Samsung Content Block AD - AI Samsung Content Block AD - AI
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, वैशाख ३०, २०८२ Tue, May 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सर्वोच्च र भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा महालेखाले उठायो प्रश्न 
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १, २०८०  १३:२२
1140x725

काठमाडौं– सर्वोच्च अदालतको भवन निर्माण र त्यसमा भइरहेको कार्यप्रगतिबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।  महालेखाले आफ्नो ६०औं प्रतिवेदनमा सर्वोच्चसँगै भक्तपुर जिल्ला अदालतको भवन निर्माणको भेरियसन र अन्य कार्य नियमसम्मत नदेखिएको जनाएको  छ। 

‘सर्वोच्च अदालतको भवन निर्माण गर्न ५ अर्ब ८७ करोड ६ लाख कबोल गर्ने एक संयुक्त उपक्रमसँग ३ वर्षभित्र सम्पन्न गर्ने गरी २०७७ चैत १९ मा सम्झौता भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘भवन निर्माण कार्यमा २०७९ असार मसान्तसम्म १ अर्ब ७३ करोड ९१ लाख भुक्तानी भएको देखिन्छ।’ 

महालेखाले भवन निर्माणको प्रगति विवरणमा पनि प्रश्न उठाएको छ। ‘निर्माण व्यवसायीले पेस गरेको कार्यतालिकाअनुसार २०७९ असार मसान्तसम्म भौतिक प्रगति ३६.५ प्रतिशत र वित्तीय प्रगति ३० प्रतिशत हुनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर प्रगति क्रमशः ३३.५ र ३० प्रतिशत भएको देखिँदा कार्यतालिकाअनुसार निर्माण कार्य सम्पन्न गर्नुपर्ने देखिएको छ।’ 

त्यसैगरी भक्तपुर जिल्ला अदालतको २ तला बेसमेन्टसहितको ७ तले अत्याधुनिक कार्यालय भवन निर्माण कार्यको लागि २४ महिनामा कार्य सम्पन्न गर्ने गरी एक संयुक्त उपक्रमसँग २०७७ असोज १६ मा सम्झौता भएको थियो। उक्त कम्पनीसँग मूल्य अभिवृद्धि करबाहेक १ अर्ब २१ करोड ५ लाख ३४ हजारको सम्झौता भएकोमा दशौं रनिङ बिलसम्मको मूल्य अभिवृद्धि कर र मूल्य समायोजनबाहेक ८४ करोड १९ लाख ९ हजार भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ।

यो पनि पढ्नुहोस

सर्वोच्चको भवन निर्माणमा सेटिङ : चोलेन्द्रले दिएको ठेक्का छानबिन गर्न कस्सिए कामु प्रधानन्यायाधीश

‘यो वर्षान्तसम्म ठेक्काको ८९.५ प्रतिशत अवधि सकिएको अवस्थामा वित्तीय प्रगति ६९.५५ प्रतिशत र भौतिक प्रगति ७४.५ प्रतिशत रहेको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘हाल भवनको संरचना तयार भइसकेको भए तापनि टायल मार्बल इन्स्टलेसन, स्काइलाइट, आल्मुनियम सटर, ल्याण्डस्केप र इन्टेरियरलगायतका कार्य बाँकी देखिएको छ।’

Ncell 2
Ncell 2

त्यस्तै महालेखाले भवन निर्माणको भेरियसनमा पनि प्रश्न उठाएको छ।  ‘सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११८ मा खरिद सम्झौता गर्दाका बखत पूर्वानुमान गर्न नसकिएको परिस्थिति सो सम्झौता कार्यान्वयनको क्रममा सिर्जना भइ ऐनको दफा ५४ बमोजिम सार्वजनिक निकायले नियमावलीको प्रक्रिया पूरा गरी भेरिएसन आदेश जारी गर्नुपर्ने व्यवस्था छ,’ प्रतिवेदनमा भनिएको छ। 

भक्तपुर जिल्ला अदालतले भवन निर्माणस्थलमा बोरिङबाट पानी नआएको हुँदा पानी शुद्धीकरण प्रणाली आवश्यक नभएकोले सो कार्य हटाइ इलेक्ट्रिक, आल्मुनियम र प्लाइउड पार्टिसनलगायतका काम थप गरी लागत अनुमानभन्दा ०.९९ प्रतिशत र सम्झौता रकमभन्दा ०.९७ प्रतिशत कम हुने गरी संशोधित लागत अनुमान १ अर्ब ३५ करोड ४६ लाख ५५ हजार र संशोधित सम्झौता १ अर्ब ३५ करोड ३५ लाख ८७ हजार कायम हुने गरी २०७९ असार २४ गते भेरिएसन स्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ। 

पूर्वानुमान गर्न सकिने इलेक्ट्रिक, आल्मुनियम र प्लाइउड पार्टिसनलगायतका काम थप गरी भेरिएसन गरेको नियमसम्मत नदेखिएको प्रतिवेदनमा उल्लेख छ। सर्वोच्च अदालतको भवन निर्माणमा मिलेमतो गरी करिब १ अर्ब हिनामिना भएको खुलासा नेपाल लाइभले गरेको थियो। उक्त भवन निर्माणका लागि सेटिङमै समानान्तर–कालिका जेभीलाई ठेक्का दिइएको थियो। 

२०७५ पुस १८ गते प्रधानन्यायाधीश भएका चोलेन्द्रशमशेर राणाले भवन निर्माणको ठेक्का सुरु गरेका थिए।  उनले नेतृत्व गरेर २०७७ पुस ६ गते गोरखापत्रमा बोलपत्र प्रकाशित भएको थियो। उक्त सूचनामा अन्तराष्ट्रिय जोइन्ट भेन्चरसँग ४ अर्ब रुपैयाँ बराबरको भवन निर्माण गरेको कम्पनी हुनुपर्ने सर्त राखिएको थियो।  

तर, राणाले उक्त ठेक्कामा चलखेल गर्दै १ अर्बभन्दा धेरै महङ्गो पर्ने गरी ठेक्का दिए। सर्वोच्चले २०७७ पुस ६ गते नयाँ भवनको लागि निकालेको ठेक्का सर्त नै शंकास्पद थिए।  सर्वोच्चको नयाँ भवन बनाउने कम्पनीले न्यूनतम ४ अर्ब २० करोड रुपैयाँ लागतका दुई वटा भवनमा ‘डबल बेसमेन्ट’ को काम गरेको अनुभव हुनुपर्ने भनिएको थियो। तत्कालीन समयमा यही लागतको नजिक रहेर कबोल गर्नेलाई ठेक्का दिने सर्वोच्चको तयारी थियो। तर समानान्तरले ५ अर्ब ८७ करोड ६ लाख कबोल गर्दै सोही रकममा ठेक्का पाएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा
सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
सम्बन्धित सामग्री
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा मङ्गलबार पार्टी केन्द्रीय  कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचा... मंगलबार, वैशाख ३०, २०८२
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार स... मंगलबार, वैशाख ३०, २०८२
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी मंगलबार प्राधिकरणले सूचना जारी गर्दै  प्रशासकीय पुनरावेदन गर्न उद्योगहरूलाई जेठ मसान्तसम्मको समय दिएको छ । मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा मंगलबार, वैशाख ३०, २०८२
सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर मंगलबार, वैशाख ३०, २०८२
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा मंगलबार, वैशाख ३०, २०८२
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने मंगलबार, वैशाख ३०, २०८२
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
महिला टी–२० एसिया क्वालिफायर M हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्