काठमाडौं– भैरव स्मृति पुस्तकालय काठमाडौंले आयोजना गरेको राष्ट्रव्यापी हास्यव्यङ्ग्य कविता प्रतियोगितामा रत्ननिधि रेग्मी प्रथम भएका छन्।
अन्तिम छनोटमा परेका १५ कवितामध्ये रेग्मीको सिर्जना उत्कृष्ट भएको हो। उनले प्रमाणपत्रसहित ३० हजार रुपैयाँ पुरस्कार पाएका छन्।
यस्तै, चिरञ्जीवी दाहाल दोस्रो र अनिल पौडेल तेस्रो भएका छन्। उनीहरूले क्रमशः २० हजार १५ हजार राशि पुरस्कार तथा प्रमाणपत्र पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।