• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘खरको छानो आगोले टिपेको पत्तै नहुने’

64x64
रासस मंगलबार, फागुन २३, २०७९  २०:१५
1140x725

पाँचथर– तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो। हातपाउ लाग्न छोडेका घिसिङका बाबुबाजेको सारा जीवन पनि यही ठाउँमा बितेको थियो। विसं २००१ असार १५ मा जन्मिएका घिसिङले सुनेअनुसार उनका बाबुबाजेको जीवन पनि यही ठाउँमा बितेको थियो। आफ्नो उत्पादनले खान नपुगे पनि हात्तीखर्कमै घिसिङका शाखा सन्तानले यहीँ गुजारा गरिरहेका थिए।

तर ८० वर्षको उमेरमा घिसिङ घरबारविहीन हुनुपरेको छ। आगलागीले घिसिङको टोलका १४ घर एकैसाथ खरानी बनाएको छ। आँखैअघि सारा गाउँ खरानी हुँदा घिसिङलाई सपनाजस्तै लागेको छ। ‘बाबु बाजेबाट न यस्तो विपत्ति सुनेको थिएँ, न यो जीवनले भोगकै थियो’, घिसिङ स्वयं आश्चार्यमा छन्। तर लौरोको सहारामा जीवन कटाउनुपर्ने बेलामा उनीसँग न घर नै रह्यो न सम्पत्ति।

यही फागुन १२ गते नजिकैको खैरेनी निबुटार सामुदायिक वनमा लागेको आगो हात्तीखर्कको बस्तीमा सल्कियो। हुन त हात्तीखर्कमा यत्रो जङ्गल थिएन। यहाँका कयौं स्थानीयवासी सहज जीवनयापनको अपेक्षामा बसाइँ सरेर गएपछि बस्ती नै जंगलमा परिणत भएको थियो। घिसिङकै दुई जना भाइका परिवार पनि यहाँबाट बसाइँ सरेर झापा गइसकेका छन्। सुक्खाले प्रभावित यस स्थानको जङ्गल वर्षा नहुँदा अत्यधिक सुक्खा बनेको थियो। 

तमोर नदीको तटबाट लागेको आगो यसरी मडारिएर आयो कि हरिया रुखहरू नै आधाआधी जले। आगो लागेपछि हुरीबतास उत्तिकै चल्यो। आगोको लप्का जंगल नजिकैका घरसम्म पुग्यो । ठूल्ठुला टारका बीचमा रहेका घरमा आगोले सल्किएका रुखका पातहरू पुगे। क्षणभर मै हात्तीखर्क उजाडियो। जंगलबाट चार सय मिटर टाढासम्मका घरमा आगो लाग्यो।

घरबारविहीन भएपछि लौरो टेकेर राहत सामग्री बुझिरहेका घिसिङका लागि यो घटना एक आश्चर्यजनक लागिरहेको छ। ‘जिजुबाजेदेखि बसेको घरमै म बसिरहेको थिएँ। यस्तो अवस्था मैले कहिल्यै सोचेको थिइनँ’, उनले भने। यसपालि आगो लाग्नु स्वाभाविक भए पनि आगलागीले यो हदको क्षति गर्ला भन्ने कसैको कल्पनासमेत थिएन। ‘यो ठाउँ नै औल हो। पहिले निकै पानी पथ्र्यो। भदौदेखि पानीको छिटा देखेको छैन। झिल्को बल्नासाथ सबै सल्कियो’, घिसिङले भने। 

पहिले यहाँको बस्ती बाक्लो थियो। अहिले आगलागी भई जलेका १४ मध्ये पाँच घर खाली थिए। वयोवृद्ध घिसिङ गाउँका आधाजस्तो बसाइँ सरेर गएको बताउँछन्। ‘तर, आफ्नै घर गएपछि सबै सकियो नि !’, निराश र हतास हुँदै उनले भने। 

वयोवृद्ध घिसिङको मात्रै होइन, घर जलेपछि मायादेवी तामाङको दुःख झनै पीडादायी छ। मायाका श्रीमान् मानसिक समस्याका कारण थलिएको लामो समय भयो। जंगलको आगोले ठूलो क्षति गर्ला कि भन्ने चिन्ताले मायाको मन पिरोलिरहेको थियो। क्षणभरमा घर नजिकै डाँडामा आगो आइपुग्यो। हेर्दाहेर्दै उनका दुई वटा घर जले।

‘सरसामान, लुगाफाटो केही निकाल्न पाइनँ। श्रीमान्‌को उपचार गर्न पैसा ठिक्क पारेकी थिएँ’, आँसु मिश्रित आवाजमा उनले भनिन्, ‘छोरीको भर्खर बिहे गरेका थियौं, विवाहको पैसा पनि घरमै थियो। त्यो केही बाँकी रहेन।’

Ncell 2
Ncell 2
nimb
nimb

मायाको घरमा रहेको एक लाख ५० हजारभन्दा बढी नगद आगलागीमा जलेको छ। मानसिक समस्या भएका श्रीमान्‌लाई दिइराख्ने औषधि र औषधि खरिद गर्ने रकम जलेपछि अब के गर्ने भन्ने मायादेवीसँग कुनै विकल्प छैन।

सोही स्थानकी जुनुमाया घिसिङले हलगोरु बाहेक घरको कुनै सामग्री निकाल्न पाइनन्। ‘दशै मिनेटमा घर जलेको। घर–घर छुट्टयाई छुट्टयाई जले’, घिसिङले भने, ‘हामी त बर्बादै भयौं नि !’

गायक उदीतनारायण झाको स्वरको गीतको एक हरफ निकै चर्चित छ –

दुःखीलाई कहिलेकाँही भुल्दा रैछन् देउता पनि
भन्दथे जसले मलाई भाग्यमानी, दिएनन् साथ दुई पाइला पनि ...।

हात्तीखर्कको उजाडिएको बस्तीका सबैलाई यो गीत सायदै उपयुक्त लाग्ला। हुन पनि आफ्नो उत्पादनले आधा वर्ष खान नपुग्ने परिवारहरूको वासस्थान र श्रीसम्पत्ति क्षणभरमै उजाडिएको छ।

तर हात्तीखर्क मात्रै होइन, पूर्वी पहाडको तमोर तटीय क्षेत्रका सबै नागरिकको साझा समस्या आगलागी हो। वर्षा कम हुँदै जाँदा वर्षको कम्तीमा छ महिना यस क्षेत्रमा पानी पर्न छाडेको छ। यस क्षेत्रमा हिउँदको समयमा वर्षा हुन छाडेको लामो समय भइसक्यो। जसका कारण सुक्खा बनेको वन जङ्गलमा झिल्को बल्नासाथ सिङ्गो जङ्गल नै आगोको ज्वालामा परिणत हुनेछ। यी स्थानमा न अग्निरेखा निर्माण गरिएका छन् न पोखरी/प्लास्टिक पोखरी निर्माण गर्ने प्रयास नै।

अर्कातर्फ जङ्गलछेउका बस्तीमा खर (फुस)को छानो लगाउने गरिएको छ। खरको छानो भएकै कारण यस क्षेत्रका १४ घर एकैसाथ जलेका हुन्। हात्तीखर्कमा जस्तापाता लगाएको घर जस्ताको तस्तै देख्न सकिन्छ भने खरको छानो भएका घर जलेका छन्।

सुक्खा बनेको छानोमा एक झिल्को पर्नासाथ ह्वारह्वारी आगो दन्किएको आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बाँस्कोटाको भनाइ छ। ‘पाँच वटा घर जलिसक्दा म त्यहाँ (हात्तीखर्क) पुगेको थिएँ। देख्दादेख्दै सबै घर जले’, बाँस्कोटाले भने, ‘हामीसँग आगो नियन्त्रण गर्ने कुनै उपाय थिएन।’ खरको छानो हटाउन नसक्दा ठूलो क्षति भएको उनको भनाइ छ।

जङ्गल छेउका बस्ती, खरको छानो र सुक्खाको संयोगले तमोर तटीय क्षेत्रमा हरेक वर्ष क्षति हुने गरेको छ। सोमबार मात्रै पाँचथरको कुम्मायक गाउँपालिका–१ साठीमुरे जङ्गलमा लागेको आगो यसरी नै बस्तीमा पस्दा स्थानीय वसन्तकुमार चाम्लिङ र छत्रबहादुर चाम्लिङको घर जलेर नष्ट भयो। यस्तै घटनाले बस्ती नै सखाप पारेको उदाहरण पाँचथरको कुम्मायक–५ स्याबरुम्बा र हिलिहाङ–७ पाखागाउँ पनि हुन्।

केही वर्षअघि ती आगलागीमा यहाँका सिङ्गो बस्ती नै खरानी भएका थिए। हिलिहाङ–७ मा त जङ्गलमा लागेको आगोको लप्काले भेट्दा दुई जना स्थानीयवासीको ज्यान नै गएको थियो।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईं जङ्गलमा आगलागी भएपछि छेउछाउका घर जोगाउन मुस्किल पर्ने बताउँछन्। ‘जङ्गलमा आगो लागे खबर गर्न अनुरोध गर्दै आएका छौं। खबर आउनासाथ गएर निभाउछौं पनि’, चापागाईंले भने, ‘कतिपय ठाउँमा भने आफैंलाई पनि जोखिम हुने अवस्था आउने रहेछ।’ सुक्खा ठाउँमा स्थानीयवासी नै सचेत हुनुको विकल्प नरहेको उनको भनाइ छ।

हात्तीखर्कको आगलागीको अवलोकन गरेकी कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो सुक्खा क्षेत्रमा आगलागीबाट घरबार बचाउने सबैभन्दा उपयुक्त विकल्प नै खरको छानो हटाउनु आवश्यक रहेको बताउँछिन्। ‘जस्तापातामा हत्तपत्त आगो नसल्किने रहेछ’, तुम्बापोले भने, ‘सकेसम्म जस्तापाता लगाउने प्रबन्ध गर्नु उपयुक्त देखिन्छ।’

आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम (लिम्बू) पनि हात्तीखर्कजस्ता क्षेत्रलाई आगलागीबाट बचाउने उपयुक्त विकल्प फुसको छानोमुक्त घर नै रहेको बताउँछन्। यद्यपि कमजोर आर्थिक अवस्थाका कारण यस क्षेत्रका धेरै सर्वसाधारणले जस्तापाता लगाउन सकेका छैनन्।

सरकारले विगतमा सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमले यस क्षेत्रका कतिपय घरमा जस्तापाता लगाइए पनि पूर्ण भने हुन सकेको छैन। जसका कारण जङ्गलमा लागेको आगोले निकै टाढाका घरगोठ जलाउने गरेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य गुम्बामा बाढीले बगाएका व्यक्तिहरूको सम्झनामा स्थानीयवासी तथा आफन्तहरू भेला भएर प्रार्थना गरिरहेका छन् । यदि उनीहरूको मृत्यु भइसकेको... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
दक्षिण अस्ट्रेलियाविरुद्ध नेपाल ‘ए’ले पहिले बलिङ गर्ने, कुशल घाइते शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ सुरुङभित्र मानिस बोलेको आवाज सुनियो शुक्रबार, भदौ १९, २०८३
मुख्य सडकखण्डमा यातायात सञ्चालनमा, हेटौँडा–काठमाडौंमा केहीबेर जाम हुन सक्ने शुक्रबार, भदौ १९, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि दोब्बरभन्दा बढी रकम आवश्यक शुक्रबार, भदौ १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्