काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको छ ।
त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।
आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले मूल्य समायोजन गर्दा यसपटक मूल्य घटेको हो ।
नयाँ मूल्य समायोजनअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।