• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

४० वर्षको आयु तोकिएका महेश, जो टाउकोमा बमका छर्रा बोकेर संसद् गइरहन्छन्

64x64
धनु विश्वकर्मा बिहीबार, पुस २८, २०७९  १४:२७
1140x725

काठमाडौं– ‘महेशजी, तपाईंको आयु ४० वर्ष मात्र हो,’ वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटाले यसो भनिरहँदा टाउकोभरि बमका छर्रा बोकेका महेशकुमार महरा (सुधीर) ले लामो आयु बाँच्छु र देशका लागि केही गर्छु भन्ने आस मारिसकेका थिए।

यतिबेला महेशको उमेर ४३ वर्ष पुगेको छ। ‘म स्वर्गीय डा‍. देवकोटाले तोकेको आयुभन्दा ३ वर्ष बढी बाँचिसकें’, महेशले हाँस्दै भने, ‘खुसी हुनु नै मेरो जीवनको संकल्प हो।’ उनको हाँसो भने पीडा मिश्रित देखिन्थ्यो।

माओवादी सशस्त्र युद्धका क्रममा घाइते भएका उनी ५ वर्षदेखि राष्ट्रिय सभा सदस्य छन्। २०७४ सालमा अपाङ्ता भएका व्यक्तिको कोटाबाट राष्ट्रिय सभामा चुनिएका महेशको कार्यकाल अझै १ वर्ष बाँकी छ।

०००

२०६२ साल फागुन १४ गते। त्यतिबेला महेश माओवादी आन्दोलनमा होमिएका थिए। उनको कार्यक्षेत्र पाल्पा थियो। पाल्पाको धरमपानीमा माओवादी र राज्यपक्षबीच दोहोरो भिडन्त भयो। ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीतिअन्तर्गत नेता र कमाण्डरहरुको क्षेत्र परिवर्तन भइरहन्थ्यो। त्यसैको सिलसिलामा उनी डडेलधुराबाट पाल्पामा आएका थिए। उनी पार्टीको पाल्ला जिल्ला कमिटी सदस्य (डीसीएम) समेत थिए।

Mahesh_Mahara_11673501276.jpg

राज्यपक्षका सुरक्षाकर्मीले हेलिकोप्टरबाट फायरिङ गरे। माथिबाट खसेका बमका टुक्रा टाउकोभरि परे। जमिनमा पनि भिडन्त चलेकै थियो। दुई गोली महेशको दायाँ खुट्टामा लाग्यो भने माथिबाट खसेको बमको छर्राले शरीरको सबै भाग छिन्नभिन्न भयो। 

विद्रोही पक्षबाट वीरभान चौधरीको कमाण्डमा भिडन्त भइरहेको थियो। आफूसँग आएका साथीहरु को कता गए भन्ने उनले पत्तो पाएनन्। कति घाइते भए र कति मानवीय क्षति भयो, त्यो पनि थाहा भएन। 

Ncell 2
Ncell 2
nimb
nimb

महेश जमिनमा ढले। अर्धचेत अवस्थामा उनलाई कमाण्डर चौधरीले तानेर अर्को साइडमा लगेर राखेको मात्र स्मरणमा छ। श्रीमती सपना पनि सँगै थिइन्। सपना पहिला जनकलाकारको रुपमा सामना परिवारमा आबद्ध थिइन्। सपना र महेशले भूमिगतकालमै जनवादी विवाह गरेका थिए।

गोली र बम लागेर सख्त घाइते भएका महेशलाई पार्टीले त्यहाँबाट उपचारका लागि भारतको लखनउस्थित जीवनज्योति अस्पताल लगेर भर्ना गर्‍यो। अस्पतालमा २८ दिनपछि उनको होस आयो।

परिवारमा कुनै खबर थिएन। श्रीमती सँगै थिइन्। उपचार गरेर खुट्टाको गोली निकालियो। अस्पतालबाट डिस्चार्ज भए। डिस्चार्ज भएपछि कहाँ जाने कुनै ठेगान थिएन। त्यहाँबाट बलयगाडा चढेर कैलाली आइपुगेको उनी सम्झन्छन्। 

महेशले ५ वर्षसम्म ह्विलचियरको सहायतामा जीवन धाने। शान्ति सम्झौता भयो। टाउकोमा छर्रा बोकेका महेशको जिब्रोमा प्रष्ट बोली थिएन। लामो समय बोल्न सकेनन्। आत्मविश्वासका कारण विस्तारै बोल्न सक्ने भए। 

Xtrem

Xtrem

युद्धका क्रममा घाइते भएपछि ५ वर्षसम्म घरमै थन्किएका महेश विगत १७ वर्षदेखि औषधिको सहारामा बाँचिरहेका छन्। टाउकोमा ७ वटा छर्रा छन्। दिमागको पनि झिल्ली (गिद्धी) भित्र छर्रा छ।

‘संसारका कुनै पनि अस्पतालमा टाउकोका छर्रा निकाल्न सकिँदैन भनेका छन्,’ महेश भन्छन्, ‘बायाँ हात पनि चलाउन मिल्दैन। उमेर बढ्दै जाँदा झन्‌झन् ससमस्या देखिन थालेको छ। चिसोमा टाउको निकै दुख्छ। कुनै खालको तनाव लिनु हुँदैन। दुःख दबाएर बाँकी जीवन जिउनुको विकल्प छैन।’

महेश यतिबेला माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्। बेलाबेला फलोअपमा जान्छन्। सांसद भइसकेपछि राज्यले उपचार गर्छ। उनले पटकपटक विदेश गएर उपचार गर्ने पहल गरे। चिकित्सक बसन्त पन्तको सल्लाहअनुसार नै औषधि लिइरहेका छन्।

Mahesh_Mahara_31673501277.jpg

बमका छर्रा बोकेर उनी राष्ट्रिय सभामा छन्। उनी भन्छन्, ‘म बाहिरबाट हेर्दा ठिकठाक देखिन्छु। तर मानसिक र शारीरिक रुपमा निकै गाह्रो छ।’ सशस्त्र युद्धका घाइते महेश अहिले संसद्‌मार्फत न्याय खोजिरहेका छन्। 

नेवि संघ हुँदै सशस्त्र युद्धमा भूमिगत
महेशको जन्म २०३८ सालमा डडेलधुराको आलिताल गाउँपालिका– ३, भुमडा गाउँमा भएको हो। परिवारमा आमा बुबा र ४ दाजुभाइ छन्। उनी कान्छा हुन्। मध्यमवर्गीय कृषक परिवारका उनले गाउँकै दूर्गा माविमा १० कक्षासम्मको अध्ययन गरे।

१० कक्षापछि घरमा जागिर खाने दबाबका कारण पढाइलाई समेत निरन्तरता दिन भन्दै महेश राजधानी छिरे। प्रमाणपत्र तहमा भृकुटीमण्डपमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा राजनीतिशास्त्र अध्ययन सुरु गरे।

डडेलधुरा नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत भएकोले त्यतिबेलै गाउँघरमा कांग्रेसको प्रभाव बढी थियो। महेशको परिवार पनि कांग्रेसनिकट थिए। जसको निरन्तरताको स्वरुप नेवि संघमा आवद्ध भए उनी। नेवि संघको प्रारम्भिक समितिमा रहेर कलेजमा विद्यार्थी राजनीति पनि गरे। 

२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। त्यसैताका उनको भेट माओवादीका देवेन्द्रराज पराजुलीसँग भयो। जसले उनलाई माओवादीमा लाग्न प्रेरित गर्‍यो। विस्तारै माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध भए। पढ्दापढ्दै महेश २०५८ पछि भूमिगत भए। भूमिगत भएपछि राज्यको आँखाको तारो बन्न थाले। काठमाडौं बस्ने वातावरण भएन। नेवि संघबाट सुरु गरेको राजनीतिक यात्रा सशस्त्र युद्धतिर मोडियो। उनी माओवादीको जिल्ला कमिटी हुँदै अहिले प्रदेश कमिटी सदस्य छन्।

आन्दोलनका घाइतेको पक्षमा खै कानुन?
राष्ट्रिय सभा पूर्ण रुपमा समावेशी थलो हो। जहाँ सबै समुदाय, वर्गका मान्छे छन्। यसले प्रतिनिधि सभालाई सुझाव मात्र दिँदैन, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्छ। यो स्थायी सांसद पनि हो। सबैको कानुन निर्माणका लागि बहस छलफल हुन्छ। ‘आन्दोलनका घाइते, अपांगका पक्षमा कानुन खै?’, महेश प्रश्न गर्छन्।

उनका अनुसार संसद् भवन पूर्ण रुपमा अपाङ्गमैत्री छैन। यस विषयमा उनले संसदमा आवाज पनि उठाएका छन्। ‘सदनमा त पूर्ण रुपमा अपाङ्गमैत्री संरचना छैनन् भने अन्य ठाउँ कस्तो होला?,’ उनको गुनासो छ। 

Mahesh_Mahara_21673501277.jpg

अपाङ्गता भएका व्यक्तिका लागि केही ऐन छन्। तर देश र जनताका लागि बलिदान गर्ने घाइते तथा अपाङ्गहरुका लागि भने कुनै ऐन नबनेको उनी बताउँछन्।

परिवर्तनका लागि विभिन्न चरणमा आन्दोलनमा होमिएर घाइते तथा अपाङ्ग भएका व्यक्तिका लागि सम्बोधन गर्ने कुनै कानुन नहुनु आफैंमा दुखद महेशको भनाइ छ। ‘म यो व्यवस्थाका लागि लडेको हुँ। आफैं अन्यायमा परेका बेला कहाँ न्याय माग्ने?’, उनी प्रश्न गर्छन्। अपांगमैत्री कानुन निर्माण गर्न सदनभित्रै दबाब समूह चाहिने उनको ठम्याइ छ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्