• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

जो च्याउको बिउबाट करोडौंको मालिक बने

64x64
कल्पना घिमिरे शनिबार, माघ ७, २०७९  ०७:११
1140x725

काठमाडौं– मोरङका विजय सापकोटा बाल्यकालबाट कृषि पेशामा रुचि राख्थे। कक्षा आठमा पढ्दा उनले बा आमाको सहयोगमा कुखुरा फार्म खोलेका थिए। कुखुरा पालनबाट राम्रै आम्दानी थियो। 

विजयले च्याउखेतीबारे छिमेकी भाइबाट सुनेका थिए। सुन्ने बित्तिकै उनलाई च्याउ खेतीमा रुचि बढ्यो। प्लस टु पढ्दापढ्दै च्याउखेती गर्ने तयारीमा लागे। 

पराल प्रशस्त थियो। परालमा च्याउको बिउ रोपेपछि पानी हालिदिए मात्र पुग्ने। ‘मल पनि राख्नु नपर्ने सजिलै च्याउ खेती गर्न सकिने भएकाले यही गर्छु भन्ने लाग्यो,’ उनी भन्छन्।

विसं २०६८तिर आफ्नै गाउँमा प्रतिप्याकेट ४० रुपैयाँ दरले एक सय प्याकेट च्याउको बिउ किनेर खेती सुरु गरे। त्यतिबेला गाउँमा च्याउखेती हुँदैनथ्यो। 

उनले उत्पादन त गरे, तर बजार थिएन। त्यतिबेला मान्छेहरू च्याउ खान पनि डराउँथे।

‘टोलटोलमा डुलाएर बिक्री गरियो। च्याउमा विष हुन्छ भन्ने भ्रम थियो। विस्तारै बुझ्दै गएपछि ग्राहक बढ्न थाले। अनि च्याउको बजार फस्टायो,’ उनी भन्छन्।

पहिलो पटक एक सय प्याकेट बिउ रोपेका थिए उनले। त्यसबाट पाँच सय केजी च्याउ उत्पादन भयो। फेरि त्यही ठाउँमा खेती गरे। पटकपटक खेती गर्दा उत्पादन क्रमशः घट्दै पो गयो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘किन घटेको रहेछ भन्नेबारे अहिले थाहा भयो। च्याउखेती एउटै ठाउँमा छिटोछिटो लगाउनु नहुने रहेछ। नयाँनयाँ ठाउँमा लगाउँदा उत्पादन वृद्धि हुने रहेछ भन्ने लाग्यो,’ उनी भन्छन्। 

उनी च्याउको बजार खोज्दै काठमाडौं पसे। काठमाडौं आएपछि उनले चार जना साथीसँग मिलेर नख्खिपोटमा घर भाडामा लिए। फेरि च्याउका बिउ उत्पादन गर्न थाले। एक महिनापछि लगानी छाडेर उनी हिँडे। त्यतिबेला कमाउने भन्दा रमाउनेतिर लाग्ने साथी भएपछि कमाइ गर्न नसकेको अनुभव छ उनको।

उनी मोरङ फर्किए। साथीले च्याउको बिउ उत्पादन गर्थे। उनले एक विघा जमिन लिएर मोरङमै च्याउ खेती गरे। तर च्याउ फार्ममा आगलागी भयो। उनको फार्मको बीमा पनि थिएन।

फेरि निराश भएर उनी काठमाडौ फर्किए।

Xtrem

Xtrem

काठमाडौंमा नयाँ साथी भेटे। ती साथीहरूले च्याउ उत्पादनमा लगानी गर्ने लगाउने सहमति गरे। फेरि त्यहाँ पनि फाइदा नदेखेपछि उनले एक महिनामै छाडेर हिँडे। 

च्याउ खेतीबाट असफल भएको भान भयो। त्यसपछि उनको तयारी कोरिया जानमा भयो। एक पटक कोरियन भाषाको परीक्षा पनि दिए। तर नाम निस्किएन। नाम ननिस्किएपछि केहीदिन निराश भए। फेरि सोचे, ‘अब यतै अडिग भएर काम गर्छु।’ 

फेरि उनले अर्कासाथी भेटे। ती साथीसँग मिलेर भक्तपुरमा कोठा भाडामा लिए। च्याउको बिउ उत्पादन गरे। त्यतिबेला पनि घाटा नै भयो।

त्यसपछि अर्को प्रयास पनि च्याउ खेतीमा भयो। त्यसपछि बालाजुमा बिउ उत्पादन गर्ने काम गरे। त्यहाँबाट भएको आम्दानीबाट उनको चित्त बुझेन। ‘त्यहाँबाट पनि दीर्घकालीन हुँदैन जस्तो लाग्यो,’ उनी सम्झन्छन्। साथीहरूको समूहमा गर्ने काम नफापेपछि उनी निस्किए त्यहाँबाट।

त्यसपछि उनले ललितपुरको इमाडोलमा घर भाडामा लिएर सानो लगानीबाट आफ्नै व्यवसाय सुरु गरे। फार्मको नाम राखे आफ्नै नामबाट– ‘विजय कृषि फार्म’।

फार्ममा आवश्यक सामाग्रीहरू चिनेजानेकासँग उधारोमा लिए। अहिले उनको फार्ममा च्याउको बिउ उत्पादन हुन्छ। च्याउको बिउबाट राम्रो आम्दानी हुन थाल्यो। 

यसअघि जति पनि असफल भए, उनलाई त्यसबाट सिकाइ भयो। निकै व्यक्तिहरूसँग सम्बन्ध जोडियो। 

त्यसले यसपटकको व्यवसाय गर्न सहज वातावरण मिल्यो। २ वर्षअघि पकेट खर्चबाट सुरु गरेको व्यवसायले अहिले २ करोडको पुँजी निर्माण गरेको छ। उनी मासिक दुई लाखसम्म कमाइ हुने बताउँछन्। 

अहिले व्यावसायिक रुपमा ठूलो परिमाणमा च्याउको बिउ उत्पादन गर्नेमध्ये आफ्नो फार्म पाचौं स्थानमा गनिने विजय बताउँछन्। उनले बिउ उत्पादनका लागि १० जना कामदार राखेका छन्। 

उनको फार्ममा विभिन्न प्रकारका च्याउको बिउ उत्पादन हुन्छ। जसमध्ये सबैभन्दा बढी प्रचलित मध्येका च्याउ कन्य (पाते), डल्ले, सिताके, दुधे, गानोडर्मा, यार्सागुम्बा आदि उत्पादन गर्छन् उनी।

बिउ उत्पादन गर्न आवश्यक सामाग्रीहरू भारत, क्यानडादेखि ल्याउँछन्। फार्ममा बिउ उत्पादन दैनिक तीन सयदेखि पाँचसयसम्म हुन्छ। नेपालभरि कम्तिमा चार सय च्याउ फार्मबाट बिउ बिक्री हुने गर्दछ।

व्यवसाय गर्दा एक पटक कृषि अनुदान लिन कृषि मन्त्रालय गएका पनि थिए विजय। सरकारले कृषि क्षेत्रमा अनुदान दिन्छ भन्ने सुनेका थिए। उनका अनुसार एक करोड लगानीमा फार्म खोल्दा ५० लाख रुपैयाँ सरकारबाट अनुदान लिन मिल्ने व्यवस्था रहेछ। 

तर उनले अनुदान पाएनन्। किन त?

‘कृषकलाई यो अनुदान प्राप्त गर्न असहज छ। अनुदान लिन जाँदा कर्मचारीले ५० प्रतिशत लिएर शतप्रतिशत दिएको रेकर्ड राख्छन्। कृषकले अनुदानवापत् एकदमै कम पाउँछन्। कर्मचारीले सेटिङ मिलाएर अन्त्यमा किसानलाई फसाउँछन्। त्यो बुझेर मैले अनुदान लिइनँ,’ उनी गुनासो गर्छन्। 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्