• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

शहरमा गरिबले बाँच्नै नपाउने हो?

64x64
धनु विश्वकर्मा बिहीबार, माघ १९, २०७९  ०९:३४
1140x725

काठमाडौं–  पुस २६ मा बसेको प्रतिनिधि सभा बैठकमा सांसद सन्तोष परियारले भने, ‘राज्य भन्ने अवधारणा ती कमजोर, पिल्सिएका, पिँधमा पारिएका लागि हो। जसले आफनो सुरक्षा आफैँ गर्न सक्दैनन्। राज्य सबैको हो। अझ सबैभन्दा बढी महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यक र गरिबहरुका लागि हो।’ 

उनले संघीय संसद्मा यो धारणले चौतर्फी चर्चा पायो। एक सांसदले राज्य कमजोरहरुका लागि हो भन्दैगर्दा यता काठमाडौं महानगरपालिकाले भने सडकमा व्यापार गरिरहेकाका लागि भने राज्यविहीनजस्तो व्यवहार गरिराखेको छ। फुटपाथको व्यापारबाट घर खर्च चलाइराखेकाहरुको रोजगारी बन्द भएको छ। महानगरले सडकमा ठेलागाडा र साइकलमा व्यापार गर्न प्रतिबन्ध लगाएको छ। सांसद परियारले भने जस्तै ‘के राज्य धनीहरुका लागि मात्र हो र?’ भन्ने सवाल उठिरहेको छ।
००
रत्नराज्य क्याम्पसबाट बागबजारतिर जाने बाटाेमा सानो गल्ली छ। अध्याँरो साँघुरो गल्ली। माघको चिसोले गल्ली झन् चिसिएको छ। तीनजना फुटपाथका व्यापारी लस्करै साइकलमा फलफूल राखेर भित्तामा अडेस लगाएर उभिएका छन्। फुटपाथका व्यापारी अध्याँरो गल्लीमा भेटिन्छन्। खुल्ला ठाउँ, भीडभाड र मुख्य सडकमा भने कतै भेटिँदैनन् आजकाल। तीनैजना हतारमा देखिन्छन्। 

अनुहारमा डर मिश्रित हाँसो छ इन्द्र जादुको। ग्राहकलाई हतार–हतार सुन्तला जोखिराखेका छन्। मोल–मोलाई छैन। सके सस्तोमा दिएर ठाउँ परिवर्तन गर्न हतारो छ उनलाई। जतिसक्दो चाँडो फलफूल बेचेर अर्को गल्लीमा छिर्नु उनले दैनिकी सुनाए। हातमा तराजू छ। तराजूको एकतिर सुन्तला र अर्कोतिर ढक छ। दिमागमा भने महानगरको त्रास  छ। उनको यो हतारो भनेको नगरप्रहरीलाई छल्नु हो। मुख्य रोडमा कहीँकतै ठेलागाडा, साइकलमा कुनै व्यापार गर्न पाइँदैन। ‘महानगरको आतंक छ,’ आक्रोश पोख्दै भने।  

इन्द्रको घर सर्लाहीको गडैयाँ डुमरीया भन्ने गाउँमा हो। साइकलमा फलफूल बेच्न थालेको एक दशक भइसकेको छ। काठमाडौं कर्मथलो भएको लामो समय भइसकेको उनले सुनाए। कालीमाटीमा साथी वीरेन्द्र साहसँग बस्छन् उनी। साथी वीरेन्द्र पनि यस्तै साइकलमा व्यापार गर्छन्। उनी भन्छन्, ‘हामी रातका मात्र साथी हौँ। बिहान ३ बजे उठ्छौं। कालीमाटीमा फलफूल लिन जान्छौं। ढिला गए भीडभाड हुन्छ।'

बिहान ३ बजे कोठाबाट निस्किएर राति अबेर घर फर्किन्छन्। घरमा एक छोरा, एक छोरी र श्रीमती छन्। यहाँको कमाइले छोराछोरीलाई पढाउँछन्। ‘गाउँमा मनग्य खेती गर्ने जग्गाजमिन छैन। अरुको अधियांमात्र कति गर्नु? काम आफूले गर्यो। मेहनत आफ्नो पर्छ। खाने बेला भने अरुको मुखमा पुर्याउनु पर्ने!’, गाउँको दुःख पोखे उनले।
सँगैका दौँतरीहरु विदेश लागे। तर, उनी भने शहर पसे। रोजगारीको खोजीमा काठमाडौं आए। साथीभाइहरुले फुटपाथमा व्यवसाय गरेकाे देखे। उनले पनि त्यही बाटो रोजे। 

काठमाडौंका गल्ली–गल्ली व्यापार गर्न जान्थे इन्द्र। कमाइ राम्रै थियो। परिवारको आर्थिक गर्जो टारेका थिए। जब बालेन शाह काठमाडौंको मेयर (प्रमुख) बनेर आए, त्यसपछि भने आफूहरुको गरीखाने भाँडो नै बन्द भएको उनको गुनासो छ। ‘हाम्रो गरिखाने भांडो नै बन्द भयो। कहाँ जानु? अर्को कुनै सिप छैन। दिनको हजार–१५ सयको फाइदा हुन्थ्यो। अहिले घटेर पाँच सय पनि कमाइ छैन। एक क्यारेट स्याउ ल्यायो। बिक्री हुँदैन। कुहिएर जान्छ। लगानी उठ्दैन,’ उनले दुःखेसो पोखे, ‘उमेरले उनी चार दशक काटिसकेका छन्। विदेश गएर काम गर्ने बेला छैन अब। पढाइ–लेखाइ छैन। अबको विकल्प के हो सोचिसकेको छैन।’ उनको एकमात्र प्रश्न छ ‘के शहर गरिबका लागि होइन?’
००
साइकलमा सुक्न लागेका जस्ता स्याउ, सुन्तला, केरा, अंगुर र अनार छन्। साँघुरो गल्लीमा वीरेन्द्र साह टुसुक्क बसेका छन्। ‘आजकल मानिसको आवत्–जावत् छैन। यसले गर्दा खासै व्यापार छैन,’ उनी भन्छन्। महानगर प्रहरी आएको सुइको पायो कि टाप कस्ने गरेको उनी बताउँछन्। ‘कहाँ जानु? काम–धन्दा छैन। यसरी कसरी बाँच्नु?’, उनले आक्रोशसहित एकसाथ पीडा पोखे, ‘अहिले जीविकोपार्जन गर्ने आधार नै बन्द भएको छ। हामी कहाँ गएर बाँच्ने?’  
वीरेन्द्रको घर बाराको कलैयामा हो। काठमाडौंमा उनी पाँचजना साथीहरुसँग मिलेर भाडाको कोठामा बस्छन्। ‘एक्लै बस्दा भाडा बढी तिनुपर्छ। जसले गर्दा साथीहरुसँग मिलेर बसेको हुँ। मसँग बस्ने फुटपाथ व्यापारी हुन्।’ 

वीरेन्द्रको परिवारमा पाँचजना सदस्य छन्। उनको परिवारको बाँच्ने आधार त्यही साइकलको व्यापार हो। उनका अनुसार श्रीमती र छोराछोरीसँगै घरमा बुढा आमा–बुवा छन्। फुटपाथको व्यापार नै परिवार पालिने आधार हो। आर्थिक स्रोतको अर्को कुनै आधार छैन।

‘हामीजस्ता गरिबमाथि महानगरको आतंक कहिलेसम्म?’, उनी प्रश्न गर्छन्। महानगरले व्यापारका लागि निश्चित समय र ठाउँ तोकिदिनु पर्ने आफूहरुको एउटै माग रहेको उनले बताए। ‘बरु हामी महानगरका नियम पालना गर्न तयार छौँ,’ उनले थपे।

nimb
nimb
Ncell 2
Ncell 2

वीरेन्द्रहरुलाई डरैडर छ। तर, उनीहरुले व्यापार गर्न छोडेका छैनन्। लुकीलुकी बेचिराखेका छन्। ‘गरिखाने यो भाँडो (साइकल) कुन दिन लगिदिने हो भन्ने डर छ। कतिदिन लुकेर बेच्न सकिन्छ?’, उनले दुःख पोखे, ‘एकदिन ल्याएको फलफूल बेच्न तीन दिन लाग्छ। लगानी उठ्नै ग्राहो छ। कुहिएर जान्छ। अझ साइकल नै लगिदिए भने कसरी बाँच्ने? यही प्रश्नले मन गिजोलिराखेको छ।’ 
००
वीरेन्द्रको जस्तै दुःख नागिन्द्र झाको पनि छ। ‘मुख्य रोडमा बेच्न मिल्दैन। साँघुरा गल्लीमा आउन–जान अप्ठयारो हुन्छ। फुटपाथ व्यापारी देख्यो कि महानगर झम्टिन आउँछ’, उनले दुःखेको पोखे। 

उनको घर रक्साैल नाका नजिकै सिमानापारी भारतमा पर्छ। काठमाडौंमा आएर व्यापार गर्न थालेको १५ वर्ष भइसकेको छ। परिवार भने उतै छन्। महानगरले फुटपाथको व्यापार बन्द गरेसँगै आफ्नो आम्दानीको बाटो बन्द भएको उनको भनाइ छ। उनको परिवारको आर्थिक स्रोत भनेकै यही साइकलको व्यापार हो। उमेरले ६ दशक नाँघिसकेका नागिन्द्रसँग फुटपाथ व्यापारबाहेक गरिखाने अरु सीप छैन। यसर्थ उनलाई अब कसरी बाँच्ने भन्ने उनलाई चिन्ता छ।

‘लामो समय यस्तै फुटपाथको व्यापार गरेर दिन गए। जानेको यही काम हो। अब यो बुढ्यौलीमा कहाँ जानु?’, उनी प्रश्न गर्छन्, ‘बालबच्चाको पनि कमाइ  छैन। दुई छोरी छन्। यही कमाइले जेठी छोरीको विवाह गरें। अब कान्छीको केले गर्ने?’

बरु पहिलेदेखि नै फुटपाथमा रोक लगाएको भए अहिले आफूले अर्को काम समाएको हुने उनको भनाइ छ। ‘पहिलादेखि नै व्यापारमा रोक लगाएको भए अर्को काम समात्थेँ,’ उनले थपे, ‘पहिले नै समय र क्षेत्र छुट्याइदिएको भए जीविकोपार्जन गर्न सहज हुन्थ्यो। शहर के धनीका लागि मात्र हो? गरिबको होइन र?’ 

समाज र उपभोक्तामा कस्तो असर?

समाजशास्त्री दीपेश घिमिरे सुख, समृृद्धि, सुविधा र सम्पन्नताका लागि निम्नमध्यम वर्गीय मानिसहरु गाउँबाट शहर पस्नेगरेको बताउँछन्। ती मानिसलाई शहरले निर्मम किसिमको व्यवहार गरेको आरोप उनी लगाउँछन्। शहरको यो रवैयाले समाजको जुन संरचना र संवेदना छ, त्यो नै उथलपुथल हुने जोखिम हुने उनको भनाइ छ। 

‘गाउँका विपन्न मान्छेको आशा शहरसँग जोडिएको छ। गाउँका मान्छेको आशा शहरले नै परिपूर्ति गर्छ। तर, शहरले जहिले पनि गाउँलाई विभिन्न नाममा शोषण गर्छ,’ उनी भन्छन्। शहरमा गरिखान आएका समूहमाथि निर्मम व्यवहार गर्दा विभिन्न समस्या उत्पन्न हुने उनले धारणा राखे। जसका कारण गाउँ गाउँजस्तो नरहने र शहर शहरजस्तो नरहने उनको बुझाइ छ। साना व्यवसायीलाई शहरले यस्तो खालको व्यवहार गर्नु (फुटपाथमा व्यापार गर्न नदिनु) गलत भएको उनको धारणा छ। 

‘संसारभरी फुटपाथमा व्यापार गर्ने चलन छ। ‘मैले करिब १७ वटा देश घुम्दा प्रायः शहरमा फुटपाथमा व्यापार गरिरहेको देखेको छु,’ उनले भने। फ्रान्सको पेरिसमा रहेको आइफल टावरमुनि फुटपाथ व्यापार हुने गरेको उनले उदाहरण दिए। ‘त्यहाँ (पेरिस) पनि दैनिक उपभोग हुने सामान पाइन्छन्। यहाँको भन्दा फरक के छ भने त्यहाँ समय, क्षेत्र, मापदण्ड र प्रणाली छ। यो शहरको दायित्व पनि हो। यस्तो अभ्यास सबै देशका ठूला शहरमा छ,’ उनी थप्छन्।
शहरलाई गरिबमुक्त बनाउन खोज्नु मनासिब नभएको समाजशास्त्री घिमिरेको ठम्याइ छ। मेयर बालेन भने गरिबी निवारणभन्दा पनि गरिब निवारण गर्न लागेको आरोप उनले लगाए। निम्नमध्यम वर्गीय नागरिकका लागि यो गलत कदम भएको उनको भनाइ छ।

यसले समाजमा कस्तो विद्रोह ल्याउँछ? भन्ने प्रश्नमा उत्तर भने यस्तो छ, ‘निम्नमध्यम वर्गीय मानिस सडकमा व्यापार गर्छन्। राज्यले जतिसुकै हस्तक्षेप गरे पनि उनीहरु ठूलो विद्रोह गर्न सक्दैनन्। किनकि, ‘गरिबहरुले एक्लैले गर्ने विद्रोह लामो समय रहन सक्दैन। तर, यहाँका केही हुनेखाने वर्ग जोडिएर विद्रोह गर्दा त्यसले निरन्तरता पाउँछ। जसले गर्दा राज्यसत्ता सुन्न बाध्य हुन्छ।’ 

उनका अनुसार कतिपय विद्वानहरुको भनाइमा पनि निम्नमध्यम वर्गीय मानिसहरु कहिले सत्ताका विरोध गर्न पनि सक्दैनन्। भोट पनि हाल्दैनन् भन्ने मान्यता छ। उनीहरुबाट आन्दोलन होला र राज्यसत्ता यो काममा नडग्मगाउने उनको ठहर छ। उदाहरण दिँदै उनले थपे, ‘सुकुम्बासीलाई महानगरले उठाए पनि खासै ठूलो फरक परेन। किनकि, त्यो मुद्दा मध्यम वर्गीय मानिसहरुले बलियो गरेर उठाइदिएनन्।’ सडक आन्दोलनको जड भन्दा पनि मानवताको दृष्टिकोणबाट अगाडि बढ्नुपर्ने उनको जोड छ। 

यसको समाधान भनेको महानगरले निश्चित मापदण्ड बनाएर फुटपाथ व्यापार पुनः सञ्चालन गर्न दिनुपर्छ। अहिले भइइराखेको अभ्यासभन्दा फरक खालको समय र क्षेत्र निर्धारण तोकिदिनु उपयुक्त विकल्प रहेको उनको सुझाव छ। 
०० 
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सेना पनि विकल्प नदिइकन फुटपाथका व्यापार हटाउने महानगरको कदम गलत भएको बताउँछन्। ‘सबै उपभोक्ता बिग मार्टमा गएर किन्न सक्दैनन्। फुटपातका उपभोक्ता पनि छन्,’ उनी भन्छन्। यसले हजारौँ मानिसको रोजगारी खोसिएको उनको तर्क छ। अर्कातिर फुटपाथ पसल नहुँदा उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य भएको उनको विश्लेषण छ। ‘पसल र ठेलागाडामा बेचिने सामानको मूल्य फरक छ। सडकमा आफ्नो जोहो गरेर बाँचिराखेका मान्छेको बाँच्ने आधार गुम्छ। ‘स्वरोजगारको माध्यम खोसिदिने भए सरकारले रोजगारको व्यवस्था गर्नुप-याे’ उनले भने। फुटपाथमा व्यापार गर्न नदिने हो भने चोरी–डकैती बढ्ने उनको भनाइ छ। ‘यसले गर्दा बजारमा चोरी डकैती बढ्छ। भोका जनता सडकमा विद्रोह गर्न बाध्य हुन्छन्। उपभोक्ता राज्यविरुद्धसडकमा आउँछन्,’ उनी निष्कर्ष सुनाउँछन्। 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्य... आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौ... आइतबार, भदौ ७, २०८३
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्