• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जब प्रकाश आम मान्छेको इतिहास लेख्न तम्सिए

64x64
समर्पण श्री शनिबार, माघ ७, २०७९  १०:४७
1140x725

काठमाडौं– कवि प्रकाश गुरागाईंको कविता संग्रह ‘खुट्टामा श्रीपेच’ले आम मान्छेको विद्रोह बोलको छ। किनाराकृत मान्छेको मुद्दा उठाएको छ। साहित्यमा मात्र हैन, पत्रकारितामा पनि उनी आम मान्छेकै आवाज बुनिरहेका त हुन्थे। 

४ वर्षअघि। एकदिन एउटा झिल्को आयो प्रकाशको मस्तिष्कमा, ‘इतिहास पनि त आम मान्छेको आँखाबाट लेखौं न।’ त्यो झिल्को इतिहासकै गर्तमा पुरिन लागेको नयाँ सडकका कथाबारे थियो। 

सुनिरहने नाम– पिपलबोट। 

कुनै समय कवि, लेखकका एक मात्र जङ्क्क्सन। 

साहित्यिक वृत्तमा फैलिरहेका व्यापक किस्साहरू कुनै समय त्यही पिपलबोटबाटै जन्मिएको थियो। एकाध लेखहरू पढेका पनि थिए प्रकाशले।

‘पुरानो पिपलबोट कस्तो थियो होला?’ उनको कल्पनामा अमूर्त आकृति मडारिइरह्यो। साइकल चढेको पनि चर्चा हुने युग। कवि लक्ष्मी प्रसाद देवकोटाको रिले साइकल पनि चर्चित थियो त्यसबेला। 

कसैले भन्थे– राणशासनविरुद्धको विद्रोह सुरु भएको ठाउँ। कविता क्रान्तिदेखि विभिन्न आन्दोलनको प्रारम्भ भएको ठाउँ।

एकदिन उनी मूलपानीस्थित लेखक नारायण ढकाल निवास पुगे। ‘दाइ पिपलबोट, नयाँ सडकको विषयमा किताब लेख्ने सोच आयो। किताब बन्न सक्छ कि सक्दैन बताइदिनुपर्यो,’ उनले ढकाललाई भने। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रकाशको कन्सेप्ट सुनेर खुसी भए नारायण। भने, ‘बन्छ, राम्रो किताब बन्छ। गज्जब कन्सेप्ट हो। काम गरौं।’ 

त्यो बसाइमा नारायणले प्रकाशलाई राजनीतिसँग जोडेर नयाँ सडकबारे भने, गुप्तचरका विषयमा सुनाए। ‘उहाँले च्याप्टर च्याप्टर गरी विषयहरू छुट्याइदिनुयो। त्यसपछि त सक्छु जस्तो लाग्यो,’ प्रकाश भन्छन्। 

सुरुमा उनले २०/२२ जनासँग भेटे। नयाँ सडकका इतिहास खोतले। एकदिन चर्चित फोटो पत्रकार मितरत्न बज्राचार्यसँग भेट भयो प्रकाशको। मिनरत्नले उनलाई न्यूरोड डुलाए। ‘त्यतिबेलासम्म न्यूरोडको भाग कता छन् थाहा थिएन मलाई,’ उनी भन्छन्।  

त्यही क्रममा प्रकाशले पुरानो फोटो पत्रकार श्रीधरलाल मानन्धरलाई भेटे। प्यारालाइसिसले थलिएका श्रीधरलालले पुराना न्यूरोडका फोटो देखाए। राजा कसरी त्यो बाटो भएर आउँथे, सुनाए। 

Xtrem

Xtrem

No description available.

मिनरत्नले राणाका घरहरू देखाइदिए।

त्यतिबेला नयाँ सडकबारे सुनेका एउटा किस्सा सम्झन्छन् प्रकाश। पहिलो कालपत्रे सडक थियो नयाँ सडक। तर सडकको एक भागमा मात्र गरिएको थियो कालपत्रे।  ‘किन रहेछ भने राणाको रिसल्लाको तबेला नयाँ सडकमा थियो। चिल्लो बनायो भने घोडाको टाप र बग्गीको चक्का चिप्लिन्छ भनेर एक साइडमा मात्र गरिएको रहेछ,’ प्रकाश सुनाउँछन्। 

बुझ्दै र अध्ययन गर्दै जाँदा रमाइलो त भयो। तर पुराना पुस्तक भेटिनै गाह्रो। उनी पुराना पुस्तक पसल धाउन थाले। जब आफूले खोजेका दुर्लभ किताब पाउँथे, विछट्टै खुसी हुन्थे।

०००

किताबमा काम गर्दै जाँदा कोरोनाकाल सुरु भयो। भेट्नुपर्ने थुप्रै मान्छे थिए। भेट ठप्प हुने अवस्था आयो। ४० प्रतिशत लेखिसकेका थिए। बाँकी अगाडि बढाउनुअगावै उनमा ‘फ्रस्टेसन’ पैदा भयो। 

कतिपय भेट्नैपर्ने मान्छेको घरमा जाँदा गेटै खुलेन। निराश भएर बाहिरबाटै फर्किनुपर्यो। कतिपयले गेट खोले। 

तर प्रवेश निषेध!

कोभिडकै समयतिर, उनले पुरुषोत्तम शमशेर जबरालाई भेटेका थिए। ९६ वर्षका जबरालाई भेट्न दिन पनि परिवार मानिरहेको थिएन। ‘मैले जिद्दी गरेर भेटेँ। फर्कँदा पछुतो लागिरह्यो, यदि मेरो कारण उहाँ संक्रमित हुनुभयो भने!’

किताबमा डुब्दाडुब्दै प्रकाश एकोहोरिएछन्। उनले आफू बाहिरी संसारबाटै अलग्गिएको अनुभूत गरे। ‘म त कविता लेख्ने मान्छे, यसमा काम गर्नुअघि कथा लेखिरहेको थिएँ। ती सबैबाट अलग्गिएजस्तो अनुभूत भयो। त्यसपछि मैले नयाँ सडकलाई बिसाएँ,’ उनी भन्छन्।

त्यो बीचमा प्रकाश पुरानै लयमा फर्किए। कविता लेखे, कथा लेखे।

००० 

३ महिनापछि, दयारामभक्त माथेमाको एउटा किताब भेटे, ‘अनुभव र अनुभूति।’

नयाँ सडमा राजा त्रिभुवनले जनसेवा हल दयारामभक्तलाई बकस दिएको प्रसंगदेखि, हल जलेका घटनाहरू पढे। किताब पढेपछि पुनः प्रकाशले सम्झिए, आफूले थन्क्याएको काम। 

त्यसपछि पुनः उनले पाइला अघि बढाए। र सिध्याइछाडे।

९० वर्षअघि सहरको छेउमा पर्ने ठाउँ थियो नयाँ सडक। तर साहित्य, राजनीतिक सबै कुराको केन्द्र थियो त्यो।

आन्दोलन जन्माउने ठाउँ, जहाँका भट्टीबाट कविता क्रान्ति जन्मिए, क्रान्तिकारी जन्मिए। तिनै विद्रोह र क्रान्तिको कथा बोकेको नयाँ सडकलाई प्रकाशले शब्दमा कुँदेका छन्। ४ वर्षको मेहेनतपछि ‘जङ्क्सन पिपलबोट’लाई आजबाट फिनिक्स पब्लिकेशनमार्फत् सार्वजनिक गर्दैछन् प्रकाश। 

तर कविता संग्रह आउँदा जतिको हलुका अनुभुति भएको छैन उनलाई। केही कुरा छुटे जस्तो, केही कुरा पुगेनजस्तो लाग्ने। ‘हुन त ९० वर्षको इतिहास ३ सय पेजमा कहाँ अडिन्छ र। जनताको इतिहास हो, यतिले त पुग्दैन,’ प्रकाश भन्छन्।

०००

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १०:४७
  • #प्रकाश गुरागाईं

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्