काठमाडौं– कतारमा विश्वकप फुटबलको उपाधि जितेपछि यतिबेला अर्जेन्टिनी फुटबलरहरू आफ्न देशमा हर्सोल्लास मनाइरहेका छन्।
गत मंगलबार त राजधानी ब्युनस आयर्समा ४० लाख मानिस सडकमा उत्रिएका थिए।
यसैबीच, कप्तान लियोनल मेसीले त्यहाँका सञ्चारमाध्यमहरूसँग कुरा गर्दै आफूले राष्ट्रिय टोलीबाट सन्यास नलिने बताएका थिए। उनले विश्वविजेताको रूपमा खेलेको अनुभव हासिल गर्न अझै अर्जेन्टिनाको जर्सीमा खेल्न चाहको बताएका थिए।
यसैबीच, अर्को महत्वपूर्ण खेलाडी एंगेल डी मारियाले पनि मेसीकै बोली बालेका छन्। हालै एउटा कुराकानीका क्रममा उनले आफूले विश्वविजेताको रूपमा अझै खेल्न चाहेको बताए।
गत आइतबार भएको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।