• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीश नियुक्तिको प्रस्तावमा ओलीको अडान– पहिला समिति गठन गरौं 

64x64
नेपाल लाइभ बुधबार, वैशाख ६, २०८०  १५:५२
1140x725
बुधबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्‌को बैठक

काठमाडौं– प्रधानन्यायाधीश नियुक्तिका सन्दर्भमा सहमति जुटाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रमुख दलका शीर्ष नेताहरुसँग पछिल्लो समय लगातार छलफल चलाएका थिए। न्यायपालिका १५ महिनादेखि नेतृत्वविहीन बनेको भन्दै कानुन व्यवसायीदेखि सरोकारवालाहरुले आन्दोलन चर्काउने धम्की दिन थालेपछि प्रधानमन्त्रीले प्रधान्यायाधीशमा सहमति जुटाउने भन्दै राजनीतिक छलफल थालेका थिए। 

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रारम्भिक सहमतिपछि प्रधानमन्त्री प्रचण्डले बुधबारका लागि संवैधानिक परिषद्‌को बैठक बोलाए। बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना र उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का सहभागी भए। 

बैठकमा प्रधानमन्त्री सुरुमै प्रधानन्यायाधीश नियुक्तिको १ मात्रै अजेन्डा रहेको बताए। १५ महिनादेखि न्यायालय नेतृत्वविहीन रहेकाले प्रधानन्यायाधीश नियुक्तिको विषयलाई अब लम्बाइनु उपयुक्त नहुने प्रचण्डको भनाइ थियो।  

बुधबार संवैधानिक परिषद्‌को बैठक बोलाउने सन्दर्भमा सोमबार नै ओली निवास बालकोटमा समझदारी जुटेको थियो। ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका र एमालेकै चाहनाअनुसार सर्वोच्चको न्यायाधीश बनेका हरिकृष्ण कार्की प्रधानन्यायाधीशको रोलक्रममा रहेकाले सिफारिसको निर्णयमा एमालेको ‘अवरोध’ नहुने प्रधानमन्त्रीको बुझाइ थियो। त्यहीअनुसार उनले सर्वोच्च अदालत १५ महिनादेखि नेतृत्वविहीन रहेको तथ्य उल्लेख गर्दै प्रधानन्यायाधीश नियुक्तिको सिफारिसको निर्णय गर्नुपर्ने आशयसहित प्रस्ताव राखेका थिए। 

‘आजको बैठकमा अरु अजेन्डा छैनन्। १५ महिनादेखि सर्वोच्च अदालत कामुको भरमा चलेको छ। संविधानले रिक्त हुनुभन्दा १ महिना अघि सिफारिस हुनुपर्ने भनेको रहेछ,’ बैठकमा प्रधानमन्त्रीको भनाइ थियो, ‘सर्वसहमतिले प्रधानन्यायाधीशको नाम सिफारिस गरौं। प्रधानन्यायाधीशका लागि योग्यहरुमध्ये हरिकृष्ण कार्की नै पहिलो नम्वरमा छन्। उनकै नाममा गर्नु ठिक होला।’ 

तर, ओलीले भने पहिले संसदीय समिति गठनको विषय टुंग्याउनुपर्ने अडान दोहोर्‍याएको बुधबारको संवैधानिक परिषद्‌को बैठकमा सहभागी १ सदस्यले जानकारी दिए। 

प्रधानमन्त्रीको प्रस्तावपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा आफ्नो कुरा राखेका ओलीले अहिले संवैधानिक परिषद्‌बाट सिफारिस भएपनि सुनुवाइका लागि संसदीय समिति नभएकाले समिति गठनको विषय टुंग्याइनुपर्ने बताए। 

‘अहिले संवैधानिक परिषद्‌बाट सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नबनेसम्म नियुक्ति प्रक्रिया अघि नबढ्ने भएकाले पहिले समिति गठनको विषय टुंग्याउनुपर्छ,’ ओलीले भने, ‘सिफारिस गरेर मात्र हुँदैन। सुनुवाइ पनि हुनुपर्ने संविधानको व्यवस्था भएकाले पहिला समिति निर्माणमा सहमती गरौं। हुन त प्रतिपक्ष संवैधानिक परिषद्‌को वैठकका लागि मात्र चाहिने रहेछ।’ 

Ncell 2
Ncell 2

एमाले अध्यक्ष ओलीले यसअघि भएको वैठकमा संसदीय समितिको विषय टुङ्गो लगाउने भनेर पनि कुरा भएको, तर उक्त कुरामा प्रधानमन्त्री तयार नरहेको भनि प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाए। 

प्रधानमन्त्री संवैधानिक परिषद्‌को अध्यक्षको रुपमा भूमिका खेल्ने भन्दा सबै दललाई मिलाउनेतिर लाग्नुपर्ने तर्क गरे। 

‘यो विषयमा २ पटकसम्म बालुवाटार र बालकोटमा शीर्ष तहमा छलफल भएको छ,’ उनले भने, ‘प्रधानन्यायाधीश सिफारिसका लागि नेकपा एमाले तयार छ। तर त्यसअघि सुनुवाइ समिति पूर्ण गरौं।’ 

अध्यक्ष ओलीले अघि–पछिका राजनीतिक नियुक्ति तथा भागबण्डामा आफ्नो पार्टीलाई उपेक्षा गरिएकोप्रति पनि असन्तुष्टि पोखे। ‘प्रमुख प्रतिपक्ष दलबारे अघि–पछि आवश्यकता नै महसुस नहुने। संवैधानिक परिषद्‌मा मात्रै सोधन हुने त होला नि?’ ओलीले असन्तुष्टि मिश्रित प्रश्न गरे। 

ओलीले आफ्ना कुरा सुनुवाइ समितिलाई पूर्णता दिने विषयमा छलफल मोडियो। नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा बैठकमा सहभागी भएका उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र उपसभामुख इन्दिरा रानाले पनि सुनुवाइ समितिसहित संसदीय समितिलाई पूर्णता दिनेतर्फ पनि छलफल हुनुपर्न मत राखे। 

सबैले कुरा राखेपछि प्रधानमन्त्री प्रचण्डले बीचमा शीर्ष नेतृत्वको तहमा थप छलफल गरेर सहमति खोज्ने र अर्को बैठकबाट निर्णय लिने भन्दै प्रस्ताव राखे। 

अर्को बैठक कहिले? 
बुधबार संवैधानिक परिषद्‌को बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्ति सिफारिसको निर्णय अर्को बैठकबाट हुने जानकारी दिए। 

‘आज (बुधबार)को बैठकमा प्रधान्यायाधीश नियुक्तिको विषयमा नै छलफल भयो। तर कुनै निर्णय भएन। अब अर्को बैठकले निर्णय गर्ने भन्ने भएको छ,’ बैठकपछि तिमिल्सिनाले भने। 

तर अर्को बैठक तत्काल बस्ने सम्भावना छैन। राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना नै देश बाहिर (रुस भ्रमण)मा गएका कारण परिषद्‌को अर्को बैठक कहिले बस्छ भन्ने निश्चित छैन।  

रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिना नेतृत्वको ८ सदस्यीय टोली औपचारिक भ्रमणका क्रममा बुधबार बिहान रुस प्रस्थान गरेको छ। तिमिल्सिना वैशाख १२ गते मात्रै स्वदेश फर्किनेछन्।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल
सम्बन्धित सामग्री
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै त्यस्तै सहमहामन्त्रीहरूमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला... बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल नयाँ शक्तिको नाममा कानुनी राज्यलाई चुनौती दिन नमिल्ने बताउँदै उनले स्वतन्त्र पार्टीलेसमेत यस निर्णयको विरोध गर्न सक्नुपर्ने विचार व्... बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा नेताहरूका अनुसार, अब यो टोली आफ्नो आधिकारिकता खोज्दै निर्वाचन आयोग जाँदैछ । सभापति चुनिएलगत्तै गगनले भनेका छन्, ‘आयोग कसैको प्रभावमा... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्