• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाली कामदारप्रति मलेसिया सरकार उदार बन्ला कि अनुदार?

64x64
नेपाल लाइभ बिहीबार, साउन १७, २०७५  ११:५०
1140x725

काठमाडौं– नेपाली कामदारमाथि स्वास्थ्य लगायतमा लगाइँदै आएको ‘सिन्डिकेट’ खारेजी र नेपाली कामदार भित्र्याउने विषयमा मलेसिया सरकारले कस्तो नीति अपनाउला भन्ने अन्योल छ। नेपाल सरकारले सिन्डिकेट खारेज गरेपछि केही सकारात्मक देखिँदै आएको मलेसिया सरकारले आधिकारिक निर्णय भने लिइसकेको छैन। 

मलेसिया सरकारले विदेशी कामदार भित्र्याउने विषयमा विवाद उत्पन्न भएको अवस्थामा उदार वा अनुदार गरी दुईवटा नीतिमध्ये एकलाई अवलम्बन गर्दै आएको छ। 

नेपाली कामदार लैजाने विषयमा शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट मलेसिया सरकारले  उदार कि अनुदार नीति लिन्छ भने तय हुन्छ। 

श्रमिक आपूर्तिकर्ता देशसँग उदार नीति अपनाउँदा मलेसियाले छलफल गरेर तत्काल समस्या समाधान गर्नेतर्फ लाग्छ भने अनुदार नीति अन्तर्गत कामदार भित्र्याउने प्रक्रिया नै बन्द गरेर समस्याको समाधान खोज्नेतर्फ लाग्छ। 

मलेसिया सरकारले विगतमा बंगलादेश, फिलिपिन्स र इन्डोनेसियाबाट कामदार ल्याउँदा  समस्या र विवाद उब्जिएको बेला कामदार आपूर्ति प्रक्रिया नै बन्द गरेको थियो।

बंगलादेशबाट श्रमिक भित्र्याउने प्रक्रियामा विवाद उत्पन्न भएपछि सन् १९९२ मा मलेसियाले बंगाली कामदार लिन बन्द गरेको थियो। यस्तै, मलेसिया सरकारले श्रमिक आपूर्तिमा विवाद देखिएपछि इन्डोनेसिया, कोम्बोडिया र थाइल्याडबाट पनि सन् १९९६ पछि कामदार लैजाने प्रक्रिया बन्द गरेको थियो। त्यसबेला मलेसियामा अहिलेकै प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार थियो। 

मलेसियाले १७ वटा देशबाट कामदार आपूर्ति गर्दै आएको छ। 

गत जेठ २ मा नेपाल सरकारले सिन्डिकेट खारेज गरेपछि नयाँ नेपाली कामदार मलेसिया गएका छैनन्। कामदार जाने प्रक्रिया रोकिएपछि मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल र मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनबीच पटक–पटक औपचारिक र अनौपचारिक छलफल भइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, पछिल्लो समय मलेसिया सरकारले दिँदै आएको अभिव्यक्ति मूल्यांकन गर्दा उदार नीति लिएर नेपाली कामदारमाथिको आर्थिक सिन्डिकेट हटाउने सम्भावना बढेको दूतावासले जनाएको छ। 

उदार नीति लिन सक्ने सम्भावना 

मलेसियाको मानव संशाधन तथा कानुन मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासका प्रतिनिधिबीच विभिन्न चरणमा भएका छलफल नेपाली कामदारमाथिको सिन्डिकेट हटाउने विषयमा सकारात्मक भएको कार्यवाहक राजदूत खरेलले जनाएका छन्। 

मलेसिया सरकारले नेपाली कामदार भित्र्याउने विषयमा उदार नीति लिने सम्भावना  देखिएको राजदूत खेरल बताउँछन्। 

मलेसियाका रोजगारदाता कम्पनीको रोजाइमा नेपाली कामदार पर्ने गरेका छन्। 

नेपालबाट कामदार जाने प्रक्रिया बन्द भएपछि मलेसियाको संसदमा पनि यो विषयले प्रवेश पाएको थियो। 

मलेसियामा नेपाली सुरक्षा गार्डलगायत अन्य क्षेत्रमा काम गर्ने कामदारको माग उच्च छ। 

मलेसियाका प्रधानमन्त्री महाथिरले नेपाली कामदार इमान्दार र परिश्रमी हुने भन्दै कामदार ल्याउने प्रक्रिया रोकिएको विषयमा चासो देखाउँदै तत्काल समस्या सुल्झाउन मानव संशाधन मन्त्रालयलाई निर्देशन दिइसकेका छन्। 

नेपालबाट श्रमिक आपूर्ति रोकिएकोमा मलेसियाका रोजगारदाता कम्पनीले सरकारको आलोचना गरिरहेका छन्। मलेसियाले तत्काल अन्य स्रोत मुलुकबाट कामदार भित्र्याउने अवस्था नभएकाले नेपाली कामदारमाथिको निर्णयमा उदार नीति लिनसक्ने अवस्था छ।

मलेसियाले गत महिनादेखि बंगलादेशबाट कामदार लैजाने प्रक्रिया बन्द गरेको छ। जसका कारण पनि नेपाली कामदारको विषयमा उदार नीति लिने सम्भावना धेरै छ।

मलेसियाले सरकारी स्तरमा छलफल गरेर नयाँ प्रक्रियाबाट भए पनि कामदार लैजानेबारे नेपाल सरकारलाई प्रस्ताव गरेको छ। नेपाली कामदारमाथि भएका आर्थिक शोषणका विषयमा अनुसन्धान गर्न कम्तिमा ३ महिना लाग्ने भन्दै मलेसिया सरकारले कामदार पठाउने प्रक्रिया भने बन्द नगर्न नेपाल सरकारलाई आग्रह गरेको हो। 

अनुदार नीति लिन सक्ने कारण 

नेपाल सरकारले मलेसिया सरकारको सम्बन्धित निकायसँग छलफल नगरी एकलौटी ढंगले सिन्डिकेट खारेजी गरेको थियो। जसका कारण मलेसियाको रोजगारी क्षेत्रमा कामदार आपूर्तिमा समस्या देखिएको छ। मलेसियाले यसलाई प्रतिष्ठाको विषय नबनाउला भन्न सकिन्न। 

मलेसियाको मानव संशाधन मन्त्रालयले नेपालको कूटनीतिक नियोगमार्फत तत्काल कामदार नरोक्न आग्रह गर्दै आए पनि नेपालको श्रम मन्त्रालयले आधिकारिक निर्णय दिन सकेको छैन। 

नेपाल सरकारले सिन्डिकेट खोरजीको निर्णय गरेपछि धेरै समय मलेसियाको मानव सशाधान मन्त्रालय मौन बसेको थियो। उसले सिन्डिकेट सम्बन्धी समस्या सुल्झाउन पहल गरको थिएन। जसले मलेसियाले अनुदार नीति लिन सक्ने संकेत पनि गर्छ। 

सिन्डिकेट खारेज गर्ने नेपाल सरकारको निर्णयबारे नेपालस्थिति मलेसियन दूतावास सहितका सरोकारवाला पक्षले मलेसिया सरकारलाई नेपालले हतारमा निर्णय गरेको भनेर बुझाएका छन्। 

यदि, मलेसिया सरकारले अनुदार नीति अपनाएमा त्यहाँ कार्यरत ७ लाख नेपाली कामदारको रोजगारी खोसिनेछ भने अहिलेकै तथ्यांकअनुसार पनि वार्षिक करिब २ लाख युवा मलेसिया जानबाट वञ्चित हुनेछन्। अनुदार नीति लिएमा नयाँ कामदार जान रोकिन्छ भने त्यहाँ काम गरिरहेकाहरु पनि श्रम अवधि सकिएपछि नेपाल फर्किनुपर्छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्