काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २७ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने केही बैंकको खुद मुनाफा घटेको छ।
सूचिकृत कम्पनीको दोस्रो बजारमा सेयर किनबेच गर्नुभन्दा पहिले कम्पनीको वित्तीय अवस्था थाह हुन आवश्यक छ। नेपाल लाइभले वाणिज्य बैंकको असार मसान्तसम्मको वित्तीय अवस्था केलाउने प्रयास गरेको छ।
हेरौं, असार मसान्तसम्मको वित्तीय विवरण अनुसार कुन बैंकको अवस्था कस्तो छ।
४ बैंकको चुक्ता पुँजी अझै ८ अर्ब पुगेन
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँको सीमा नेप्सेमा सूचीकृत २७ वटा बैंकमध्ये ४ वटाले अझै कटाएका छैनन्। गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा चुक्ता पुँजी नपुर्याउने बैंकमा एनएमबी बैंक, कुमारी बैंक, एनसिसी बैंक र बैंक अफ काठमाण्डू रहेका छन्।
कुन बैंकको चुक्ता पुँजीको अवस्था कस्तो?
२ बैंक बाहेक अन्यको खुद ब्याज आम्दानी बढ्यो
असार मसान्तसम्म आइपुग्दा २ बैंक बाहेक अन्यले खुद ब्याज आम्दानी बढाएका छन्। खुद ब्याज आम्दानी घटाउने बैंकमा कृषि विकास बैंक र एनसिसी बैंक रहेका छन्।
यता सबैभन्दा बढी खुद ब्याज आम्दानी बढाउनेमा जनता बैंक नेपाल रहेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा खुद मुनाफा ६६ प्रतिशतले ब्याज आम्दानी वृद्धि गरी २ अर्ब ३७ करोड रुपैयाँ कमाएको छ।
कुन बैंकको ब्याज आम्दानी कति?
४ बैंकको खुद मुनाफा घट्यो
आर्थिक वर्षको २०७४/०७५ मा २७ वाणिज्य बैंकमध्ये ४ बैंकको खुद मुनाफा घटाएका छन्। खुद मुनाफा घटाउनेमा प्रभु बैंक, एनसिसि बैंक, नेपाल बंगलादेश बैंक र माछापुच्छ्रे बैंक रहेका छन्।
कुन बैंकले कति कमाए नाफा?
९ बैंक बाहेक अन्य बैंकको प्रतिसेयर आम्दानी घट्यो
आर्थिक वर्षको २०७४/०७५ मा ९ बैंक बाहेक अन्य बैंकको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ। सबैभन्दा बढी प्रतिसेयर आम्दानी बढाउनेमा कृषि विकास बैंक रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७७ पैसाले बढेको छ।
नबिल बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी छ। बैंकको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ १४ पैसा रहेको छ। बैंकको प्रतिसेयर आम्दानीमा अघिल्लो वर्षको तुलनामा ८ रुपैयाँ ६७ पैसाको गिरावट आएको हो।
कुन बैंकको प्रतिसेयर आम्दानी कति?
६ बैंक बाहेक अन्यको निस्क्रिय कर्जा घट्यो
सामान्यतया निष्क्रिय कर्जा न्यून भएका कम्पनीहरुलाई राम्रो मानिन्छ। गत आर्थिक वर्षको असार मसान्त सम्ममा ६ वटा बैंकले निष्क्रिय कर्जा घटाएका छन् भने माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा स्थिर रहेको छ। सबैभन्दा कम सानिमा बैंकको निष्क्रिय कर्जा रहेको छ।
कुन बैंकको निस्क्रिय कर्जा कति?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।