• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाली श्रमिकप्रति किन उदार बन्यो मलेसिया? जिटूजी भए पनि रोजगारी खुल्न दुई महिना लाग्ने

64x64
नेपाल लाइभ बिहीबार, साउन ३१, २०७५  ०८:५३
1140x725

काठमाडौं- नेपाली कामदारमाथि स्वास्थ्य लगायतमा लगाइँदै आएको ‘सिन्डिकेट’ खारेजी र नेपाली कामदार भित्र्याउने विषयमा मलेसिया सरकारले कस्तो नीति अपनाउला भन्ने सबैमा प्रश्नको विषय बनेको थियो। नेपाल सरकारले मलेसिया रोजगारीका लागि जाने नेपाली श्रमिकलाई सिन्डिकेट खारेज गरेपछि केही सकारात्मक संकेत देखिँदै आएमा मंगलबार उक्त विषयमा आधिकारिक निर्णय भने गरिसकेको छ। 

मलेसियाली प्रधानमन्त्री महाथीर मोहम्मदले मलेसियाको संसदमा मंगलबार सम्बोधन गर्दै नेपालबाट मलेसिया आउने श्रमिक आपूर्ति रोकिनु दुर्भाग्यपुर्ण भएको बताउदै नेपालसँग जुटूजी (गभर्नमेन्ट टू गभर्नमेन्ट) श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने प्रस्ट पारेका थिए।

नेपाल सरकारको सम्बन्धित निकायसँग जिटूजी र एमओयू कुनै पद्धति अपनाएर सम्झौता गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री मोहम्मदले संसदमा जानकारी गराएका थिए।  

मंगलबार मलेसियाको संसद बैठक सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोहम्मदसँग रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले बेस्टिनेल कम्पनीलाई खारेजी गरिएको जानकारी गराएका थिए। 

मलेसिया सरकारले आप्रवासीका श्रमिकको स्वास्थ्य परीक्षणमा काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेटलाई खारेज गर्ने निर्णय गरेको एम कुलासेगरनले पत्रकार सम्मेलनमा बताएका थिए। मलेसिया सरकारले विदेशी कामदार भित्र्याउने विषयमा विवाद उत्पन्न भएको अवस्थामा उदार वा अनुदार गरी दुई वटा नीतिमध्ये एकलाई अवलम्बन गर्दै आएको थियो। तर, मलेसिया सरकारले नेपाली कामदारप्रति उदार नीति अवलम्बन गरेको छ। 

उदार नीति लिएसँगै मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरनले मलेसियाली सञ्चारमाध्याममार्फत औपचारिक रुपमा जिटुजी र एमओयूका लागि नेपाल सरकारलाई प्रस्ताव गरेका थिए। 

मन्त्री कुलासेगरनले मलेसिया सरकार नेपालसँग जिटूजी गरेर कामदार आपूर्ति गर्ने सहमत भएको प्रस्ट बताएका थिए। 
  
मलेसिया सरकारले उदार नीति लिनु नेपाली श्रमिक आपूर्ति गर्दा सौदाबाजी गर्ने एउटा राम्रो अवसर भएको मलेसियाका लागि नेपाली राजदूत कुमारराज खेरल बताउँछन्। मलेसियामा नेपाली श्रमिकले भोग्दै आएका समस्या पनि यति बेला नै सम्बोधन हुनेगरी सम्झौता गर्नुपर्ने उनको भनाइ छ।  
 
मलेसिया सरकारले विगतमा बंगलादेश, फिलिपिन्स र इन्डोनेसियाबाट कामदार ल्याउँदा समस्या र विवाद उब्जिएको बेला कामदार आपूर्ति प्रक्रिया नै बन्द गरेको थियो।

बंगलादेशबाट श्रमिक भित्र्याउने प्रक्रियामा विवाद उत्पन्न भएपछि सन् १९९२ मा मलेसियाले बंगाली कामदार लिन बन्द गरेको थियो। यस्तै, मलेसिया सरकारले श्रमिक आपूर्तिमा विवाद देखिएपछि इन्डोनेसिया, कोम्बोडिया र थाइल्याडबाट पनि सन् १९९६ पछि कामदार लैजाने प्रक्रिया बन्द गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसबेला मलेसियामा अहिलेकै प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार थियो। समस्या समाधान गर्ने भन्दै श्रमिक आपूर्ति नै बन्द गरेर स्रोत देशसँग छलफल अघि बढाएको थियो। 

मलेसियाले १७ वटा देशबाट कामदार आपूर्ति गर्दै आएको छ। जसमा केही देशले मलेसिया रोजगारीका लागि गाएका आफ्ना नागरिक असुरक्षीत भएको भन्दै कामदार आपूर्ति नै बन्द गरिसकेका छन्। 

उदार नीति लिनुका मुख्य कारण 
मलेसियाको मानव संशाधन तथा गृह मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासका प्रतिनिधिबीच विभिन्न चरणमा भएका छलफल नेपाली कामदारमाथिको सिन्डिकेट हटाउने विषयमा सकारात्मक सन्देश दिदै आएको थियो। 

सोही सन्देश अनुसार नेपाली कामदारमाथि सिन्डिकेट लगाउँदै आएका संस्था बन्द गरेर नयाँ शिराबाट कामदार आपूर्ति गर्न पक्षमा मलेसिया सरकार देखिएको छ।  

मलेसियाले तत्काल अन्य स्रोत मुलुकबाट कामदार भित्र्याउने अवस्था नभएकाले नेपाली श्रमिकप्रति उदार नीति लिएको हो। यदि नेपाली श्रमिकप्रति मलेसियाले अनुदार नीति लिएको भए अन्य स्रोत देशले पनि कामदार आपूर्तिमा अवरुद्ध खडा गर्न सक्ने मलेसिया सरकारको बुझाइ थियो।  

नेपाली श्रमिक रोकिएप्रति मलेसियाका रोजगारदाता कम्पनीले सरकारलाई दबाब सिर्जना गर्दै आएका थिए। 

मलेसियाका रोजगारदाता कम्पनीको रोजाइमा नेपाली कामदार पर्नु हो। नेपालबाट कामदार जाने प्रक्रिया बन्द भएपछि मलेसियाको संसदमा पनि यो विषयले प्रवेश पाएको पाएको थियो। मलेसियामा कामदार आभाव देखा पर्न थाल्नु, नेपाली सुरक्षा गार्डलगायत अन्य क्षेत्रमा काम गर्ने कामदारको माग उच्च हुनु जस्ता कारण पनि उदार नीति अवलम्बन गरेको हो। 

नेपाली श्रमिक रोकिएको विषयमा अन्तराष्ट्रिय फोरममा कुरा उठेको थियो।

प्रक्रिया मिलाउन दुई महिना लाग्न सक्ने 
मलेसिया सरकारले उदार नीति लिएपनि नेपालसँग जिटूजी र एमओयूमध्ये कुन गरेका श्रमिक आपूर्ति गर्न भने विषयमा निर्णय गरिसकेको छैन। नेपालले पनि मलेसिया सरकारसँग जिटूजी अथवा एमओयुका ढाँचा तयार पार्न समय लाग्न सक्ने देखिन्छ। 

यसका कारण मलेसियाको रोजगारी खुल्न दुई महिना लाग्नसक्ने श्रम मन्त्रालयकै अनुमान छ। सम्झौता गर्ने समय लाग्न सक्ने मन्त्रालयको भनाइ छ।     

अन्योल कायमै 
प्रधानमन्त्री महाथिरले संसदमा सम्बोधनका क्रममा आप्रवासी कामदार आपूर्तिमा नयाँ प्रणाली विकास गर्ने बताएका थिए। उनले प्रतिस्पर्धाका आधारमा श्रमिक आपूर्ति गर्न एजेन्टहरु बढाउन योजना अघि सारेका छन्। 

नेपाल, बंगलादेशसहित सबै कामदार श्रोत मुलुकमा एउटै प्रणाली लागू गरेर श्रमिक आपूर्ति गर्ने पक्षमा मलेसिया सरकार रहेको छ।

आप्रवासी श्रमिक आपूर्तिका विषयमा स्वतन्त्र समिति बनाएर अध्ययन, अनुसन्धान गर्न मलेसिया सरकारले घोषणा गरेको छ। समितिले नीतिगत व्यवस्थाका लागि समन्वय र आप्रवासी श्रमिक आपूर्तिका लागि नयाँ नीति बनाउने बताइएको छ। 

उच्च सरकारी अधिकारीको अध्यक्षतामा बन्ने यस्तो समितिमा पूर्वन्यायाधीश तथा अध्यागमनका कर्मचारी हुने जनाइएको छ। उच्च समितिले आर्थिक चलखेल र कामदार आपूर्तिकर्ता एजेन्टसँग मिलोमत्तो गरेमा नेपाल सरकारसँग जिटूजी गर्ने विषयमा अन्योल उत्पन्न हुन सक्ने देखिन्छ। किनकि मलेसियामा श्रमिक माफियाहरुको ठुलो चलखेल हुने गरेको छ। 
 
गत जेठ २ मा नेपाल सरकारले सिन्डिकेट खारेज गरेपछि नयाँ नेपाली कामदार मलेसिया जाने प्रक्रिया नै बन्द छ। मलेसिया रोजगारीका लागि मासिक १० हजाको हाराहारीमा जाने गरेका थिए। मलेसियामा रोजगारीमा करिब ५ लाख कामदार कायरत रहेको सरकारी अनुमान छ।

याे पनि पढ्नुस्:

नेपाली कामदारप्रति मलेसिया सरकार उदार बन्ला कि अनुदार?

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्