काठमाडौं– केपी ओली नेतृत्वको सरकारले आइतबार ६ महिना पूरा गर्दा मन्त्रीहरुमध्ये परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तुलनात्मक रुपमा सफल देखिएका छन्। कुटनीतिमा सरकार केही हदसम्म सफल छ।
विगतमा सरकारले छिमेकी देशसँग ढल्किएको आरोप लाग्नेमा यसपटक त्यो आरोप सरकारले खेप्नुपरेको छैन। दुवै छिमेकीसँग हालसम्म सरकारले सन्तुलित सम्बन्ध राख्न सकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमण थोरै भएपनि उपलब्धिमुलक नै रहे।
नेपालस्थित संयुक्त राष्ट्रसंघको राजनीतिक कार्यालय तथा विराटनगरस्थित भारतीय दुतावासको फिल्ड अफिस बन्द गराउन सक्नु सरकारको अर्काे कुटनीतिक सफलता हो।
भारत र मलेसियाका लागि राजदुत नियुक्तीले भने परराष्ट्रमन्त्री अफ्ठेरोमा परेका छन्। गत ३१ असारमा आयोजित्र पत्रकार सम्मेलनमा उनले भारतका लागि डा नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई नियुक्त गरेको सार्वजनिक गरे। जून निर्णय विवादका कारण प्रमाणीकरण हुन सकेको छैन।
साथै राजदूत नियुक्तिसम्बन्धि मापदण्ड बनाएपनि त्यसमा कार्यान्वायनमा उनी सफल हुन सकेको छैनन्। राजदूत नियुक्तिसम्बन्धि मापदण्डमा रिक्त हुनुभन्दा तीन महिना पहिले नै नियुक्ति प्रक्रिया सुरु गर्ने उल्लेख छ। तर, त्यो कार्यान्वायन हुन सकेको छैन। त्यस्तै कुटनीतिक आचारसंहिताको पालनामा मन्त्रीले सक्रियता देखाउन सकेका छैनन्। मन्त्रालयभित्रको सुधार हुन सकेको छैन। मन्त्रालयमा क्षमताको आधारमा सोर्सफोर्सकै आधारमा पोष्टिङ हुने गरेको छ।
समग्रमा भने सरकारका मन्त्रीहरुमध्ये ज्ञवालीले राम्रो काम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।