाई पर्ने उनले बताएका छन् ।
नेपाल चिकित्सक संघसित प्रतिबद्धता गरे झैं चिकित्सक समुदायको सिफारिशअनुसार गम्भीर चिकित्सकीय लापरवाही भएको अवस्थामा त्यसको वस्तुगत छानविन गरेर बिरामीले न्याय पनि पाउने तर चिकित्सक र स्वास्थ्यकर्मीहरु अहिले झैं आतंकित पनि हुनु नपर्ने गरी उल्लिखित कानुनमा तत्काल संशोधन गर्न सरकार तथा सबै राजनीतिक दलहरुसँग उनले अग्रह गरेका छन्।

कृषि र शिक्षामा माफियाकरणको विरोध
मेडिकल शिक्षामा देखिएको माफिया प्रवृत्ति देशको कृषि शिक्षा लगायत अन्य प्राविधिक विषयहरुमा समेत देखिएकोमा गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन्। त्रिवि र केयुका पदाधिकारीले झैं कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीहरु समेत अवैध चलखेलमा सामेल भई आंगिक कलेजहरुलाई निरुत्साहित गर्दै निजी कलेजहरुको सम्बन्धनको चलखेलमा लागेके बताउँदै उनले भनेका छन्, ’त्यस्तो गलत कामका विरुद्ध निरन्तर संघर्षरत विद्यार्थी, शिक्षक र प्राध्यापकहरुको अभियानमा हाम्रो समेत प्रतिबद्धता भएको जानकारी गराउन चाहन्छौं।’

पछिल्लो समय सो विश्वविद्यालयले गलत रुपमा दिएका सम्बन्धन खारेज गर्ने तथा नयाँ सम्बन्धन रोक्ने सरकारी निर्णय भइसकेकोमा समेत जालसाजी र मुद्दामामिलामार्फत सम्बन्धन सदर गर्न भइरहेको प्रयासको उनले निन्दा गरेका छन्। ’संस्था, समाज र देशको हित हेर्नुपर्ने गरिमामय पदमा बसेका पदाधिकारीहरु यस्तो अवैध धन्दामा लागेर विश्वविद्यालयजस्तो संस्थालाई ठगीखाने भाँडो बनाउनु देशकै लागि लज्जाको विषय हो । यस्तो धन्दा रोक्न चल्ने कुनै पनि अभियानमा हाम्रो साथ–सहयोग रहने प्रतिबद्धता जनाउदै यस्तो गलत काममा संलग्न नहुन सो विश्व विद्यालयका पदाधिकारीहरुलाई सचेत गराउन चाहन्छौं,’ उनको भनाई छ।

प्रेस स्वतन्त्राविरोधी प्रावधानको विरोध 
डा केसीले ऐनमा प्रेस स्वतन्त्राविरोधी अनेक बन्देजहरु राखिएकोमा चौतर्फी विरोध भइरहेको अवस्थामा सरकारले संविधानले परिकल्पना गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी कथित गोपनीयतासम्बन्धी विधेयक ल्याउन लागेको  भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्। ‘त्यसले सरकार सुशासन र पारदर्शिता कायम गर्ने कठिन तर सही बाटो छोडेर मिडियामाथि अनेक खाले अंकुशहरु लगाएर आफ्नो भ्रष्टाचार, अपराध र निकम्मापन छोप्ने सजिलो तर गलत बाटो हिंड्न उद्यत् भएको देखाउँछ,’ उनले भनेका छन्। 

साथै सरकारको उक्त रवैयाले लोकतन्त्रका आधारस्तम्भहरु नै कमजोर पारेर अधिनायकवादी व्यवस्थातिर जान खोजेको त होइन भनेर प्रश्न समेत उठाएका छन्। ’सुशासन र समृद्धिको सपना देखाएर सत्तामा पुगेको सरकारले यति छिटै त्यो सपनामा विश्वास गुमाएर विरोध र असन्तुष्टिका आवाज रोक्नमा केन्द्रित हुनु ठूलो विडम्बना हो,’ उनले भनेका छन्।

सरकारको यस्तै रवैया रहे शिक्षा र स्वास्थ्यसँगै अभिव्यक्ति र प्रेस स्वतन्त्रतालगायतका संविधान प्रदत्त अधिकारको रक्षाका लागि जस्तोसुकै कदम उठाउन आफू तयार रहेको उनले उल्लेख गरेका छन्। स्वास्थ्य र चिकित्सा शिक्षामा सुधारका लागि चलेको आफ्नो अभियानमा निरन्तर साथ दिने सञ्चार माध्यमहरुले अहिले लड्नु परिरहेको अस्तित्व र स्वतन्त्रताको लडाइँमा पूर्ण प्रतिबद्धता रहेको जानकारी गराएका छन्। उनले भनेका छन् ’कानुन बनाएर सुचनाको प्रवाह रोक्ने सरकारको प्रतिगामी र अधिनायकवादउन्मुख कामको एकजुट भएर समयमै प्रतिरोध गर्न पनि आग्रह गर्दर्छौं।’ 

साथै कार्की आयोगले बर्खास्तीको सिफारिस गरेका भ्रष्ट त्रिवि पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर्न उनले माग गरेका छन्। हाल त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा पार्टीका कार्यकर्ता भर्ती गर्नका लागि चलखेल भइरहेको बताउँदै वरिष्ठताका आधारमा नियुक्ति गर्न, आफूसँग भएको सम्झौताबमोजिम संशोधनहरु गरेर चिकित्सा शिक्षा विधेयक पारित गर्न र हामीसँग भएका अन्य सम्झौताहरु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। त्यसो नगरिएमा हालसम्मका उपलब्धिहरुको रक्षा गर्न जस्तोसुकै कदम चाल्न तयार रहेको  उनको भनाई रहेको छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्