• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

विद्युतीय दुर्घटनाको क्षतिपूर्ति बढाउन विनियम परिवर्तन गर्दैछौं: कुलमान घिसिङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, पुस २२, २०७९  २०:४९
1140x725

पछिल्लो समय विद्युत् सेवा व्यापक रूपमा विस्तार भएको छ। लगभग देशका सबै पालिकामा विद्युत् पुगेसँगै विद्युतीय दुर्घटनामा परेर जनधनको क्षति हुनेदेखि मृत्युसम्म हुने गरेको छ। तर विद्युत् जस्तो जोखिमयुक्त क्षेत्र कुनै पनि प्रकारको बीमामा समावेश भएको छैन।

प्रस्तुत छ, विद्युत विस्तारसँगै बढेको विद्युतीय दुर्घटना, क्षतिपूर्ति तथा बिमा लगायतका विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग नेपाल लाइभका सुरेन्द्र बजगाईंले गरेको कुराकानी:

पछिल्लो समय विद्युतजन्य दुर्घटनाहरु बढेको देखिन्छ। यस्तो किन भयो? 
सर्वसाधारणले हाम्रो वितरण लाइनको तारमा छोएर पनि दुर्घटना भएको अवस्था छ। त्यस्तो दुर्घटना कम गर्नका लागि हामी नाङ्गो तार हटाउँदै आएका छौं। यस्तै अहिले धेरै ठाउँमा इन्सुलेटर केबल बिछ्याउँदै आएका छौं।

कहिलेकाहीँ कर्मचारी नै दुर्घटनामा पर्ने गरेको पाइन्छ। कतै आगलागी हुँदा ती स्थानमा तत्काल काम गर्दा कर्मचारी दुर्घटनामा परेको देखिन्छ। यस्तै सब-स्टेसनमा आगलागी भएर पनि कर्मचारीहरू दुर्घटनामा पर्ने गरेका छन्। त्यस्ता दुर्घटनाहरू कम गर्नका लागि काम गर्दै आएका छौं। यस्ता दुर्घटना निर्मूल नै गर्न नसकिए पनि केही हदसम्म कम भने भएको छ।

1598753579_kulman final11673002174.jpg

सर्वसाधारणको हकमा भने जनचेतनाको कमी भएकाले पनि दुर्घटना भएको पाइएको छ। जनचेतना नहुँदा मानिसहरू घरभित्र नै करेन्ट लागेर अङ्गभङ्ग हुनेदेखि ज्यान नै गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ। 

यता, तराईका केही स्थानमा विद्युतीय दुर्घटनाको संख्या केही बढी देखिन्छ। त्यसो हुनुको कारण खोज्दै जाँदा ती स्थानमा ‘हुकिङ’ गरेर विद्युत चोरी हुने गरेको पाइयो। हाई भोल्टेजको तारमा विद्युत् चोरी गर्न ‘हुक’ प्रयोग गर्दा करेन्ट लागेर मृत्युसम्म हुने गरेको छ। 

अर्को कुरा, प्राय: ठाउँमा हाम्रो मापदण्ड अनुसार वितरण लाइन भएको स्थानदेखि साढे दुई मिटर नजिक घर-टहरा बनाउन पाइँदैन। तर अहिले विद्युतको लाइन नजिकै घर बनाइदिने वा लाइनमुनि नै बनाउने गरेको पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

विद्युतको लाइनमुनि भएका घरको तला थप्दा पनि रडले छोएर दुर्घटना भएका केस धेरै आउने गरेका छन्। हामीले घरमाथि नै लाइन तान्ने गरेका छैनौं तर लाइनमुनि घर-टहरा बनाउने गरेकाले धेरै दुर्घटना हुने गरेको छ। विद्युत् प्राधिकरणको मापदण्डलाई पालना नगर्दा पनि धेरै दुर्घटना हुने गरेका छन्। 

विद्युतीय दुर्घटनाको तथ्याङ्क हेर्दा प्राधिकरणका कर्मचारीहरु धेरै दुर्घटनामा परेको पाइयो। किन प्राधिकरणका ‘वेल ट्रेन्ड’ कर्मचारीहरूको नै मृत्यु र अङ्गभङ्ग भएको हो?
विद्युतको काम गर्ने कर्मचारीले विद्युत् बहिरहेको अवस्थामा पनि काम गर्नुपर्ने अवस्था छ। त्यस्तो अवस्थामा कारणवश तारमा छोइयो भने दुर्घटनामा पर्ने सम्भावना हुन्छ।

मेन्टिनेन्सको काम गर्दा विद्युत् सर्ट पनि हुन्छ। तर टेक्निकल मान्छेले डाइरेक्ट लाइनमा नछोए पनि विभिन्न कारणले दुर्घटनामा पर्ने गरेका छन्। त्यस्तो दुर्घटना कम होस् भनेर हामीले विभिन्न प्रकारका ट्रेनिङहरू दिइनै रहेका हुन्छौं। कहिलेकाहीँ मेन्टिनेन्समा जाँदा लाइभ लाइनमा छुने अवस्था रहेको छ। 

कहिलेकाहीँ हाम्रो पोल प्रयोग गरेर बिछ्याइएको केबल मर्मत गर्ने क्रममा प्राधिकरणको नाङ्गो तारमा छोएर पनि दुर्घटनामा पर्ने गरेका छन्। 

Xtrem

Xtrem

अहिले पोलमा ठूला-ठूला तारका अव्यवस्थित गुजुल्टाहरू देखिन्छन्। त्यही कारणले पनि आगो लाग्ने गरेको छ। त्यसैले हाम्रोभन्दा पनि सर्भिस प्रोभाइडरको कारणले दुर्घटना भएको देखिन्छ। 

kul1673002173.jpg

हाम्रा कर्मचारीहरूले विद्युत् वितरणमा समस्या हुँदा ‘सट डाउन’ अर्थात् विद्युत् प्रवाह बन्द गरेर काम गर्ने गरेका छन्। तर कहिलेकाहीँ झुक्किएर एउटामा भनेकोमा अर्कोको सट डाउन भएर पनि दुर्घटना भएको हो। तारहरू नजिक नजिक रहेका हुन्छन्। कर्मचारीहरू काम गर्ने सिलसिलामा एउटा तार भनेर अर्को तार छुँदा दुर्घटनामा पर्ने गरेका हुन्। जानी-जानी त कसले तार छुन्छ र?

यसरी दुर्घटनामा परेकाहरुको उपचार, क्षतिपूर्ति र भरण पोषणको लागि प्राधिकरणले वार्षिक कति रकम खर्च गर्ने गरेको छ?
प्राधिकरणको विनियमले घाइतेको उपचार गर्ने र मृत्यु भएका मानिसको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख गरेको छ। हामीले त्यो विनियम अनुसार नै काम गर्दै आएका छौं। 

कर्मचारीको हकमा चाहिँ मृत्यु हुनेको परिवारलाई ५ लाख अथवा परिवारको एक सदस्यलाई रोजगारी दिने कुरा उल्लेख गरिएको छ। हामीले त्यस अनुसार नै काम गर्दै आएका छौं। 

कर्मचारी मृत्यु भएको हकमा क्षतिपूर्ति कम भएन र?
हामीले विनियम अनुसार काम गर्ने हो। त्यो विनियम २०६९ सालमा नै बनेको हो। त्यसलाई समयसापेक्ष बनाउन जरुरी देखिएको छ। त्यसलाई परिवर्तन गर्न काम काम गर्दैछौं। 

दुर्घटनामा पर्नेहरूको तेस्रो पक्ष बीमा किन नगर्नु भएको? बिमा नगर्दा त क्षतिपूर्ति कम पाउने भए नि!
अहिले स्थायी कर्मचारी ९ हजार हाराहारी छन्। यस्तै ज्यालादारी र कन्ट्र्याक्ट राखिएका गरी १४ हजारभन्दा धेरै कर्मचारी देशभर रहेका छन्। 

त्यस्तो दुर्घटनामा थर्ड पार्टी इन्स्युरेन्स गर्नेभन्दा पनि हामी आफैंले व्यहोर्ने गरेका छौं। किनभने, कर्मचारीको संख्याअनुसार बीमा रकम एकदमै धेरै हुन्छ। त्यो बीमामा तिर्नुभन्दा हामीले नै व्यहोर्छौ भनेका हौं। विनियम अनुसार क्षतिपूर्ति कम भएको पक्कै हो। त्यो संशोधन गर्दैछौं। 

हामीले एक जनाको १० लाखको मात्रै बीमा गर्ने हो भने पनि धेरै जना कर्मचारीको बीमा बापत रकम धेरै बुझाउनु पर्छ। त्यो भन्दा हामीलाई डाइरेक्ट पैसा तिर्न सस्तो पर्छ। त्यही भएर हामीले इन्फ्रास्टक्चरको बीमा गर्दा पनि धेरै नै खर्च हुन्छ। त्यो भन्दा आफैंले क्षतिपूर्ति तिर्दा सहज हुन्छ। 

यस्ता दुर्घटना कम गर्नको लागि प्राधिकरणले कार्यक्रम अगाडि सारेको छ? 
पहिलो कुरा, हामीले आफ्नै कर्मचारीहरूलाई सेफ्टी र सेक्युरिटीको बारेमा तालिम दिँदै आएका छौं। विद्युतीय लाइनमा काम गर्दा आवश्यक पर्ने सामग्रीहरू पनि दिँदै आएका छौं। 

यस्तै, सर्वसाधारणको हकमा विभिन्न माध्यमबाट सूचना दिँदै आएका छौं। हामीले जिङ्गल बनाउनेदेखि डकुमेन्ट्रीमार्फत विद्युतीय सुरक्षाको बारेमा जानकारी दिँदै आएका छौं। मह जोडीसँग मिलेर काम पनि गर्दै आएका छौं।

यस श्रृंखलाभित्र

 

  • विद्युतीय दुर्घटनाका कारण जनधनको क्षति बढ्दो: सुरक्षा र क्षतिपूर्तिमा सुधारको खाँचो

  • विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु : परिवारले न क्षतिपूर्ति पाए न जागिर

  • करेन्ट लागेर ज्यान जान्छ: क्षतिपूर्तिको कुरा नै हुँदैन, ज्यालादारी जागिरमा थामथुम!

  • विद्युतीय दुर्घटनाको डरलाग्दो अवस्था: खाँचो द्रुत उद्धारको

  • विद्युतीय दुर्घटनाको क्षतिपूर्ति बढाउन विनियम परिवर्तन गर्दैछौं: कुलमान घिसिङ [अन्तर्वार्ता]

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  २०:४९
  • #विद्युतीय दुर्घटना
  • #विद्युत् प्राधिकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्