• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

शहरमा गरिबले बाँच्नै नपाउने हो?

64x64
धनु विश्वकर्मा बिहीबार, माघ १९, २०७९  ०९:३४
1140x725

काठमाडौं–  पुस २६ मा बसेको प्रतिनिधि सभा बैठकमा सांसद सन्तोष परियारले भने, ‘राज्य भन्ने अवधारणा ती कमजोर, पिल्सिएका, पिँधमा पारिएका लागि हो। जसले आफनो सुरक्षा आफैँ गर्न सक्दैनन्। राज्य सबैको हो। अझ सबैभन्दा बढी महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यक र गरिबहरुका लागि हो।’ 

उनले संघीय संसद्मा यो धारणले चौतर्फी चर्चा पायो। एक सांसदले राज्य कमजोरहरुका लागि हो भन्दैगर्दा यता काठमाडौं महानगरपालिकाले भने सडकमा व्यापार गरिरहेकाका लागि भने राज्यविहीनजस्तो व्यवहार गरिराखेको छ। फुटपाथको व्यापारबाट घर खर्च चलाइराखेकाहरुको रोजगारी बन्द भएको छ। महानगरले सडकमा ठेलागाडा र साइकलमा व्यापार गर्न प्रतिबन्ध लगाएको छ। सांसद परियारले भने जस्तै ‘के राज्य धनीहरुका लागि मात्र हो र?’ भन्ने सवाल उठिरहेको छ।
००
रत्नराज्य क्याम्पसबाट बागबजारतिर जाने बाटाेमा सानो गल्ली छ। अध्याँरो साँघुरो गल्ली। माघको चिसोले गल्ली झन् चिसिएको छ। तीनजना फुटपाथका व्यापारी लस्करै साइकलमा फलफूल राखेर भित्तामा अडेस लगाएर उभिएका छन्। फुटपाथका व्यापारी अध्याँरो गल्लीमा भेटिन्छन्। खुल्ला ठाउँ, भीडभाड र मुख्य सडकमा भने कतै भेटिँदैनन् आजकाल। तीनैजना हतारमा देखिन्छन्। 

अनुहारमा डर मिश्रित हाँसो छ इन्द्र जादुको। ग्राहकलाई हतार–हतार सुन्तला जोखिराखेका छन्। मोल–मोलाई छैन। सके सस्तोमा दिएर ठाउँ परिवर्तन गर्न हतारो छ उनलाई। जतिसक्दो चाँडो फलफूल बेचेर अर्को गल्लीमा छिर्नु उनले दैनिकी सुनाए। हातमा तराजू छ। तराजूको एकतिर सुन्तला र अर्कोतिर ढक छ। दिमागमा भने महानगरको त्रास  छ। उनको यो हतारो भनेको नगरप्रहरीलाई छल्नु हो। मुख्य रोडमा कहीँकतै ठेलागाडा, साइकलमा कुनै व्यापार गर्न पाइँदैन। ‘महानगरको आतंक छ,’ आक्रोश पोख्दै भने।  

इन्द्रको घर सर्लाहीको गडैयाँ डुमरीया भन्ने गाउँमा हो। साइकलमा फलफूल बेच्न थालेको एक दशक भइसकेको छ। काठमाडौं कर्मथलो भएको लामो समय भइसकेको उनले सुनाए। कालीमाटीमा साथी वीरेन्द्र साहसँग बस्छन् उनी। साथी वीरेन्द्र पनि यस्तै साइकलमा व्यापार गर्छन्। उनी भन्छन्, ‘हामी रातका मात्र साथी हौँ। बिहान ३ बजे उठ्छौं। कालीमाटीमा फलफूल लिन जान्छौं। ढिला गए भीडभाड हुन्छ।'

बिहान ३ बजे कोठाबाट निस्किएर राति अबेर घर फर्किन्छन्। घरमा एक छोरा, एक छोरी र श्रीमती छन्। यहाँको कमाइले छोराछोरीलाई पढाउँछन्। ‘गाउँमा मनग्य खेती गर्ने जग्गाजमिन छैन। अरुको अधियांमात्र कति गर्नु? काम आफूले गर्यो। मेहनत आफ्नो पर्छ। खाने बेला भने अरुको मुखमा पुर्याउनु पर्ने!’, गाउँको दुःख पोखे उनले।
सँगैका दौँतरीहरु विदेश लागे। तर, उनी भने शहर पसे। रोजगारीको खोजीमा काठमाडौं आए। साथीभाइहरुले फुटपाथमा व्यवसाय गरेकाे देखे। उनले पनि त्यही बाटो रोजे। 

काठमाडौंका गल्ली–गल्ली व्यापार गर्न जान्थे इन्द्र। कमाइ राम्रै थियो। परिवारको आर्थिक गर्जो टारेका थिए। जब बालेन शाह काठमाडौंको मेयर (प्रमुख) बनेर आए, त्यसपछि भने आफूहरुको गरीखाने भाँडो नै बन्द भएको उनको गुनासो छ। ‘हाम्रो गरिखाने भांडो नै बन्द भयो। कहाँ जानु? अर्को कुनै सिप छैन। दिनको हजार–१५ सयको फाइदा हुन्थ्यो। अहिले घटेर पाँच सय पनि कमाइ छैन। एक क्यारेट स्याउ ल्यायो। बिक्री हुँदैन। कुहिएर जान्छ। लगानी उठ्दैन,’ उनले दुःखेसो पोखे, ‘उमेरले उनी चार दशक काटिसकेका छन्। विदेश गएर काम गर्ने बेला छैन अब। पढाइ–लेखाइ छैन। अबको विकल्प के हो सोचिसकेको छैन।’ उनको एकमात्र प्रश्न छ ‘के शहर गरिबका लागि होइन?’
००
साइकलमा सुक्न लागेका जस्ता स्याउ, सुन्तला, केरा, अंगुर र अनार छन्। साँघुरो गल्लीमा वीरेन्द्र साह टुसुक्क बसेका छन्। ‘आजकल मानिसको आवत्–जावत् छैन। यसले गर्दा खासै व्यापार छैन,’ उनी भन्छन्। महानगर प्रहरी आएको सुइको पायो कि टाप कस्ने गरेको उनी बताउँछन्। ‘कहाँ जानु? काम–धन्दा छैन। यसरी कसरी बाँच्नु?’, उनले आक्रोशसहित एकसाथ पीडा पोखे, ‘अहिले जीविकोपार्जन गर्ने आधार नै बन्द भएको छ। हामी कहाँ गएर बाँच्ने?’  
वीरेन्द्रको घर बाराको कलैयामा हो। काठमाडौंमा उनी पाँचजना साथीहरुसँग मिलेर भाडाको कोठामा बस्छन्। ‘एक्लै बस्दा भाडा बढी तिनुपर्छ। जसले गर्दा साथीहरुसँग मिलेर बसेको हुँ। मसँग बस्ने फुटपाथ व्यापारी हुन्।’ 

वीरेन्द्रको परिवारमा पाँचजना सदस्य छन्। उनको परिवारको बाँच्ने आधार त्यही साइकलको व्यापार हो। उनका अनुसार श्रीमती र छोराछोरीसँगै घरमा बुढा आमा–बुवा छन्। फुटपाथको व्यापार नै परिवार पालिने आधार हो। आर्थिक स्रोतको अर्को कुनै आधार छैन।

‘हामीजस्ता गरिबमाथि महानगरको आतंक कहिलेसम्म?’, उनी प्रश्न गर्छन्। महानगरले व्यापारका लागि निश्चित समय र ठाउँ तोकिदिनु पर्ने आफूहरुको एउटै माग रहेको उनले बताए। ‘बरु हामी महानगरका नियम पालना गर्न तयार छौँ,’ उनले थपे।

Ncell 2
Ncell 2
nimb
nimb

वीरेन्द्रहरुलाई डरैडर छ। तर, उनीहरुले व्यापार गर्न छोडेका छैनन्। लुकीलुकी बेचिराखेका छन्। ‘गरिखाने यो भाँडो (साइकल) कुन दिन लगिदिने हो भन्ने डर छ। कतिदिन लुकेर बेच्न सकिन्छ?’, उनले दुःख पोखे, ‘एकदिन ल्याएको फलफूल बेच्न तीन दिन लाग्छ। लगानी उठ्नै ग्राहो छ। कुहिएर जान्छ। अझ साइकल नै लगिदिए भने कसरी बाँच्ने? यही प्रश्नले मन गिजोलिराखेको छ।’ 
००
वीरेन्द्रको जस्तै दुःख नागिन्द्र झाको पनि छ। ‘मुख्य रोडमा बेच्न मिल्दैन। साँघुरा गल्लीमा आउन–जान अप्ठयारो हुन्छ। फुटपाथ व्यापारी देख्यो कि महानगर झम्टिन आउँछ’, उनले दुःखेको पोखे। 

उनको घर रक्साैल नाका नजिकै सिमानापारी भारतमा पर्छ। काठमाडौंमा आएर व्यापार गर्न थालेको १५ वर्ष भइसकेको छ। परिवार भने उतै छन्। महानगरले फुटपाथको व्यापार बन्द गरेसँगै आफ्नो आम्दानीको बाटो बन्द भएको उनको भनाइ छ। उनको परिवारको आर्थिक स्रोत भनेकै यही साइकलको व्यापार हो। उमेरले ६ दशक नाँघिसकेका नागिन्द्रसँग फुटपाथ व्यापारबाहेक गरिखाने अरु सीप छैन। यसर्थ उनलाई अब कसरी बाँच्ने भन्ने उनलाई चिन्ता छ।

‘लामो समय यस्तै फुटपाथको व्यापार गरेर दिन गए। जानेको यही काम हो। अब यो बुढ्यौलीमा कहाँ जानु?’, उनी प्रश्न गर्छन्, ‘बालबच्चाको पनि कमाइ  छैन। दुई छोरी छन्। यही कमाइले जेठी छोरीको विवाह गरें। अब कान्छीको केले गर्ने?’

बरु पहिलेदेखि नै फुटपाथमा रोक लगाएको भए अहिले आफूले अर्को काम समाएको हुने उनको भनाइ छ। ‘पहिलादेखि नै व्यापारमा रोक लगाएको भए अर्को काम समात्थेँ,’ उनले थपे, ‘पहिले नै समय र क्षेत्र छुट्याइदिएको भए जीविकोपार्जन गर्न सहज हुन्थ्यो। शहर के धनीका लागि मात्र हो? गरिबको होइन र?’ 

Xtrem

Xtrem

समाज र उपभोक्तामा कस्तो असर?

समाजशास्त्री दीपेश घिमिरे सुख, समृृद्धि, सुविधा र सम्पन्नताका लागि निम्नमध्यम वर्गीय मानिसहरु गाउँबाट शहर पस्नेगरेको बताउँछन्। ती मानिसलाई शहरले निर्मम किसिमको व्यवहार गरेको आरोप उनी लगाउँछन्। शहरको यो रवैयाले समाजको जुन संरचना र संवेदना छ, त्यो नै उथलपुथल हुने जोखिम हुने उनको भनाइ छ। 

‘गाउँका विपन्न मान्छेको आशा शहरसँग जोडिएको छ। गाउँका मान्छेको आशा शहरले नै परिपूर्ति गर्छ। तर, शहरले जहिले पनि गाउँलाई विभिन्न नाममा शोषण गर्छ,’ उनी भन्छन्। शहरमा गरिखान आएका समूहमाथि निर्मम व्यवहार गर्दा विभिन्न समस्या उत्पन्न हुने उनले धारणा राखे। जसका कारण गाउँ गाउँजस्तो नरहने र शहर शहरजस्तो नरहने उनको बुझाइ छ। साना व्यवसायीलाई शहरले यस्तो खालको व्यवहार गर्नु (फुटपाथमा व्यापार गर्न नदिनु) गलत भएको उनको धारणा छ। 

‘संसारभरी फुटपाथमा व्यापार गर्ने चलन छ। ‘मैले करिब १७ वटा देश घुम्दा प्रायः शहरमा फुटपाथमा व्यापार गरिरहेको देखेको छु,’ उनले भने। फ्रान्सको पेरिसमा रहेको आइफल टावरमुनि फुटपाथ व्यापार हुने गरेको उनले उदाहरण दिए। ‘त्यहाँ (पेरिस) पनि दैनिक उपभोग हुने सामान पाइन्छन्। यहाँको भन्दा फरक के छ भने त्यहाँ समय, क्षेत्र, मापदण्ड र प्रणाली छ। यो शहरको दायित्व पनि हो। यस्तो अभ्यास सबै देशका ठूला शहरमा छ,’ उनी थप्छन्।
शहरलाई गरिबमुक्त बनाउन खोज्नु मनासिब नभएको समाजशास्त्री घिमिरेको ठम्याइ छ। मेयर बालेन भने गरिबी निवारणभन्दा पनि गरिब निवारण गर्न लागेको आरोप उनले लगाए। निम्नमध्यम वर्गीय नागरिकका लागि यो गलत कदम भएको उनको भनाइ छ।

यसले समाजमा कस्तो विद्रोह ल्याउँछ? भन्ने प्रश्नमा उत्तर भने यस्तो छ, ‘निम्नमध्यम वर्गीय मानिस सडकमा व्यापार गर्छन्। राज्यले जतिसुकै हस्तक्षेप गरे पनि उनीहरु ठूलो विद्रोह गर्न सक्दैनन्। किनकि, ‘गरिबहरुले एक्लैले गर्ने विद्रोह लामो समय रहन सक्दैन। तर, यहाँका केही हुनेखाने वर्ग जोडिएर विद्रोह गर्दा त्यसले निरन्तरता पाउँछ। जसले गर्दा राज्यसत्ता सुन्न बाध्य हुन्छ।’ 

उनका अनुसार कतिपय विद्वानहरुको भनाइमा पनि निम्नमध्यम वर्गीय मानिसहरु कहिले सत्ताका विरोध गर्न पनि सक्दैनन्। भोट पनि हाल्दैनन् भन्ने मान्यता छ। उनीहरुबाट आन्दोलन होला र राज्यसत्ता यो काममा नडग्मगाउने उनको ठहर छ। उदाहरण दिँदै उनले थपे, ‘सुकुम्बासीलाई महानगरले उठाए पनि खासै ठूलो फरक परेन। किनकि, त्यो मुद्दा मध्यम वर्गीय मानिसहरुले बलियो गरेर उठाइदिएनन्।’ सडक आन्दोलनको जड भन्दा पनि मानवताको दृष्टिकोणबाट अगाडि बढ्नुपर्ने उनको जोड छ। 

यसको समाधान भनेको महानगरले निश्चित मापदण्ड बनाएर फुटपाथ व्यापार पुनः सञ्चालन गर्न दिनुपर्छ। अहिले भइइराखेको अभ्यासभन्दा फरक खालको समय र क्षेत्र निर्धारण तोकिदिनु उपयुक्त विकल्प रहेको उनको सुझाव छ। 
०० 
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सेना पनि विकल्प नदिइकन फुटपाथका व्यापार हटाउने महानगरको कदम गलत भएको बताउँछन्। ‘सबै उपभोक्ता बिग मार्टमा गएर किन्न सक्दैनन्। फुटपातका उपभोक्ता पनि छन्,’ उनी भन्छन्। यसले हजारौँ मानिसको रोजगारी खोसिएको उनको तर्क छ। अर्कातिर फुटपाथ पसल नहुँदा उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य भएको उनको विश्लेषण छ। ‘पसल र ठेलागाडामा बेचिने सामानको मूल्य फरक छ। सडकमा आफ्नो जोहो गरेर बाँचिराखेका मान्छेको बाँच्ने आधार गुम्छ। ‘स्वरोजगारको माध्यम खोसिदिने भए सरकारले रोजगारको व्यवस्था गर्नुप-याे’ उनले भने। फुटपाथमा व्यापार गर्न नदिने हो भने चोरी–डकैती बढ्ने उनको भनाइ छ। ‘यसले गर्दा बजारमा चोरी डकैती बढ्छ। भोका जनता सडकमा विद्रोह गर्न बाध्य हुन्छन्। उपभोक्ता राज्यविरुद्धसडकमा आउँछन्,’ उनी निष्कर्ष सुनाउँछन्। 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्