ललितपुर- कथा लेखनमा नारी स्रष्टाहरुको सहभागिता वृद्धि गर्ने उद्देश्यले कथावाचन तथा अन्तरक्रियाको आयोजना गरिएको छ।
नेपालभाषा परिषदको आयोजनामा ललितपुरमा भएको सो कार्यक्रममा नयाँ तथा पुराना पुस्ताका १० नारी स्रष्टाले कथा वाचन गरे। कार्यक्रममा मोतिलक्ष्मी शाक्य, मनदेवी तण्डुकार, रेवती राजभण्डारी, निजिरोस न्याछ्यों, सरस्वती तुलाधर, रेणु श्रेष्ठ, मीना बज्राचार्य, अमिरमैयाँ रञ्जित र नलि बज्राचार्यले नारी समस्यामाथि केन्द्रित समसामयिक कथा वाचन गरेका थिए।
गोष्ठीमा प्रमुख अतिथि कथाकार जलेश्वरी श्रेष्ठले नारी स्रष्टाहरु कथा लेखनमा सक्षम छन् भन्दै आफ्ना कुरालाई सिर्जनामार्फत अझ जोडदार रुपले भन्नुपर्ने बताए। परिषदका सचिव तथा कथाकार धु्व मधिकर्मीले गोष्ठी तथा अन्तरक्रिया जस्ता कार्यले लेखनलाई सबल बनाउन र समयसापेक्ष बनाउन मद्दत पुग्ने बताए।
परिषद्का अध्यक्ष प्रा सुवर्ण शाक्यको सभापतित्वमा भएको सो गोष्ठीमा कवि नवीन चित्रकार, पुष्परत्न तुलाधर, निर्मल बज्राचार्य र भवानी तुलाधर लगायतले कथा साहित्यमाथि आफ्नाो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।