• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तकोशी डुबानको एक दशक, पीडितले राहत पाउनु 'अाकाशकाे फल' बराबर

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०७५  ००:३०
1140x725

इटहरी- सप्तकोशीको उच्चबाध फुटेको एक दशक पुरा भएको छ। ०६५ भाद्र २ गते आएको बाढीका कारण सुनसरीका ७ हजार ५ सय ६३ घरपरिवार प्रभावित भएका थिए। डुबानमा परेको तीन हजार ६ सय बिघा जग्गा अझैसम्म पनि बाँझो अवस्थामा नै छ।

कोशीमा आएको बाढीका कारण उर्वरभूमि खण्डहरमा परिणत भएको स्थानमा भर्खरै मात्र झार उम्रन सुरु भएको छ। झट्ट हेर्दा समुन्द्रको किनार वा मरुभूमि जस्तो देखिने कोशी डुबान क्षेत्रमा अन्न बाली उब्जाउनका लागि कुनै काम हुन सकेको छैन। दश वर्ष अगाडि सुनसरीकै सबैभन्दा उर्वर भूमि मानिएको सो स्थानमा सरकारले जग्गा लेवलिङ गरेर कृषियोग्य जमिन बनाउने बताए पनि बालुवा निकाल्ने कामसमेत हुन सकेको छैन। 

बाढीपीडित कासीबद्री आलमको १० बिघा जग्गामा अहिले बालुवा थुप्रीएपछि पनि उनी सोही सोही स्थानमा बस्दै आएका छन्। २० जनाको परिवार सहितका आलम विदेशिएका तीन छोराकै भरमा परिवार चलेको बताउँछन्।

माेहम्मद पराजुलको पनि अवस्था उस्तै छ। उनको चार बिघा जग्गामा पनि बालुवानै भरीएको छ। 'पर्बल उत्पादन हुन छाडेपछि भारत गएर मजदुरी गर्ने योजनामा छुु', उनले भने।

खेतीयोग्य जमिन नाश भएपछि गाउँका युवा बिदेशीने क्रम बढेको छ। धेरै जसो युवाहरू भारतको विभिन्न स्थानमा रोजीरोटीको खोजीमा गएका छन्।

बाढी आएसँगै फैलिएको महामारीमा १ सय भन्दा बढीले ज्यान गुमाएका थिए भने ३ सय भन्दा बढी परिवार भारततर्फ विस्थापित भएका थिए।

अहिले पनि बाढी आएको हल्लाले कोशी किनारका बासिन्दा त्रसित हुने गरेका छन्। पुनः कटान गर्ने डरले घर छाडेर डेरामा बस्दै आएको महम्मद दबीर आलम कोसीले बताए। उनी वर्षायामको चार महिना नजिकैको सहर इनरुवामा भाडामा बस्नु परेको उल्लेख गरे। मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका उनी कोशी बाढीकै कारण आफूले पढ्न नपाएकोमा उनले दुखेसो पोखे।

Ncell 2
Ncell 2
nimb
nimb

कोसी डुबानबाट तीन हजार ६ सय बिघा जमिनको बालीनाली नष्ट भएको थियो। त्यसमध्ये १ हजार ८ सय बिघा बापतको क्षतिपूर्ति वितरण भइसकेको छ। भने बाँकी १ हजार ८ सय बिघाको लागि २०६६ साउन २० को मन्त्रिपरिषदको बैठकले दुई बाली बापतको क्षतिपूर्ति रकम दिने निर्णय गरेको थियो। तर उक्त रकम अझैसम्म पीडितसमक्ष पुग्न सकेको छैन।

तत्कालीन सरकारले कोशी पीडितको नाममा १ अर्ब ६६ करोड रकम निकासा गरेको थियो। बाढीबाट विस्थापित भएका परिवारको घर बनाउन ३ हजार तीन सय ६० परिवारलाई काठ उपलब्ध गराउने भनिए पनि १ हजार ७ सय परिवारले मात्र काठ पाएको कोसी बाढी पीडित सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलको भनाइ छ। ३ हजार ६ सय बिघा जग्गाको मुआब्जा पाउनुपर्नेमा २२ बिघाको मात्र मुआब्जा वितरण भएको र बाँकी १ हजार ४ सय बिघाको लागि छुट्ट्याइएको ४० करोड रुपैयाँ सुनसरी जिल्ला प्रशासनमा थन्किएर बसेको मण्डलको भनाइ छ।

उता बाँकी रकम भइपरी आउने समस्याको लागि छुट्याइएकोले सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमप्रसाद उप्रेतीले बताए। सो रकम पुराना बाढी पीडितलाई दिन नमिल्ने उनको भनाइ छ।

'कोशी तटबन्धको रक्षा गर्न भारतीय पक्षले विराटनगरमा एक कार्यालय खडा गरेको थियो तर उक्त कार्यालयले हिउँदको समयमा बोरामा बालुवा बाहेक केही गर्न सकेको छैन।', मण्डलले भने,'नदीले बगाएर ल्याएको बाढीको कारण नदीको सतह माथि सर्दै आइरहेको छ। तर, भारतीय पक्षले त्यसलाई कुनै वास्ता गरेको छैन। कोशीले जतीबेला पनि धार परिवर्तन गर्न सक्छ।’

बालुवाको ढिस्कोमा छाप्रो हालेर बसेका तीन सय उराउ परिवारको बस्ती मासेर सडक निर्माण गर्ने स्थानीय सरकारको निर्णयले सो बस्ती झन् खतरामा परेको छ । बाढी पीडित १ हजार ४ सय २२ घर दलित परिवारलाई नमुना बस्ती निर्माण गरी राख्ने सरकारी योजना भए पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन।

पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले कोशी बाढी पीडितलाई राहत र पुनस्थापन गर्ने प्रतिवद्धता गरेको थियो।

बाढी पीडितको नाममा गरिएको सम्झौता कार्यन्वयन गरी बाकी राहत उपलब्ध गराउनु पर्ने उनीहरूले माग गरेका छन्। साथै भाद्र २ गते लाई विगतमा जस्तै कालो दिनको रूपमा मनाइने अध्यक्ष मण्डलले बताए।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्