• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

लघु जलविद्युत, ठुलो खुसी

64x64
नेपाल लाइभ शनिबार, साउन २६, २०७५  ०९:०५
1140x725

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युतलाई राष्ट्रिय प्रसारणको लाइन (ग्रीड)मा जोड्न स्वीकृति दिएपछि ग्रामीण क्षेत्रमा निर्माण भएका यस्ता आयोजनाहरु धमाधम ग्रीडमा जोडिन थालेका छन्। प्राधिकरणले विद्युत् खरीद गरिदिने सम्झौता गरेकाले पनि कम क्षमताका आयोजनाहरुले ग्रीडमा जोडिने हतारो देखाएका हुन्।

 प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि अहिलेसम्म चारवटा आयोजना ग्रीडमा जोडिएका हुन्। 

प्राधिकरणले चार आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ। प्राधिकरणका अनुसार धनकुटा लेगुवा खोलाको ४० किलोवाट, नुवाकोट स्याउरेभूमे खोलाको २३ किलोवाट, ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट र लमजुङ मिदिम खोलामा निर्माण भएको सय किलोवाटको पिपिए गरिएको छ। यी सबै आयोजनाको विद्युत् ११ केभी लाइनमा जोडिएको छ। 

लेगुवा खोलाको तेह्रथुमस्थित जिरी–खिम्ती सबस्टेसनबाट तानिएको नारकेमा ११ केभी लाइनमा आवद्ध गरिएको छ । यस्तै, स्याउरेभूमे सोही ठाउँको ११ केभी, सेगुवा खोला ताप्लेजुङ सबस्टेसन नजिक र मिखिमको विद्युत भोर्लेटारस्थित ११ केभी लाइनमा जोडिएको प्राधिकरणले जनाएको छ। ग्रीडमा आवद्ध हुन गुल्मीको १३५ किलोवाटको परोपकार र ८३ किलोवाटको दरम खोला लघुजलविद्युत आयोजना पनि पिपिए चरणमा रहेको बताइएको छ। 

नुवाकोट जिल्ला शिवपुर गाउँपालिकाको स्याउरेभूमि लघुजलविद्युत् आयोजनाले पहिलोपटक २०७४ माघ ४ मा केन्द्रीय प्रशारणमा परीक्षण प्रशारण भई १८ माघबाट व्यापारिक उत्पादन थालेको छ। २०७० असारमा सम्पन्न यस आयोजना निर्माणको क्रममै गाउँमा केन्द्रीय प्रसारणलाइन पुगेपछि समस्यामा परेको थियो । ग्रीड आएसँगै लघुजलविद्युत् आयोजनाको अस्तित्व संकटमा परेपछि आयोजनाका प्रवद्र्धक सुर्दशन बुढाथोकीले प्राधिकरणको निर्णयलाई समाउँदै ग्रीडमा जोड्नका लागि ठूलै मिहेनत गरेका थिए। ‘पाँच वर्षको दौडधुप र भनसुनबाट आफूले लघुजलविद्युत्लाई ग्रीडमा जोड्ने निर्णयको कार्यान्वयन गराउन सफल भइयो’ उनले भने।

 बुढाथोकीलाई सो परियोजनालाई ग्रीडमा जोड्न रु ३५ लाख खर्च लागेको थियो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु २७ लाख र ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (आरइआरएल)को रु १० लाखको अनुदान र प्राविधिक सहयोग प्राप्त भएको र बाँकी आयोजनाले नै ब्यहोरेको थियो। पहिलोपटक भएकाले खर्च बढी लागेपनि नयाँ आयोजनाहरुलाई रु २५ लाख लागतमा नै ग्रीडमा जोड्न सकिन भनाइ उनको छ। ‘ग्रीडमा जोड्नका लागि चाहिने उपकरणमा राज्यले भ्याट सुविधा दिनुपर्छ, अब’ बुढाथोकीको सुझाव छ। 

‘श्रीलंकामा लघु तथा साना जलविद्युतका लागि पिपिएको प्रक्रिया निकै निकै सजिलो रहेछ, हामीले पनि त्यही गर्नुपर्छ’ उनको सुझाव छ । 

कूल वार्षिक एक लाख ७८ हजार २४५ किलोवाट घण्टा ऊर्जा उत्पादन हुने यस परियोजनाबाट चौघडा सवस्टेशनको ११ केभीको शिवपुर गाउँपालिका–४ गैरीमा ‘टी’ कनेकसनमार्फत विद्युत् प्रवाह भइरहेको छ। प्राधिकरणलाई गत माघमा रु ३८ हजार, फागुनमा रु ६२ हजार, चैतमा रु ८१ हजार, बैशाखको रु ५८ हजार, जेठमा रु ६२ हजार र असारमा रु ५५ हजार बराबरको विद्युत् बिक्री गरेको बुढाथोकीले जानकारी दिए। प्राधिकरणको नियमित विद्युत् प्रवाह नहुँदा आयोजनाले पूर्णरुपमा विद्युत् विक्री गर्न नसकिएको उहाँको गुनासो छ। ‘थोरै नै पनि प्राधिकरणलाई विद्युत् बेच्न सक्ने उद्यमी भएको छु । अब गाउँको विजुली शहरमा र शहरको पैसा गाउँमा पुर्‍याउने बाटो खुलेको छ’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

हाल लघुजलविद्युत्मा करिब २८ प्रतिशत विद्युत् मात्रै उपयोग भएको छ। ७२ प्रतिशत खेर गएको छ। त्यसलाई उपयोग गर्न ग्रीडमा जोड्नुको विकल्प नभएको बताउँदै आरइआरएलका ग्रीड इन्टरकनेक्सन विज्ञ जीवनकुमार मल्लिक भन्छन् ‘विद्युत् आदानप्रदान गर्न हालको जस्तो पिपिएले सम्बोधन नगर्ने भएकाले पिपिएको सट्टा विद्युत् आदानप्रदान(पिइए)गर्नुपर्ने हुन्छ।’ बेलुकाको समयमा लघुजलविद्युत्मा विद्युत् अप्रयाप्त हुने हुँदा त्यतिबेला प्राधिकरणबाट किन्न सकिने र अन्य समयमा प्राधिकरणमा बेच्न सकिने हुन्छ तर अहिलेको प्रावधानअनुसार बेच्न मात्र सकिन्छ, किन्न सकिंदैन। किन्नुपरेमा अलग्गै सम्झौता गर्नुपर्ने हुन्छ। 

ग्रीडमा आवद्ध भएपछि स्थानीयले उपभोग गरेर बचेको विद्युत केन्द्रीय प्रणालीमा प्रवाह हुन्छ । बचेको विद्युत् अन्य ठाउँका बासिन्दाले उपभोग गर्न पाउँछन्। यसो हुँदा प्राधिकरणको दुर्गम क्षेत्रसम्म विद्युत् पु¥याउने अभियान पनि पूरा हुने देखिन्छ। हाल प्राधिकरणको बोर्डको निर्णयमा मात्र सिमित रहेको प्रावधानलाई नयाँ ल्याउन लागिएको विद्युत् ऐनमा लघुजलविद्युत्लाई पनि राष्ट्रिय प्रशारणमा जोड्न सकिने प्रावधान राखिनुपर्ने आरइआरएलका सल्लाहकार सतीष गौतमको जोड रहेको छ। 

सुरक्षा, प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने कठिनाइका कारण देखाउँदै पहिला प्राधिकरणभित्र लघुजलविद्युत्लाई ग्रीडमा जोड्नुपर्छ भन्नेमा एक मत थिएन। हिजो राष्ट्रिय प्रशारणको पहुँच नहुँदा तिनै लघुजलविद्युत् आयोजनाहरुले ग्रामीण जनतालाई अन्धकारबाट मुक्त गरी उनीहरुको जीवनस्तर माथि उठाउने राष्ट्रिय दायित्वलाई पूरा गरेका थिए। यसबाट ग्रामीण जीवनलाई सहज बनाउन ठूलो योगदान रहेको छ। लघु जलविद्युत् भएको ठाउँमा ग्रीड पुग्दा स्वभावतः उपभोक्ताहरु लघुजलविद्युत् छाडेर ग्रीडतर्फ लाग्ने हुँदा जनताको लगानी, सरकार वा विदेशी दातृ निकायले अनुदान खेर जाने अवस्थाको अन्त्य गर्न ग्रीडमा जाड्नु पर्दछ भन्ने अवधारणा आएको हो। 

लघुजलविद्युत्लाई ग्रीडमा जोड्न पिपिएदेखि अन्य प्रक्रिया ठूला आयोजनासरह नै रहेको छ। लघुजलविद्युत्लाई सामान्य फाराम भरेर मात्रै ग्रीडमा जोड्न सरलीकरण गर्नुपर्ने तर्क गर्छन् प्राधिकरणका उपप्रवन्ध निर्देशक हीतेन्द्रदेव शाक्य। ‘श्रीलंकामा लघु तथा साना जलविद्युतका लागि पिपिएको प्रक्रिया निकै निकै सजिलो रहेछ, हामीले पनि त्यही गर्नुपर्छ’ उनको सुझाव छ । 

विद्युत्को क्षेत्रमा सरकारलाई सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने प्राधिकरणको ऐनमै उल्लेख भएकाले लघुजलविद्युत्को दिगोपनका लागि ग्रीडमा जोड्न सहज वातावरण बनाउने प्राधिकरणको सामाजिक उत्तरदायित्वअन्र्तगत लघुजलविद्युत्लाई ग्रीडमा जोड्न स्वीकृति दिइएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन्। अधिकांश लघुजलविद्युत् आयोजनाहरु वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत अनुदानमा निर्माण भएको भएपनि उनीहरुलाई पनि अन्य निजी क्षेत्रले निर्माण गरेका विद्युत् आयोजनासरहकै दरभाउमा विद्युत् खरिद सम्झौता गरिएको उनको भनाइ छ। 

ठूला जलविद्युत् आयोजना सरह नै लघुजलविद्युतको पनि हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँमा पिपिए गरिएको प्राधिकरणले जनाएको छ। अन्य ‘जलविद्युतको भन्दा लघुजलविद्युतको वित्तीय व्यवस्थापन फरक हुने यसमा जनताको सानोसानो लगानी रहेको हुँदा यस्त परियोजनाहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले दिएको सहयोगलाई घटाउन हुँदैन भनेर एउटै दर कायम गरिएको हो’ विद्युत खरीद विभागमा प्रमुखसमेत रहनुभएका अधिकारीले जानकारी दिए। 

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणलाइन जोडिएपछि देशका थुप्रै ग्रामीण क्षेत्रमा जडान गरिएका लघुजलविद्युत् आयोजना प्रभावित बनेका छन् । हाल जलघुजलविद्युत्बाट करिब ३५ मेगावाट विद्युत् उत्पादन भएपनि करिब पाँच मेगावाट क्षमताका विद्युत् आयोजनाहरु केन्द्रीय प्रसारणलाइनबाट विस्थापित भएका छन्। बन्द हुने अवस्थामा पुगेका ती ८०-९० वटा परियोजनालाई ग्रीडमा जोड्न सकिएमा सरकार, समुदाय र निजी क्षेत्रको लगानी खेर नजाने मात्र होइन, तिनको दिगो सञ्चालन हुने, विद्युत् खेर नजाने र देशलाई आवश्यक विद्युत् आपूर्तिमा सहयोग पुग्ने देखिन्छ। 
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्