• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
फिल्म समीक्षा

‘छक्का पञ्जा–४’ : कमजोरीहरूको व्यापार

64x64
समर्पण श्री आइतबार, फागुन २१, २०७९  १२:३७
1140x725

काठमाडौं– ‘छक्का पञ्जा–४’ प्रदर्शन हुनुअघि कलाकार दीपाश्री निरौलाले भनेकी थिइन्, ‘यसपालि फिल्मले आम दर्शकसँगै समीक्षकको पनि माया पाउँछ।’ यसर्थ फिल्मलाई माया गरेरै हलसम्म त पुगियो। तर फिल्मले हलबाट निराश बनाएर फर्कायो।  

‘दीपक–दीपा’ ब्यानरको सातौं फिल्म हो यो। तर, ‘छ एक्कान छ’ देखि ‘छक्का पञ्जा४’सम्म आइपुग्दा गल्तीहरू सातौं पटक नै दोहोरिएका छन्। दोहोरिएका मात्र छैनन्, थपिएका छन्। बरु अघिल्ला फिल्महरूमा त मुद्दा थिए। तर ‘छक्का पञ्जा–४’को अन्त्यसम्म फिल्मको ‘न्यारेटिभ’ के हो प्रष्ट हुँदैन। जब कमजोर पटकथाको जगमा फिल्मको निर्माण हुन्छ, सबै पात्रहरूको उपस्थिति कमजोर भइदिन्छ। 

फिल्मको केन्द्रीय पात्र हुन् द्विग्विजय (दीपकराज गिरी)। उनका बुबा निर्भय सिंह (नीर शाह) निष्पक्ष पार्टीका अध्यक्ष हुन्छन्। छोरा द्धिग्विजयचाहिँ मिटरब्याजी ‘गुण्डा’का रुपमा परिचित। उनलाई राजनीतिसँग दिलचस्पी छैन। 

संघीय संसदको चुनावको नजिक एकदिन निर्भय सिंह अचानक ढल्छन्। उपचारबाट फर्कँदा उनी बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छन्। चुनावमा टिकट कसलाई दिने? यसको अधिकार निर्भय सिंहसँग हुन्छ। उनले आफ्नो छोरातर्फ संकेत गर्छन्। त्यसपछि सुरु हुन्छ द्विग्विजयको राजनीतिक यात्रा। 

फिल्मको कथा यहीँबाट अगाडि बढ्नुपर्ने हो। तर दर्शकलाई न सिनले विश्वस्त बनाउँछन्, न घटनाक्रमले आकर्षित। निर्देशकले के भन्न खोजेका हुन्, प्रष्ट हुन्न।

राजनीतिक विषयवस्तुमाथि फिल्म बनाएता पनि कथामा देखाइएको राजनीतिक परिवेश फितलो लाग्छ। समाजकाे वास्तविकतालाई सतही ढंगले प्रस्तुत गरिएको प्रतित हुन्छ।

फिल्ममा हुने चुनाव कुन भूगोलको हो, चित्र प्रष्ट छैन। भूगोलमा समुदाय हुन्छन्, समुदायको पहिचान हुन्छ। त्यो महसुस दर्शकले गर्न पाउँदैनन्। पात्रले चुनाव कहाँ लड्दैछ, निर्देशक प्रष्ट छैनन्।

द्विग्विजय सुदूरपश्चिमेली लवजमा बोल्छन्। तर त्यो लवजकै ठट्टा गरेजस्तो लाग्छ। उनका बालसखाहरूको लवजचाहिँ विल्कुल भिन्न छ। उनीहरू गाउँमा सँगै हुर्किएका हुन् भन्ने कुरा फ्ल्यासब्याकको सिनबाट त भनिन्छ। तर, पात्ररूको पृष्ठभूमिसँग वर्तमान परिस्थितिको सम्बन्ध कतै पनि जोडिएको देखिन्न। 

Ncell 2
Ncell 2
nimb
nimb

द्विग्विजय सांसदको चुनाव लड्न गाउँ जान्छन्। तर फिल्मले चुनावी माहोलको महसुस नै गराउन्न। प्रतिनिधि सभाको चुनाव हो कि वडाको, माहोलले स्पष्ट पार्दैन।

चुनावका विकृतिहरूलाई पस्कन खोज्दाखोज्दै पनि कला पक्षचाहिँ फितलो लाग्छ।

चुनाव जिताउन द्विग्विजयलाई बालसखा बुद्धि (बुद्धि तामाङ) र सञ्जेल (केदार घिमिरे)लाई ठूलो महत्वका साथ  देखाइएको छ। तर फिल्ममा उनीहरूको महत्व कतै पनि ‘जस्टिफाइ’ हुन्न। चुनावको क्रममा सरकारी स्कूलभन्दा बोर्डिङ राम्रो हो भन्ने भाष्य निर्देशकले स्थापित गर्न खोजेका छन्।

बुद्धिको घरमा द्विग्विजय पुग्दा उनले ‘छोरालाई सरकारी हैन, बोर्डिङ स्कूल पढाउनुपर्छ’ भन्ने संवाद बोल्छन्। त्यसले निजी स्कूललाई प्रसय दिएको भान हुन्छ। 

Xtrem

Xtrem

‘मिटरब्याजी गुण्डा’का रुपमा चिनिएका द्विग्विजय सांसद भएपछि चर्चामा आउँछन्। कर्मचारीतन्त्रको समस्या देखाउन खोज्दाखोज्दै पनि निर्देशकले नेताको अराजक प्रवृत्तिलाई प्रशय दिएको प्रतित हुन्छ। उनले द्विग्विजयलाई अनिल कपुर स्टारर नायक फिल्मको ‘हिरो’को रुपमा प्रस्तुत गर्न खोजेका छन्।

‘भाइरल’ प्रवृत्ति अहिलेको नेपाली समाजको समस्याको रुपमा छ। व्यवस्थाप्रति निराश भइरहेका आम जनता नायकत्वमा विश्वास गरिरहेका छन्। द्विग्विजय भ्रष्ट कर्मचारी र समयमा काम नगर्नेहरूलाई कुटपिट गरेर चर्चामा आउँछन्। ‘स्टन्ट’बाटै उनले लोकप्रियता कमाइरहेका छन्।

सिस्टम सुधार्न व्यक्तिको अराजक प्रवृत्तिलाई निर्देशकले कतै न कतैबाट ठीक हो भन्ने बुझाइ प्रस्तुत गर्न खोजेका छन्। समग्रमा द्विग्विजयका कमजोरी ढाकछोप गरेर उनको महानता नै प्रस्तुत गर्न खोजेका छन्।

दीपकराज गिरीले अघिल्ला शृंखलामा जस्तै सुदूरपश्चिमेली लवजलाई बिगारेका छन्। फिल्म हेरिरहँदा लाग्छ, कुनै सिनहरू जबर्जस्ती राखिएका छन्। जहाँ पात्रको भूमिका वा आवश्यकता नै महसुस हुन्न।

फिल्ममा महिलालाई ‘डोमिनेट’ गर्ने संवाद र दृश्यहरू छन्। जबर्जस्ती कमेडीका रुपमा महिलाद्वेषी संवादहरू प्रयोग गरेर भद्दा जोक बनाइएको छ। रुक्मिणी सिंहलाई (दीपाश्री निरौला) द्विग्विजयको गुणवती पत्नीका रुपमा चित्रण गरिएको छ। उनी श्रीमान्‌को गुण्डागर्दीमा पनि आँखा चिम्लिदिन्छिन्। 

युट्युवर एलिसा (वेनिशा हमाल)को चरित्रलाई गलत रुपमा स्थापित गरिएको छ। द्विग्विजयसँग बदलाका लागि एलिसाले जुन कदम उठाउँछिन्,त्यसले महिलाको चरित्रलाई नै नकरात्मक देखाउन खोजिएको छ। 

जब ‘राजा’ केन्द्रमा हुन्छ, त्यहाँ लैंगिक, जातीय र सामाजिक विभदेजस्ता कुराहरू सतहमा देखा पर्छन्। फिल्मले दीपकराजलाई ‘राजा’ बनाएर नजानिँदो ढंगले समाजका अन्य पक्षलाई कमजोर रुपमा प्रस्तुत गरेको छ।

फिल्ममा कलाकारका अभिनयबाट पनि ‘कन्भिन्स्ड’ हुन सकिन्न। केदार घिमिरेको अभिनयमा कुनै नयाँपन छैन। ‘माग्ने बुढा’ चरित्रकै पुनरावृत्ति छ। बुद्धि तामाङको अभिनयमा विविधता छैन। ‘हैट्’कै पुनरावृत्ति छ।

पात्रको चरित्र विकासमा दीपकराजको मिहिनेत देखिन्न। केवल संवादको भरमा बुझिदिनुपर्ने हुन्छ। तुलनातमक रुपमा दीपाश्रीको अभिनयमा भने केही पृथकता पाउन सकिन्छ।  

नीर शाह फिल्मका अधिकांश दृश्यमा बोल्दैनन्। उनको ‘एक्सप्रेसन’ भने प्रशंसनीय नै छ।  बेनिशाको भने अभिनयमा मिहिनेत देखिन्छ। टेलिशृंखला ‘तीतो सत्य’मा दीपक–दीपाका छोरा पात्र राज आचार्य यसपटक फिल्ममा पनि छोरा छन्। उनको भूमिका पनि उति महत्वका साथ प्रस्तुत हुँदैन।  

फिल्मले समसामयिक विषय उठाउन खोजेझैं त लाग्छ, तर छरपस्ट कथाले गन्तव्यको नै भेउ पाउँदैन।

कुनै पनि पात्र स्थापित छैनन्। यो फिल्म हेरेर फर्कँदा न कुनै पात्रले गहिरो छाप छाड्न सक्छ, न दृश्यले। २ गीतले माहोल तताउने र मान्छे नचाउने भन्दा बढी कुनै उत्साह फिल्मले दिँदैन। त्यसकारण दीपक–दीपाको ‘छक्का पञ्जा–४’ दोहोरिएका कमजोरीहरूको व्यापार मात्र हो। 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:३७
  • #छक्का पञ्जा ४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्