• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बन्द हेटौंडा कपडा उद्योग सेनाको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालन गर्न सिफारिस

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  १५:१०
1140x725

काठमाडौं– लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा सरकार जुटेको छ। तर, उद्योग सञ्चालन तथा लगानीमा कस्तो मोडल अपनाउने भन्ने विषय अझै निक्र्योल हुन सकेको छैन।

यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन समितिले नेपाली सेनाको पूर्ण वा आंशिक स्वामित्व रहने गरी उद्योग सञ्चालन गर्दा उपयुक्त हुने सिफारिस गरेको छ।

उद्योग सञ्चालन गर्ने सम्बन्धमा गत २९ असारमा मन्त्रालयले गठन गरेको अध्ययन टोलीले उद्योग सञ्चालनको मोडलका विभिन्न विकल्पहरु प्रस्तुत गरेको छ। अध्ययन टोलीले ५ वटा उद्योग सञ्चालन मोडालिटी र लगानी मोडालिटी सुझाएको छ।

यस्ता छन् उद्योग सञ्चालनका ५ मोडालिटी

अध्ययन टोलीले पहिलो मोडालिटीका रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत ४ वटा निकायको संयुक्त व्यवस्थापनमा उद्योग सञ्चालन गर्ने उल्लेख छ। यो मोडलमा उद्योग सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सह–सचिव संयोजक रहने गरी, अर्थ मन्त्रालयका एक प्रतिनिधि, तीनै वटा सुरक्षा निकायका प्रतिनिधि तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालले मनोनित गर्ने एक जना विज्ञ सदस्य रहनेगरी उद्योग व्यवस्थापन समिति गठन गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ। यस मोडलअनुसार उद्योगको कार्यकारी प्रमुख भने नेपाली सेनाबाट रहने छन्। यसका लागि नेपाली सेनाको कल्याणकारी कोषबाट लगानी गर्न सैनिक ऐन, २०६३ तथा नियमावलीमा संशोधन गर्नुपर्नेछ।

यस्तै, दोस्रो मोडालिटीका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाको संयुक्त व्यवस्थापनमा उद्योग सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। यो मोडलमा उद्योग सञ्चालन गर्दा नेपाली सेनाको सिफारिसमा मन्त्रालयले तोकेको व्यक्ति प्रमुख कार्यकारी प्रमुख रहनेछन्।

नेपाली सेनाको व्यवस्थापनमार्फत् सञ्चालन गर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ। तेस्रो मोडालिटीको रुपमा प्रस्तुत गरिएको यस मोडलबाट अघि बढ्दा सेनाले तोकेको व्यक्ति प्रमुख कार्यकारी हुने व्यवस्था गर्ने र सेनाको सम्बन्धित निर्देशनालयबाट निर्देशित भई सञ्चालन हुनेछ।

यसैगरी, चौथो मोडालिटीमा नेपाल सरकारले अन्य सार्वजनिक संस्थान सरह उक्त उद्योग सञ्चालन गर्ने विकल्प प्रतिवेदनमा अघि सारिएको छ। यसका लागि सरकारले थप लगानी गर्ने, व्यवसायीक व्यक्तिबाट व्यवसायीक कार्ययोजना माग गरेर प्रतिस्पर्धाका आधारमा महाप्रबन्धक छनोट गरी आवश्यक सर्तसहितको कार्यसम्पादन सम्झौता गरी सञ्चालन गर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तिम मोडालिटीका रुपमा निजी क्षेत्रलाई सहभागी गराउने विकल्प अघि सारिएको छ। यो मोडलअन्तर्गत सुरक्षा फौजलाई आवश्यक पर्ने कपडाको माग सुनिश्चित गरी उत्पादन नीतिअनुसार लागत मूल्याङ्कनका आधारमा नेपाल सरकारले सो परिमाणको कपडा खरिद गरिदिने सम्झौता गरी निजी क्षेत्रलाई उद्योगको मेसिनरी तथा भौतिक संरचनाहरू ‘लिज’मा वा भाडामा सञ्चालन गर्न दिनुपर्ने उल्लेख छ।

उद्योग सञ्चालनका लागि २ र ३ नम्बर मोडालिटी बढी प्रभावकारी हुने सिफारिस अध्ययन समितिले गरेको छ।

लगानीका ६ मोडालिटी

लगानी मोडालिटीमा नेपाल सरकार र तीनै वटा सुरक्षा निकायको संयुक्त लगानीमा सञ्चालन गर्ने मोडालिटीलाई पहिलो मोडालिटीका रुपमा प्रस्तुत गरिएको छ। यसका लागि सेनाको कल्याणकारी कोषको रकम परिचालन गर्न सैनिक ऐन र नियमावली संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ। यो मोडलमा सरकारको सेयर र सुरक्षा निकायको नगद पुँजी लगानी हुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पूर्ण स्वामित्वको उद्योगका रुपमा सेनाले मन्त्रालय नेतृत्वको सञ्चालक समितिमार्फत् सञ्चालन गर्ने मोडालिटीलाई दोस्रो विकल्पका रुपमा अघि सारिएको छ।

त्यस्तै, नेपाली सेनाअन्तर्गतको सैनिक सामग्री उत्पादन निर्देशनालयका अन्य उद्योग सरह सञ्चालन गर्ने मोडालिटीलाई तेस्रो मोडालिटीका रुपमा समेटिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाको समानुपातिक लगानीबाट उद्योग सञ्चालन गर्ने र यसमा सरकारले सेयर र सेनाले नगद लगानी गर्ने विकल्पलाई चौथो विकल्पका रुपमा अघि सारिएको छ। यसका लागि सैनिक ऐन र र नियमावली संशोधन गर्नुपर्ने हुन्छ।

सरकारले अन्य सार्वजनिक संस्थानसरह उद्योगमा लगानी गरी सञ्चालन गर्ने पाँचौं मोडालिटी हो।

अन्तिम मोडालिटीका रुपमा सुरक्षा फौजलाई वार्षिक रुपमा आवश्यक पर्ने कपडाको माग सुनिश्चित गरी उत्पादन नीति अनुसार लागत मूल्याङ्कनका आधारमा नेपाल सरकारले सो परिमाणको कपडा खरिद गरिदिने सम्झौता गरी निजी क्षेत्रलाई उद्योग ‘लिज’मा दिने विकल्प छ। यो मोडल अपनाउँदा सरकारको लगानी हुनेछैन।

तर, लगानीका ६ वटा मोडालिटीमध्ये ३ र ४ मोडालिटी बढी उपयुक्त देखिएको ठहर अध्ययन समितिको छ।

सेना र सरकारी निकायलाई कपडा बेच्ने

सुरक्षा निकायहरूको पोसाक उत्पादनका लागि सरकारले वर्षेनी ठूलो धनराशीको रकम विनियोजन गर्दै आइरहेको छ। यस्तो कपडा सुरक्षा निकायहरूले ठेक्का गरी खरिद गर्दै आएका छन्। 
उक्त उद्योगलाई सेना वा सरकार र सेनाले संयुक्त रुपमा सञ्चालन गर्दा सेनाका आश्रित परिवार र अन्यको रोजगारीको सुनिश्चिततासमेत प्राप्त हुने, श्रम व्यवस्थापन गर्न सजिलो हुने र उक्त उद्योगबाट उत्पादन हुने कपडाको बजार सुनिश्चित हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

३ वर्षभित्र सुरक्षा फौजलाई चाहिएजति कपडा उत्पादन गर्ने

उक्त उद्योग सञ्चालन २ चरणमा गर्नेगरी अध्ययन समितिले सुझाव दिएको छ। पहिलो चरणको ६ महिना अवधिमा विस्तृत अध्ययन गरी जनशक्ति, कच्चा पदार्थ तथा स्पेयर्स पाट्र्सको आपूर्ति गरी आवश्यक मर्मतसम्भार सुरु गर्ने, चीन सरकारबाट प्राविधिक सहयोग माग गर्ने, वोइलर, थप मेसिन तथा तयारी धागो खरिद गरी वेभिङ युनिट सञ्चालन गर्ने लगायत छन्।

वेभिङ युनिटबाट तयार गरिएको कपडालाई आउट सोर्समार्फत् प्रिन्टिङ र डाइङ गरी नेपाली सेना तथा अन्य सुरक्षा निकायका लागि आवश्यक चुस्ता कपडा तथा कार्यालय पोसाक तयार गर्ने काम पनि पहिलो चरणमा हुनेछन्।

उद्योग सञ्चालनको दोस्रो चरणमा उद्योगको आधुनिकीकरण गरी वेभिङ युनिट नाफामूलक रुपमा सञ्चालन गर्ने, सुरक्षा फौजको आवश्यकता अनुसारको कपडा उत्पादन गर्ने तथा उद्योगबाट उत्पादन हुने थप वस्तु, जस्तै–क्यानभास टेन्टको कपडा उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ।

यो दोस्रो चरणको अवधि ३ वर्ष छ।

दुई दशकपछि पुनः ब्युँताउने प्रयास

कपडा उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कपास खेतीमार्फत् कृषि लगायत बहुआयामीक क्षेत्रमा रोजगारी सृजना गरेर जनताको आयआर्जन क्षमता बढाउने उद्देश्यले चीन सरकारसमेतको लगानीमा १६ साउन २०३२ मा उद्योग स्थापना भएको थियो। उद्योगको व्यवसायीक उत्पादन भने १० माघ २०३५ सालदेखि सुरु भएको थियो।

आर्थिक समस्याले ग्रस्त भई चालू पुँजीको अभावमा उद्योग १ फागुन २०५६ देखि पूर्ण रुपमा बन्द भएको थियो। त्यसको एक दशकपछि १८ कात्तिक २०६६ मा सरकारले उक्त उद्योग खारेज गरी ‘लिक्विडेसन’ मा लैजाने निर्णय गरेको थियो।

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्