• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
उद्योग वाणिज्य महासंघ निर्वाचन

वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ समूह भन्छ- संकटमा परेको अर्थतन्त्र उकास्न नेतृत्वमा हाम्रो दाबी

64x64
नेपाल लाइभ बुधबार, चैत २२, २०७९  २०:१५
1140x725

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै व्यवसायी अन्जन श्रेष्ठले आफूहरुले संकटको घडीमा नेतृत्व दाबी गरेको बताएका छन्। मुलुकमा चरम आर्थिक संकट रहेको र त्यसले मुलुकको समग्र क्षेत्रमा संकट सिर्जना गरेकोले त्यसलाई चिर्न आफूहरुले महासंघको नयाँ नेतृत्वको लागि दाबी गरेको श्रेष्ठले जनाएका छन्।

चैत २८ र २९ गते काठमाडौंमा हुन गइरहेको महासंघको ५७औँ साधरण सभाबाट वरिष्ठ उपाध्यक्ष सहितको नयाँ नेतृत्व निर्वाचनमार्फत चयन हुँदैछ। यसका लागि श्रेष्ठसहित ३ जना छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। 

मंगलबार उम्मेदवारी दर्ता गराएका श्रेष्ठले बुधबार आफ्नो समूहको घोषणापत्र सार्वजनिक गर्दै आफूहरु मौजुदा आर्थिक संकटको जानकार रहेको र त्यसलाई समाधान गर्न आसन्न नेतृत्वमा आफूहरुको दाबी रहेको बताएका छन्। 

‘जिवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र’ नारासहित नयाँ नेतृत्वको दौडमा रहेका श्रेष्ठले भने, ‘अर्थतन्त्रमा देखिएको समस्याले व्यवसायी पीडाको घडीमा छन्। यस्तो अवस्थामा सबल नेतृत्व चाहिएको छ। सफल नेतृत्वको परीक्षण संकटको घडीमा हुन्छ। यो संकटको घडीमा निजी क्षेत्रलाई अघि बढाउन मेरो नेतृत्वका समूह सबल र सक्षम रहने प्रतिबद्धता जनाउँछु।’

श्रेष्ठले अहिलेको परिस्थितिमा अर्थतन्त्रमा तीन किसिमका समस्या रहेको उल्लेख गरेका छन्। बैंकले निर्धारण गरेको ब्याजदर, लगानीयोग्य पुँजीको अभाव र तरलताको समस्या नै अर्थतन्त्रको प्रमुख समस्या रहेको उनले बताएका छन्। यस्तो अवस्थामा सरकारले आवश्यक पहलकदमी लिन चुकेकाले संकटहरु बढ्दै गएको श्रेष्ठको आकलन छ। 

‘हामी पीडामा छौँ। सरकार समस्यमा छ। रोजगारी घट्दै गएको अवस्था छ। सरकारसँग पैसा पनि छैन। यो चुनौती पूर्ण अवस्था हो,’ श्रेष्ठले भने, ‘यस्तो अवस्थामा सरकारलाई लगानी बढाउन र पुँजी निर्माणमा सहयोग गर्नुपर्छ। तरलता समस्या घटाउनुछ। ब्याजदर घटाउनुछ त्यसका लागि हामी निर्वाचित हुनुपर्छ।’

श्रेष्ठले आसन्न नेतृत्वका लागि आफ्नो वाचापत्रमा स्थानीय उत्पादनको प्रवर्द्धन र औद्योगिक विकासका लागि महासंघले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने जनाएका छन्। 

‘स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नेमा हाम्रो जोड हुन्छ। नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी छ। हामी निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेरसँगै अगाडि बढ्ने वाचा गर्छौँ। महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउनेमा हामी वाचा गर्छौँ,’ आफ्नो वाचापत्र सार्वजनिक गर्दै श्रेष्ठले भने, ‘हाम्रो टिमले सह-भावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धत रहनेछ।’

nimb
nimb
Ncell 2
Ncell 2

श्रेष्ठ शेखर गोल्छा नेतृत्वको महासंघको वर्तमान कमिटीमा वस्तुगततर्फका उपाध्यक्ष रहेका छन्। श्रेष्ठ त्यसअघि महासंघको एसोसिएटतर्फ ३ कार्यकाल केन्द्रीय समितिमा थिए। र, यसअघि एक कार्यकाल वस्तुगततर्फकै केन्द्रीय उपाध्यक्ष रहिसकेका छन्।  

चेम्बर आन्दोलनमा करिब २ दशक बिताएका श्रेष्ठले आर्थिक क्षेत्र उत्थानका लागि राज्यको सहयोग नभएको आक्रोश व्यक्त गरेका छन्। 

आफ्नो उम्मेदवारी घोषणा गर्नुपूर्व उनी नेतृत्वको समूहले देश दौडाहा गरेको थियो। 

‘लथालिङ्ग अर्थतन्त्र र समाधानका उपाय’ शीर्षकमा छलफल चलाउँदै हिँडेको श्रेष्ठ समूहले आफूले अर्थतन्त्रको तल्लै तहबाट समस्या बुझेकोले सबै उद्योगी तथा व्यवासयीहरुको भावनालाई प्रतिनिधित्व गर्दै नेतृत्वमा आफू अब्बल रहेको दाबी गरेको छ। 

श्रेष्ठको समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधानले उम्मेदवारी दिएका छन्। त्यस्तै, जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी र एसोसिएटतर्फ भरतराज आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। आचार्य भने वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी उमेशलाल श्रेष्ठ समूहका पनि एसोसिएटतर्फका उपाध्यक्ष उम्मेदवार हुन्। उनी दुई वटै समूहका साझा उम्मेदवार बनेका छन्। 

वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा उत्रिँदैछन्।  

जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार सुमार्गीले भने तीनै तहका सरकारसँग महासंघ समन्वय गरेर काम गर्न चाहेको बताएका छन्। संघीयतापछि बनेका सरकारका कतिपय नीतिहरुले व्यवसायीहरु निरुत्साही रहेको भन्दै महासंघको आसन्न नेतृत्वमा आफ्नो समूह जिते त्यसलाई कम गराउन भूमिका खेल्ने सुमार्गीले बताएका छन्। 

‘नगर र जिल्ला इकाइहरुलाई महासंघको केन्द्रसँग जोड्दै तीनै तहको सरकारसँग सहकार्य गर्नेमा हाम्रो जोड रहन्छ,’ उनले भने, ‘संघियता कार्यन्व्यन गर्दै गर्दा सरकार र व्यवसायीबीच नीतिगत कुरामा अस्पष्टताहरु देखा परेका छन्। त्यसलाई न्यूनीकरण गर्नमा हाम्रो ध्यान केन्द्रित हुनेछ।’

यस्तै, वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार प्रधानले बैंक र सरकारको उदासिनताले साना तथा मझौला व्यवसायीहरु संकटमा परेको आरोप लगाएका छन्। यस्तो अवस्थामा महासंघले खेल्नुपर्ने भूमिका कमजोर भएकोले आफूहरु नेतृत्वमा पुगे त्यसमा राज्यलाई दबाब बढाउने प्रधानले दाबी गरेका छन्। 

‘अहिले ब्याजदर आकासिएको छ। नीतिगत समस्या जहाँको तहीँ छ। सरकार कानमा तेल हालेर बसेको छ। व्यवसायीहरू एकजुट भएर दबाब बढाउनु पर्नेछ,’ उनले भने, ‘यस्तो अवस्थामा महसंघको साख खच्किएको अनुभव भएको छ। साना तथा मझौला उद्योगको जडीपीमा २२ प्रतिशत येगदान छ। तर अहिले अवस्था नाजुक छ। यस्तो अवस्था हामी निर्वाचित भए राज्यलाई घच्घच्याउने र हाम्रा पक्षमा काम गराउन बाध्य बनाउनेछौँ।’

यस्तै, एसोसिएटतर्फका उपाध्यक्ष उम्मेदवार आचार्यले नेपालमा वस्तु उत्पादन गर्दा लागत बढ्दै गएको र नीति तथा कानुनहरु उद्योगमैत्री नरहेकाले आफू निर्वाचित भए उक्त विषयमा काम गर्ने बताएका छन्। 

‘अहिले हाम्रो उद्योगहरुमा वस्तु उत्पादन गर्दा लागत बढिरहेको छ। त्यसको पछि हाम्रा विद्यमान ऐन तथा नीतिहरु रहेका छन्। हाम्रो आर्थिक नीति, वाणिज्य नीति तथा करका नीति उद्योगमैत्री छैनन्। त्यसले न लगानी गर्न सकिने अवस्था छ न रोजगारी नै उत्पादन गर्न सक्छ,’ उनले भने, ‘तत् विषयमा हाम्रो ध्यान केन्द्रित रहनेछ। सरकारलाई दबाब बढाउने र उद्योगमैत्री नीतिहरु निर्माण गर्नमा हाम्रो जोड रहनेछ।’

यस्तै, नेपाल अटो व्यवसायी संघका अध्यक्ष ध्रुव थापाले अन्जन श्रेष्ठ महासंघको नेतृत्वका लागि सक्षम र सबल नेतृत्व रहेको दाबी गरेका छन्। श्रेष्ठको समूहलाई शुभकामना दिँदै थापाले उक्त दाबी गरेका हुन्। 

‘महासंघको लागि अन्जन श्रेष्ठको समूह सक्षम नेतृत्व हो। सबल नेतृत्व हो। यो समूह समावेशी पनि छ,’ उनले भने, ‘अहिलेको परिस्थिति तल्लो तहबाट बुझेको मान्छे आवश्यक छ। यस्तो अवस्थामा उहाँको चयन भनेको अहिलेको अवस्थालाई उकास्नलाई हो‌।’

यस्तै, महासंघका पूर्वअध्यक्ष आन्नदराज मुल्मीले श्रेष्ठ नेतृत्वको समूहले अर्थतन्त्रमा देखिएको विद्यमान समस्यालाई चिर्न सक्ने बताएका छन्। उक्त समूहलाई शुभकामना दिँदै मुल्मीले उक्त दाबी गरेका हुन्। 

‘यो मुलुकले चाहेको जिवन्त र चलयामान अर्थतन्त्र हो। तर अर्थतन्त्र भित्रको समस्याले व्यवसाय क्षेत्र र सिङ्गो नेपाल छट्पटाएको छ। यो स्थिति विकासको वाधक हो। यस्ता समस्याका चङ्कहरू बढ्दै गएका छन्। यस्तो अवस्थामा समृद्धिकी नारालाई पुनर्मूल्यांकन जरूरी छ। यो चुनौती अहिलोको मात्र हैन विगतदेखि नै चुनौती थपिदै गएको हो,’ मुल्मीले भने, ‘अब आउने नेतृत्वको काम भनेको यो चुनौतीको चाङलाई भत्काउनु छ। त्यो चुनौतीलाई चिर्न यो समूहले सक्छ भन्ने मेरो विश्वास छ।’ 

श्रेष्ठ समूहको घोषण सभामा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी लगायत अन्य पूर्व तथा वर्तमान पदाधिकारीहरुको समर्थन उपस्थिति जनाएका थिए।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
सम्बन्धित सामग्री
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्... शुक्रबार, जेठ २२, २०८३
१३ अङ्कले घट्यो सेयर बजार सो कमीपछि नेप्से परिसूचक २७६६ अंकमा कायम भएको छ । साढे १२ बजेपछि बजारले आज ओरालो गति लियो । बिहीबार, जेठ २१, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा दुई सय रुपैयाँले घटेर ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार, जेठ २१, २०८३
ताजा समाचारसबै
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
‘कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ’ : मुख्यमन्त्री कँडेल शुक्रबार, जेठ २२, २०८३
पुटिनलाई व्यंग्यात्मक पत्र लेख्दै जेलेन्स्कीले गरे प्रत्यक्ष भेटघाटको आह्वान शुक्रबार, जेठ २२, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्