• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीश नियुक्तिको प्रस्तावमा ओलीको अडान– पहिला समिति गठन गरौं 

64x64
नेपाल लाइभ बुधबार, वैशाख ६, २०८०  १५:५२
1140x725
बुधबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्‌को बैठक

काठमाडौं– प्रधानन्यायाधीश नियुक्तिका सन्दर्भमा सहमति जुटाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रमुख दलका शीर्ष नेताहरुसँग पछिल्लो समय लगातार छलफल चलाएका थिए। न्यायपालिका १५ महिनादेखि नेतृत्वविहीन बनेको भन्दै कानुन व्यवसायीदेखि सरोकारवालाहरुले आन्दोलन चर्काउने धम्की दिन थालेपछि प्रधानमन्त्रीले प्रधान्यायाधीशमा सहमति जुटाउने भन्दै राजनीतिक छलफल थालेका थिए। 

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रारम्भिक सहमतिपछि प्रधानमन्त्री प्रचण्डले बुधबारका लागि संवैधानिक परिषद्‌को बैठक बोलाए। बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना र उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का सहभागी भए। 

बैठकमा प्रधानमन्त्री सुरुमै प्रधानन्यायाधीश नियुक्तिको १ मात्रै अजेन्डा रहेको बताए। १५ महिनादेखि न्यायालय नेतृत्वविहीन रहेकाले प्रधानन्यायाधीश नियुक्तिको विषयलाई अब लम्बाइनु उपयुक्त नहुने प्रचण्डको भनाइ थियो।  

बुधबार संवैधानिक परिषद्‌को बैठक बोलाउने सन्दर्भमा सोमबार नै ओली निवास बालकोटमा समझदारी जुटेको थियो। ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका र एमालेकै चाहनाअनुसार सर्वोच्चको न्यायाधीश बनेका हरिकृष्ण कार्की प्रधानन्यायाधीशको रोलक्रममा रहेकाले सिफारिसको निर्णयमा एमालेको ‘अवरोध’ नहुने प्रधानमन्त्रीको बुझाइ थियो। त्यहीअनुसार उनले सर्वोच्च अदालत १५ महिनादेखि नेतृत्वविहीन रहेको तथ्य उल्लेख गर्दै प्रधानन्यायाधीश नियुक्तिको सिफारिसको निर्णय गर्नुपर्ने आशयसहित प्रस्ताव राखेका थिए। 

‘आजको बैठकमा अरु अजेन्डा छैनन्। १५ महिनादेखि सर्वोच्च अदालत कामुको भरमा चलेको छ। संविधानले रिक्त हुनुभन्दा १ महिना अघि सिफारिस हुनुपर्ने भनेको रहेछ,’ बैठकमा प्रधानमन्त्रीको भनाइ थियो, ‘सर्वसहमतिले प्रधानन्यायाधीशको नाम सिफारिस गरौं। प्रधानन्यायाधीशका लागि योग्यहरुमध्ये हरिकृष्ण कार्की नै पहिलो नम्वरमा छन्। उनकै नाममा गर्नु ठिक होला।’ 

तर, ओलीले भने पहिले संसदीय समिति गठनको विषय टुंग्याउनुपर्ने अडान दोहोर्‍याएको बुधबारको संवैधानिक परिषद्‌को बैठकमा सहभागी १ सदस्यले जानकारी दिए। 

प्रधानमन्त्रीको प्रस्तावपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा आफ्नो कुरा राखेका ओलीले अहिले संवैधानिक परिषद्‌बाट सिफारिस भएपनि सुनुवाइका लागि संसदीय समिति नभएकाले समिति गठनको विषय टुंग्याइनुपर्ने बताए। 

‘अहिले संवैधानिक परिषद्‌बाट सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नबनेसम्म नियुक्ति प्रक्रिया अघि नबढ्ने भएकाले पहिले समिति गठनको विषय टुंग्याउनुपर्छ,’ ओलीले भने, ‘सिफारिस गरेर मात्र हुँदैन। सुनुवाइ पनि हुनुपर्ने संविधानको व्यवस्था भएकाले पहिला समिति निर्माणमा सहमती गरौं। हुन त प्रतिपक्ष संवैधानिक परिषद्‌को वैठकका लागि मात्र चाहिने रहेछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

एमाले अध्यक्ष ओलीले यसअघि भएको वैठकमा संसदीय समितिको विषय टुङ्गो लगाउने भनेर पनि कुरा भएको, तर उक्त कुरामा प्रधानमन्त्री तयार नरहेको भनि प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाए। 

प्रधानमन्त्री संवैधानिक परिषद्‌को अध्यक्षको रुपमा भूमिका खेल्ने भन्दा सबै दललाई मिलाउनेतिर लाग्नुपर्ने तर्क गरे। 

‘यो विषयमा २ पटकसम्म बालुवाटार र बालकोटमा शीर्ष तहमा छलफल भएको छ,’ उनले भने, ‘प्रधानन्यायाधीश सिफारिसका लागि नेकपा एमाले तयार छ। तर त्यसअघि सुनुवाइ समिति पूर्ण गरौं।’ 

अध्यक्ष ओलीले अघि–पछिका राजनीतिक नियुक्ति तथा भागबण्डामा आफ्नो पार्टीलाई उपेक्षा गरिएकोप्रति पनि असन्तुष्टि पोखे। ‘प्रमुख प्रतिपक्ष दलबारे अघि–पछि आवश्यकता नै महसुस नहुने। संवैधानिक परिषद्‌मा मात्रै सोधन हुने त होला नि?’ ओलीले असन्तुष्टि मिश्रित प्रश्न गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीले आफ्ना कुरा सुनुवाइ समितिलाई पूर्णता दिने विषयमा छलफल मोडियो। नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा बैठकमा सहभागी भएका उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र उपसभामुख इन्दिरा रानाले पनि सुनुवाइ समितिसहित संसदीय समितिलाई पूर्णता दिनेतर्फ पनि छलफल हुनुपर्न मत राखे। 

सबैले कुरा राखेपछि प्रधानमन्त्री प्रचण्डले बीचमा शीर्ष नेतृत्वको तहमा थप छलफल गरेर सहमति खोज्ने र अर्को बैठकबाट निर्णय लिने भन्दै प्रस्ताव राखे। 

अर्को बैठक कहिले? 
बुधबार संवैधानिक परिषद्‌को बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्ति सिफारिसको निर्णय अर्को बैठकबाट हुने जानकारी दिए। 

‘आज (बुधबार)को बैठकमा प्रधान्यायाधीश नियुक्तिको विषयमा नै छलफल भयो। तर कुनै निर्णय भएन। अब अर्को बैठकले निर्णय गर्ने भन्ने भएको छ,’ बैठकपछि तिमिल्सिनाले भने। 

तर अर्को बैठक तत्काल बस्ने सम्भावना छैन। राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना नै देश बाहिर (रुस भ्रमण)मा गएका कारण परिषद्‌को अर्को बैठक कहिले बस्छ भन्ने निश्चित छैन।  

रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिना नेतृत्वको ८ सदस्यीय टोली औपचारिक भ्रमणका क्रममा बुधबार बिहान रुस प्रस्थान गरेको छ। तिमिल्सिना वैशाख १२ गते मात्रै स्वदेश फर्किनेछन्।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे
सम्बन्धित सामग्री
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्