• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
माइलस्टोन सिनेमा

फिल्म ‘बलिदान’ : जसले ‘पार्टीका सहिद’लाई देशको सहिद बनायो

64x64
समर्पण श्री बिहीबार, माघ ५, २०७९  ०८:०५
1140x725

काठमाडौं– नेपालमा गणतन्त्र स्थापना भयो, संविधान बन्यो, देश संघीयतामा गयो। परिवर्तनका खातिर ठूलाठूला आन्दोलनमा लडेका योद्धाहरूकै कारण आज हामी निष्फिक्री श्वास फेर्न पाइरहेका छौं।

तर ती योद्धाहरू कतै हामीले बिर्सिएका त छैनौँ?

विसं २०५४ सालमा प्रदर्शन भएको फिल्म ‘बलिदान’ हेर्‍यो भने हामीलाई यो कुराले सधैं झक्झकाइरहन्छ। ०३६ सालपछि र ०४६ सालअघिको सेरोफेरोको कथामा बनेको फिल्मले त्यतिबेलाको आन्दोलन र भूमिगत जीवन बिताएका योद्धाहरूको जीवन्त चित्रण गर्छ। 

साढे २ दशकअघि प्रदर्शन भएको यो फिल्मको चर्चा अझै पनि उत्तिकै हुने गर्छ। फिल्ममा समावेश ‘गाउँ गाउँ बाट उठ’, ‘गाई त बाँध्यो ढुंग्रोमा,' ‘रक्तक्रान्तिको ज्वालामुखीमा'लगायतका जनवादी गीतले अझै पनि नसाका रगत उमाल्ने ताकत राख्छन्। फिल्मका प्रत्येक डाइलगहरू केवल डाइलग छैनन्, कुनै कविताका जबर्जस्त पंक्ति जस्ता लाग्छन्।

फिल्ममा भूमिगत जीवन बिताइरहेको क्रान्तिकारी पात्र अर्जुन (हरिवंश) समातिएर जेल पर्छ। उसले एउटा कागजमा सही गरिदिए मात्र पनि सहजै छुट्न सक्छ। उसकी आमा (लक्ष्मी गिरी) रुँदै जेलमा आएर भन्छिन्, ‘बाबु, सरहरूले जहाँ जहाँ भन्नुहुन्छ सही गरिदेऊ।’ त्यतिबेला अर्जुनले उनकी आमालाई सम्झाउँदै भन्छन्–

आमा मैले उहाँहरूले भनेको कागजमा सही गरिदिएँ भनेदेखिन्, मेरा कयौं साथीहरूको नाम भनिदिए भनेदेखिन् मलाई छाडिदिन्छन् रे। त्यसपछि तिमीजस्ता कति आमाहरू रुन्छन्। रुन कति गाह्रो हुन्छ है आमा! त्यो आँसुले कस्तो पोल्दछ है आमा। ए आमा, बरु तिमी एक्लै रोइदेऊ न। 

मेरी आमा एक्लै रोइदिन् भनेदेखिन् कयौं आामाहरू हाँसेर बाँच्न पाउनेछन्। तिमीले एउटा छोरालाई माया मारिदेऊ भनेदेखिन्, कयौं आमाले आफ्नो छोरालाई काँखमा राखेर माया गर्न पाउनेछन्। जानुभन्दा अघि आफ्नो आँसु आफैं पुछेर मलाई बल पठाइदेऊ आमा। यो मेरो शरीर तिम्रो मायामा मात्र बाँचेको छैन। हजारौं क्रान्तिवीरहरूको विश्वास र मायामा बाँचेको छ।

फिल्ममा कैयन् यस्ता डाइलग छन्, जसले दर्शकको आँखा मात्र भरिन्नन्, त्यतिबेलाका आन्दोलनप्रति असीम श्रद्धा जगाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

००० 

‘बलिदान’ नेपाली फिल्म उद्योगमा बिर्सन नसकिने नाम हो। तुलसी घिमिरेलाई आज पनि उनका फिल्मबारे सोध्ने हो भने सम्झनाको पहिलो झिल्कोमै ‘बलिदान’ पाउँछन् उनी। 

कलाकार हरिवंश आचार्यलाई सोधेको थिएँ, ‘तपाईंलाई आजसम्म सबैभन्दा चुनौती लागेको भूमिका कुन हो?’ उनले फिल्म ‘बलिदान’ सम्झिएका थिए। सधैं हँसाइरहने पात्रले ‘बलिदान’मा धेरैलाई रुवाए। र जगाए पनि। योद्धाहरूको भूमिगत जीवन चित्रण गरेर उनीहरूको चरित्रलाई न्याय गरे।

फिल्म निर्माण गर्दाका कथाबारे झण्डै एक वर्षअघि फिल्मका निर्देशक तुलसी घिमिरे (जसको सिनेमाटोग्राफी पनि उनैले गरे) नेपाल आउँदा जिज्ञासा राखेको थिएँ। त्यतिबेलाको भेटमा घिमिरेले फिल्म बनाउँदाका प्रसङ्ग सम्झिएका थिए।

‘बलिदान’ बन्नमा निर्माता श्याम सापकोटा र जनवादी गायक रामेशको ठूलो संघर्ष जोडिएको छ। रामेश र श्यामसँगको कुराकानीमा पनि उनीहरूले त्यतिबेलाको प्रसङ्ग सम्झिए। ‘रामेश जी नहुनुभएको भए यो फिल्म बन्दैन थियो। आन्दोलनमा लागेजत्तिकै गरी उहाँ फिल्ममा खट्नुएको छ। श्याम जीले फिल्म निर्माणमा निकै कस्ट ब्यहोर्नुपरेको छ,’ निर्देशक घिमिरे सम्झन्छन्।

रामेशले ‘बलिदान’ बाहेक कुनै फिल्ममा गीत गाएनन् पनि। ‘बलिदान’मा उनले संगीत संयोजन मात्र गरेनन्, कथाको विकास, डाइलग निर्माण लगायत पूरा प्रकियामा लिड गरे।

जब मोदनाथको कथा रामेशकहाँ आइपुग्यो
विसं २०५२ सालतिर। त्यतिबेला मनमोहन अधिकारीको सरकार थियो। उक्त सरकारमा मोदनाथ प्रश्रित शिक्षामन्त्री थिए। एकदिन श्याम सापकोटा रामेशकहाँ आएर भने, ‘मोदनाथ प्रश्रितको सपना उपहार देशमा भन्ने कथा छ। त्यो कथामा फिल्म बनाउने कुरा गर्नुभएको छ। तपाईंले सहयोग गर्नुपर्‍यो।’

रामेशले कथा पल्टाए, जम्मा ६ पेजको छ। कथामा पञ्चायती व्यवस्थाविरुद्ध लागेको युवकलाई फाँसी दिने बेलामा उसले बोलेको संवाद छ। ‘त्यतिले त पुग्दैन। फिल्म बन्दैन। फिल्म बनाउनका लागि धेरै कुरा चाहिन्छ। कथा, घटनाक्रम, संवाद,’ रामेशले भने।

त्यसपछि घटना र संवाद थप्ने  बाँकी जिम्मा श्यामले रामेशलाई नै छाडिदिए।

रामेश स्वयम् वामपन्थीप्रति झुकाव राख्ने मान्छे। उनी राल्फा आन्दोलनमार्फत् जनवादी गीत गाउँथे। उनले देशभक्त क्रान्तिकारीको सँगत पनि गरेका थिए। उनीहरूका कुरा सुनेका थिए। ‘०४६ सालअघि कांग्रेसका देशभक्त पनि  व्यवस्थाविरुद्ध आन्दोलनमा भूमिगत भएका कथा मलाई थाहा थिए। वामपन्थीका कथा पनि मलाई थाहा थिए। मेरा बा सरकारी जागिरे भएकाले सरकारी जागिरेहरूमा भएको इमान्दारिता पनि मलाई थाहा थियो। दुई विचारधाराले परिवर्तनको लागि र राष्ट्रसेवक कर्मचारीले व्यवस्थाविरुद्ध लडेको कुरालाई एकै ठाउँमा ल्याउनु थियो,’ रामेश सम्झन्छन्।

त्यसपछि रामेशले २४ दिन लगाएर संवाद, घटना लेखे। कथा पूर्ण भएपछि निर्देशकको खोजी भयो। रामेशले तुलसी घिमिरेका फिल्म हेरेका थिए। रामेशलाई लायो, ‘सायद यो काम गर्न उहाँले मात्र सक्नुहुन्छ।’

आफू काठमाडौं आएको बेला श्याम र रामेश फिल्मको प्रस्ताव लिएर आएको घिमिरे सम्झन्छन्। ‘श्याम सापकोटा र रामेश जीले बलिदान फिल्मका लागि प्रस्ताव गर्नुभयो। तर मलाई यताको राजनीतिक घटनाक्रमबारे थाहा थिएन। यसमा रामेशजीले सघाउने सहमति भयो,’ घिमिरे भन्छन्।

हरिवंश ‘हिरो’ भन्दा मान्छेहरू हाँसे
फिल्ममा मुख्य पात्रले क्रान्तिकारीको भूमिका निभाउनुपर्थ्यो। गम्भीर विषयमाथि बन्न लागेको फिल्ममा इमान्दार र संवेदनशील कलाकार चाहिन्थ्यो। ‘त्यसरी इमान्दार हुन सक्ने पात्र को छ त? जसले क्रान्ति बुझेको होस् र उसको इमान्दारिताप्रति कुनै शंका नहोस्?’ उनीहरूले यही मान्यता राखेर कलाकारको खोजी गरे।

रामेश र तुलसीका आँखामा यस्तो पात्रको इमेज ‘महजोडी’को आयो। अर्थात् हरिवंश र मदनकृष्ण। तुलसीले उनीहरूका प्रहसन हेर्दा ठान्थे– ‘यस्तो गम्भीर विषयमा किन हँसाएको होला!’

तुलसी भेटमा महजोडीलाई भन्ने गर्थे, ‘तपाईंहरू राष्ट्रका गहिरा गहिरा कुरा उठाउनुहुन्छ, तर मजाकमा। हँसाएर हैन गम्भीर भएर भन्नुस् न।’ 

‘बलिदान’ उनीहरूले महजोडीलाई नै लिएर बनाउने भए। ‘हास्य कलाकारलाई नै हिरो बनाउने भनेर धेरै हाँसे। पछि फिल्ममा उनीहरूको गम्भीर काम देखेपछि हास्नेहरू नै पछुताए,’ रामेश सम्झन्छन्।

हरिवंशलाई पनि रामेशले त्यो प्रस्ताव ल्याउँदा आफू गर्न सक्छु जस्तो लागेको थिएन।

‘त्यतिबेलासम्म मेरो इमेज हास्य व्यंग्यमा मात्र थियो। गम्भीर फिल्म गर्नेमा थिएन। प्रस्ताव आउँदा मैले यस्तो भूमिका गर्दा बिग्रियो भने के गर्ने भनेर रामेश दाइलाई भनें। उहाँले बिगार्दैनौ त्यो  तिम्रो आँखामा हेरेर थाहा पाएको छु भन्नुभयो,’ हरिवंश सम्झन्छन्।

फिल्म सुटिङको क्रममा हरिवंश नियमित दौडने र अभ्यास गर्दाका क्षण सम्झन्छन्। 

फिल्ममा मदनकृष्ण लाहुरेको भूमिकामा थिए। त्यतिबेला नेपालका लाहुरेहरूसँग रामेशको चिनजान थियो। ‘मलाया युद्धमा कम्युनिष्टलाई खेद्दाको अनुभव नेपालका लाहुेरसँग थिए। लड्दालड्दै घाइते हुँदा दुश्मनलाई उपचार गरेर बचाएका थिए कम्युनिष्टले। त्यस्ता क्रान्तिकारीलाई देख्दा श्रद्धा जाग्ने कुरा लाहुरेहरूले गरे। अनि यो लाहुरेको प्रसङ्ग पनि फिल्ममा जोडेँ,’ उनी भन्छन्। 

त्यसताका हरिवंश निकै मोटा थिए। तुलसीले उनलाई ६ महिनाअघि भने, ‘फिल्म सुटिङको बेलासम्म ७ किलो घटाउनू।’ हरिंशले ६ महिनामा १० किलो घटाइदिए।

हिरोइनका लागि रामेशले अञ्जना श्रेष्ठलाई छनोट गर्ने विचार गरे। त्यतिबेला नेपाल टेलिभिजनमा थुप्रै टेलिसिरियल छान्ने जिम्मा सुनिल पोखरेल, नवीन सुब्बा र रामेशलाई थियो। एउटा टेलिसिरियलमा अञ्जनाको काम हेरेका थिए रामेशले। उनको अभिनयबाट प्रभावित पनि बनेका थिए। ‘यो कुरा मैले तुलसीलाई भनेँ, उहाँले उनको टेलिसिरियलको अभिनय देखेर राजी हुनुभयो,’ रामेश सम्झन्छन्।

फिल्ममा नीर शाह प्रहरी अधिकारीको भूमिकामा छन्। ‘प्रहरी फिल्मभर एन्टागोनिस्ट देखिन्छ। तर एक पलका लागि ऊ प्रोटागोनिस्ट हुन्छ, त्यो पनि सफ्ट तरिकाले हैन। यो भूमिका केवल नीर शाहले मात्र निभाउन सक्थे,’ तुलसी सम्झन्छन्। 

फिल्ममा अन्य हास्य कलाकार पनि गम्भीर भूमिकामा छन्। तुलसी किरण केसी, राजाराम पौडललाई भन्थे, ‘अहिलेसम्म जस्तो गरिरहनुभएको छ। सबैको अपोजिट रोल हो।’ नभन्दै तुलसी कलाकारको कामबाट सन्तुष्ट भए।

फिल्ममा अन्य कलाकार लक्ष्मी गिरी, शान्ति मास्के, प्रदीप सिंह, नरेन्द्र थापा,  रामचन्द्र अधिकारी, जितेन्द्र महत अभिलाषी, कृष्ण शिवाकोटी, केशव भट्टराई, बीएस राना, रामकृष्ण बजगाईं, अञ्जली लामा, मोनिका लामा लगायतका कलाकारको अभिनय छ। साथै रंगकर्मी सुनिल पोखरेल पनि क्रान्तिकारीको भूमिकामा देखिन्छन्।

फिल्मको शुभमूहूर्त मनमोहन अधिकारी र गणेशमान सिंहको हातबाट गरिएको थियो। गणेशमान र मनमोहनले परिवर्तनका लागि लडेका आन्दोलन र सहिदहरूको योगदानमाथि बन्ने फिल्मप्रति खुसी व्यक्त गरेका थिए। र उनीहरूको टिमलाई शुभेच्छा प्रकट गरेका थिए। 

फिल्मको छायाङ्कन उनीहरूले धरान, इनरुवा र काठमाडौंको तेलकोटमा गरे। सुटिङका लागि जेल चाहिएको थियो। उनीहरूले इनरुवामा पुरानो जेल त पाए, तर त्यो पब्लिक ट्वाइलेटको रुपमा प्रयोग भएको थियो। निकै दिन लगाएर ट्वाइलेट सोहोरेर उनीहरूले पुनः जेल बनाए। 

फिल्मको अन्तिम सिन भने तुलसीले अन्तिममा परिवर्तन गर्नुपर्‍यो। स्क्रिप्टको अन्त्यमा क्रान्तिकारी पात्रलाई गोली ठोकेर मृत्युदण्ड दिइन्थ्यो। तर हरिवंशले सचेत गराए तुलसीलाई, ‘दाइ यो कथा त ०३६ पछिको हो। वास्तविक कथामा फिल्म बन्दैछ भने त काल्पनिकता हुँदैन। त्यतिबेला फाँसी थिएन नि।’

फाँसी दिने व्यवस्था नभएको हुँदा कसैलाई मार्नुपर्‍यो भने गोली ठोक्ने प्रवृत्ति थियो। ‘त्यसरी गोली ठोकेर मार्ने अनि भाग्ने क्रममा गोली लाग्यो भनेर थुप्रै हत्याकाण्ड घटाइए। अन्तिम सिनमा त्यही दृष्टान्त राख्यौं,’ हरिवंश भन्छन्।

अवरोधका बाबजूत फिल्म
फिल्म सुटिङमा जानुअघि निर्माता श्याम सापकोटाले ३९ लाख खर्चको आँकलन गरेका थिए। उनले बैंकबाट ३० लाख ऋण ३६ प्रतिशत ब्याजदरमा लिए। बाँकी साथीभाइ र आफन्तसँग मागे। तर खर्च उनले सोचेभन्दा धेरै लाग्यो। ‘सुटिङ सकिँदासम्म ६५ लाख पुगेको थियो,’ श्याम सम्झन्छन्। फिल्मको प्रिन्ट बिग्रेर पुनः दोस्रोपटक गर्नुपरेको थियो। 

०५४ सालमा फिल्म रिलिज भयो। फिल्म प्रदर्शन हुँदासम्म उनको जग्गा लिलामीमा गइसकेको थियो। फिल्मकै लागि काटेको ऋणले श्यामको निद्रा हररात बिथोल्यो।  

उता फिल्म रिलिज गर्न सहज थिएन। फिल्म चल्न नदिन धेरै जना लागिपरेको रामेशको आरोप छ। उनीहरूले टाँसेको होडिङबोर्ड, पोस्टर भोलिपल्टै च्यातिएका हुन्थे। पहिलो पटक फिल्म लाग्दा चल्न नदिई हलबाटै हटाइदिएपछि अपमानित भएर रामेश झलनाथ खनाललाई भेट्न गएका थिए। ‘यो फिल्म देशमा भएको क्रान्तिको उदाहरण हो, परिवर्तनको उदाहारण हो। देशका भलाइका निम्ति लड्नेहरूको कथा हो। यतिको फिल्मलाई चल्न नदिनु भनेको सहिदहरूको अपमान हो,’ रामेशले भने।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल उक्त फिल्म प्रदर्शनको क्रममा आफूले  सहयोग गरेको सम्झन्छन्। ‘त्यो फिल्मलाई जतिसक्दो जनताको बीचमा पुर्‍याउनु थियो। जनताको कथा भन्ने, आम मान्छेको जीवनस्तरलाई प्रतिबिम्बित गर्ने त्यतिको फिल्म त्यसअघि बनेको पनि थिएन। सामाजिक र सांस्कृतिक परिवर्तनका लागि फिल्मले अथाह योगदान गर्नसक्थ्यो। फिल्म चल्न अफ्ठ्यारो अवस्था भइरहेको बेला मैले हलवालाहरूलाई आग्रह गरेँ। र सरकारको तर्फबाट पनि त्यतिबेला सहयोग गरेँ,’ झलनाथ भन्छन्।

फिल्म चलाउन सबै कलाकारले पनि आफ्नो तहबाट प्रयत्न गरेका थिए। त्यतिबेला हरिवंशले आफूले गरेको प्रयत्न पनि सम्झन्छन्। 

उसो त विश्वज्योति हलमा नेपाली फिल्म चल्नु भनेको व्यापार डुब्छ भन्ने थियो। हलमा फिल्म चलाउनका लागि सञ्चालकलाई रिझाउने निर्माताहरूको भीड लाग्थ्यो। फिल्म हलबाट खोस्ने चलन थियो। विश्वज्योतिले हल नदिएपछि ‘बलिदान’ अर्को हलमा लाग्यो। तर नचलेपछि हरिवंश विश्वज्योतिका सञ्चालक गरिबनाथ सराफलाई भेट्न गएको प्रसंग सम्झन्छन्।

‘उहाँको कान्छो छोरा मेरो साथी। साथीमार्फत् गरिबनाथलाई गएर म हजुरको शरणमा आएको छु भनेर भनेँ। उहाँले जेठो छोरालाई भने कुनै हालतमा फिल्म लगाउनु भनेर आदेश दिए। त्यसपछि फिल्म औधी चल्यो,’ हरिवंश भन्छन्। 

राजनीतिक तवरबाटै आदेश पुगेपछि फिल्म फेरि विश्वज्योति हलमा लाग्यो। फिल्म १ सय ३३ दिनसम्म चल्यो। फिल्मका लागि रामेशले आफूले पढाइरहेको स्वर्णीम स्कुल २ वर्ष छाड्नुपरेको थियो। फिल्म हलमा लागिसकेपछि दर्शकहरूको भीड देख्दा उनी निकै खुसी थिए।

फिल्म रिलिजको समय हरिवंश एउटा कुरा सधैं सम्झिरहन्छन्। विश्वज्योतिमा हरिवंश परिवारसहित फिल्म हेर्न पुगेका थिए। जब हरिवंश (अर्जुन)ले यातना भोगिरहेका सिन आउँथ्यो, उनका जेठा छोरा बुबालाई पिटे भनेर रुन्थे। 

फिल्मको धेरै चर्चा भयो। फिल्मले राजनीतिक तवरमा बहस सिर्जना गर्‍यो। ‘त्यो फिल्म आउनुअघि दुर्गानन्द झालाई कांग्रेसको सहिद भन्थे। अरु सहिदलाई पनि पार्टीको सहिद भनिन्थे। यो फिल्मपछि सहिदलाई पार्टीको सहिद भन्न छाडियो। देशको सहिद भन्न थालियो,’ रामेश सम्झन्छन्। 

झलनाथ रामेशको दाबीमा सहमत हुन्छन्। फिल्मले त्यतिबेला पारेको सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभाव अतुलनीय भएको बताउँछन्। 

‘रामेश जीको कुरामा मेरो सहमति छ। कोही आन्दोलनमा हुँदा कुनै पार्टीमा थिए होलान्। कोही स्वतन्त्र तवरले लडे होलान्।तर आखिर देशका लागि लडेका हुन्। फिल्मले त्यसरी लडेकाहरू पार्टीको मात्र नभई सहिद देशका हुन् भन्ने कुरा जगायो र सहिदको कुनै पार्टी हुँदैनन् भन्ने कुरा जोड दियो,’ झलनाथ भन्छन्।

प्रदर्शनपश्चात् नेपालको प्रगतिशिली आन्दोलनमा फिल्मले ठूलो प्रभाव पारेको उनी सम्झन्छन्। ‘आम जनताले आफूमाथि भएको शोषण, दमनमाथि संघर्ष गर्नुपर्छ भन्ने कुराको चेत फिल्मले गराएको थियो। र अहिले पनि समाजमा वर्गसंघर्ष सकिएको छैन। बलिदान फिल्मको सान्दर्भिकता अझै उतिकै छ,’ झलनाथ भन्छन्।

१ सय ३४औं दिनमा फिल्म हलबाट उतारियो। त्यसपछि अशोक शर्माको ‘अल्लारे’ लाग्यो विश्वज्योतिमा। ‘तर अल्लारे लागेको २० दिनसम्म पनि दर्शकहरू बलिदान फिल्म खोज्दै आए,’ रामेश सम्झन्छन्।

मोदनाथले फिल्म हेरिसकेपछि रामेशलाई दिएको प्रतिक्रिया उनी सम्झन्छन्,‘यति राम्रो बनेछ। यो त मैले लेखेकै हैन त!’

२५ वर्षसम्म फिल्मले बोकेको ऋण 
फिल्मले त्यतिबेला ६५ लाख संकलन गर्यो। तर फिल्म चलाउनका लागि गरिएका विज्ञापन र ऋण घटाउँदैमा सकियो पैसा। 

२५औं वर्षपछि पनि फिल्मको चर्चा फिल्मप्रेमीमाझ, साहित्यिक तथा राजनीतिक वृतमा भइरहन्छ। तर, श्यामले वर्षौंसम्म फिल्मका लागि लिएको ऋणको भार बोकिरहनुपर्‍यो। 

ऋणले उनको निद्रा खोसिरह्यो। हरिवंश त्यो फिल्मबाट आफूले एक रुपैयाँ पनि नलिएको बताउँछन्। ‘श्याम जीले घर धितो राखेर ऋण लिनुभएको थियो। त्यही तिर्न सकिरहनुभएको थिएन। यस्तो अवस्थामा पैसा लिन मन लागेन,’ उनी भन्छन्। 

श्यामले अघिल्लो वर्षमात्र ऋण तिरेर आफ्नो जग्गा उकासे। ‘२५ वर्षसम्ममा साँवा ब्याज गरी१ करोड ५६ लाख तिरेँ। त्यो तनाब त हालसम्म पनि रहिरह्यो,’ श्याम भन्छन्।

यति हुँदाहुँदै पनि उनमा जीवनभर बाँचिरहने एउटै सन्तुष्टि रह्यो, ‘फिल्मलाई इतिहासले सम्झिरहने छ।’

(माइलस्टोन सिनेमाको यो पहिलो शृङ्खला हो। नेपाली फिल्म उद्योगमा कोशेढुंगा सावित भएका सिनेमाहरूबारे हामी अन्य शृङ्खला पनि प्रकाशन गर्नेछौं।)

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०८:०५
  • #बलिदान
  • #रामेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट सोमबार, असोज ५, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्