• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नयाँ सांसद

द्वन्द्वपीडित मैना: जो चौथो प्रयासमा सांसद बनिन्

64x64
धनु विश्वकर्मा बिहीबार, पुस ७, २०७९  १८:४८
1140x725

काठमाडौं– मैना कार्की (रावल) त्यतिबेला ३० वर्षकी थिइन्। काखमा ३ सन्तान थिए। श्रीमान्‌ स्थायी शिक्षक। जीवन एउटा लयमा चलिरहेको थियो। तर, देशको ‘लय बिग्रिएको’ त्यो समयमा उनीहरूको जीवनमा चैन भने थिएन। उनीमात्र होइन, धेरै मैनाहरूको जीवन उही त्रासमा बाँचिरहेको थियो। 

२०६१ पुस १९ गते मैनाको जीवनमा यस्तो घटना घट्यो, जसको घाउले अहिले पनि उनलाई पोलिरहन्छ। बिर्सिन चाहन्नन् ती दिनहरू। समयले पात्रोका पानाहरू पल्टायो, तर मैनाको जीवनका घाउहरू त कसैगरी मेटिँदैनन्। मेटिनेछैनन्। बस् नसम्झिएजस्तो मात्रै गर्नुछ। 

बितेका १८ वर्षमा मैनाले बाँच्नुपरेको जीवन र भोग्नुपरेका सामाजिक, पारिवारिक र राजनीतिक अप्ठ्याहरू भनिसाध्य छैनन्। जीवन कहिले उपेक्षाकाे अक्करे भीरमा अड्किन पुथ्यो, कहिले निराशाको समुन्द्रमा चुर्लुम्म हुन्थ्यो। र, बाँच्नु त थियो नै। चल्नु त थियो नै। मैनाले हार खाइनन्। उनी लडिरहिन्–समयसँग। आफ्नै जीवनसँग। 

२०६१ पुस १९ मा तत्कालीन विद्रोही शक्ति माओवादीले उनका श्रीमान्‌ जयबहादुर रावललाई सुराकी गरेको भन्दै अपहरणपश्चात हत्या गर्‍यो। जयबहादुर नेपाली कांग्रेसको शिक्षक संगठनमा आवद्ध थिए। मैनालाई अहिले पनि लाग्छ– जयबहादुरले माओवादीविरुद्ध कुनै सुराकी गरेका थिएनन्। उनलाई कांग्रेस भएकै कारण माओवादीले हत्या गर्‍यो। जाजरकोट त्यतिबेला माओवादी युद्धको प्रभाव क्षेत्र थियो। 

श्रीमान्‌को हत्यापछि मैना विस्थापित भइन्। सन्तान च्यापेर काठमाडौं आइन्। एकातिर श्रीमान्‌को हत्यापछि आर्थिक संकट चुलिएको थियो भने अर्कोतिर राजनीतिक रूपमा पनि झन् असुरक्षित भएकी थिइन्, उनी। त्यसपछि सन्तान बोकर आश्रयका लागि काठमाडौं आइन्। 

काठमाडौं आइसकेपछि आफूजस्तै द्वन्द्वपीडित, विस्थापित, एकल महिला, टुहुरा, वेपत्ता पारिएकाका आफन्त धेरैलाई देखिन। उनी भन्छिन्, ‘त्यसपछि आफ्नो पीडालाई पनि अरुको पीडासँग महसुस गरेँ।’

त्यसपछि उनी राजनीतिसँगै द्वन्द्वपीडितको न्यायका पक्षमा बोल्ने निर्णयमा पुगिन्। लामो समय द्वन्द्वपीडितको न्यायका लागि आवाज उठाइन्। मानव अधिकारका विभिन्न क्षेत्रमा काम गरिन्। युद्धमा यौनहिंसामा परेका महिलाहरुका बर्बरता सुनिन्। 

राजनीतिमा लागेको लामो समयपछि मैना अहिले बल्ल माननीय बन्न पाइन्। उनी पहिलो प्रयासमा माननीय भएकी होइनन्। यहाँसम्म आइपुग्दा पेल्नुपरेको राजनीतिक पापड सम्झेर उनलाई घरिघरी दिक्क पनि लाग्छ।

Ncell 2
Ncell 2
nimb
nimb

०००

जाजरकोटको छेडागाड नगरपालिका (हाल)–१२ कार्कीगाउँमा २०२४ सालमा जन्मिएकी मैनाको जीवनका अनेक उचाारचढाव छन्। सामाजिक विभेददेखि राजनीतिक विभेदको जाँतोका पिसिँदै आएकी उनले अझै सन्तोषको श्वास फेर्ने बेला भएको छैन। भन्छिन्, ‘गर्नुपर्ने धेरै छ, खासगरी द्वन्द्वपीडितहरूका विषयमा अझै सशक्त भएर बोल्नुपर्ने, लाग्नुपर्ने छ। अब सदनमा ती आवाजलाई संस्थागत रूपमा उठाउने मेरो प्रयत्न रहनेछ।’

उनको परिवार पञ्च्यातका पक्षधर थिए। बुवा गोपाल कार्की प्रधानपञ्च थिए। पछि अस्थायी कर्मचारीका रुपमा गाविस सचिव समेत भए। त्यसैले पनि उनी छोरीलाई पठाउनुपर्छ भन्ने मान्यतामा थिए।  

‘अहिले त छोराछोरीमा विभेद हुन्छ भने त्यो बेला कस्तो थियो होला?,’ उनी भन्छिन्, ‘बुवालाई छोरीलाई गाउँमै पहिलो पटक पढाउने ईच्छा थियो। त्यही भएर हामीलाई पढाउने वातावरण बनाउनुभयो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मैनाको बाल्यकाल कार्कीगाउँमै बित्यो। सात कक्षा उत्तीर्ण गरेपछि उनी सदरमुकाममा रहेको त्रिभुवन माविमा पढ्न गइन्। त्यहाँबाट एसएसली उत्तीर्ण गरेकी उनले प्रविणता प्रमाणपत्र तह भने पद्मकन्या क्याम्पसबाट उत्तीर्ण गरिन्। 

जाजरकोट सदरमुकाममै रहेको भेरी ज्ञानोदय क्याम्पसबाट स्नातक सकेकी उनले त्रिभुवन विश्वविद्यालबाट स्नातकोत्तर गरेकी छन्। 

श्रीमान्‌को हत्यापछि राजनीतिमा सक्रिय
मैनाका श्रीमान्‌ जयबहादुर पहिला अस्थायी शिक्षकका रुपमा भानुभक्त मावि लहँमा अध्यायपन गराउँथे। पछि स्थायी शिक्षकमा नाम निकाले। उनी कांग्रेसन निकट भएकाले माओवादीको शंकाको घेरामा थिए। 

एकदिन उनलाई स्कुलबाटै माओवादीले अपहरण गरेर लगे। मैनालाई  गाउँमा बस्न झन् असुरक्षा भयो। उनी रातारात छोराछोरी लिएर सदरमुकाम खलंगा आइन्। जयबहादुर पनि माओवादीको ‘पञ्जाबाट’ भागेर सदरमुकाम आए। त्यहाँ पनि माओवादीको निगरानीमा पर्ने डर भयो। त्यहाँबाट भागेर काठमाडौं आए। केही समय काठमाडौं बसे।  

स्थायी शिक्षकका रुपमा काम गरेको दुई वर्ष पुग्नै लागेको थियो। मैना छोराछोरी पढाउन भनेर बजार झरेकी थिइन्। जयबहादुर तपोभूमि माविमा पठाउँथे। उनलाई फेरि माओवादीले विद्यालयबाटै अपहरण गरेर लगे। यता मैनाको निद हरायो। द्वन्द्व चर्किँदो अवस्थामा थियो। उनी हरेकपल आफ्ना श्रीमान्‌ सकुशल फर्किउन् भन्ने कामना गर्थिन्। अघिल्लोपटकजस्तो भागेर आइहाल्छन् कि भनेर पर्खिरहन्थिन्। तर, उनी जे नहोस् भन्ने चाहन्थिन्, उनका मनामा जे कुराको डर थियो, त्यही भयो। २०६१ साल पुस १९ गते जयबहादुरलाई माओवादीले हत्या गरेको खबर आयो। त्यसअघि नै माओवादीले उनको घरजग्गा र पसल कब्जा गरिसकेका थिए।

त्यसको केही समयपछि मैना विस्थापित भएर काठमाडौं आइन्। अनि, कांग्रेसको सक्रिय राजनीतिमा लाग्ने निर्णयमा पुगिन्।

चौथो प्रयासमा सांसद 
मैना नेपाली कांग्रेसको महिला संगठनको जिल्ला अध्यक्ष र महासमिति सदस्य हुन्। पहिलो संविधान सभाको निर्वाचन २०६४ मा मैनाको नाम जिल्लाले समानुपातिक सांसदका लागि सिफारिस गर्‍यो। तर, केन्द्रबाट हटाइयो। 

२०७० भएको दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनको नाम समानुपातिकको बन्दसूचीमा थियो। तर, माननीय बन्न पाइनन्। तेस्रोपटक २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उनको नाम समानुपातिकको बन्दसूचीमा थियो। तर, सांसद बन्ने क्रमसंख्यामा उनीको नाम परेन।

द्वन्द्वपीडित, त्यसैमा एकल महिला भएका कारण आफ्नो नाम नपरेको उनको बुझाई थियो। तर, उनी अविचलित रूपमा कांग्रेसमा लागिरहिन्। पार्टीभित्र संघर्ष गरिरहिन्। अन्ततः यसपटकको निर्वाचनमा उनी प्रतिनिधि सभाको सांसद बन्न पुगिन्।

राजनीतिसँगै द्वन्द्वपीडितको न्यायका पक्षमा वकालत
श्रीमान्‌को हत्या हुँदा उनी ३० वर्षकी थिइन्। कलिलो उमेर साथमा साना छोराछोरी थिए। तीन छोराछोरीलाई कसरी पढाउने अर्को चिन्ता थपियो। गाउँमा गएर बस्ने वातावरण भएन।

शान्ति सम्झौतापछि धेरै द्वन्द्वपीडितसँग नजिक हुन पुगिन्। धेरैका कुरा सुनिन। सबैका कथा, व्यथा उस्तैउस्तै थिए। त्यो बेला द्वन्द्वपीडित एकजुट भएका थिएनन्। परैवी गर्ने कुनै माध्यम थिएन। संयुक्त आवाज उठाउने ठाउँ थिएन। मैनाले राजनीतिसँगै द्वन्द्वपीडितको न्यायका लागि लड्ने प्रण गरिन्।

माओवादी पीडित संघ भन्ने संगठन खोलेर त्यसमा लागिन्। टुहुरा समाज स्थापना गरिन्। त्यो बेला सरोज अधिकारी अध्यक्ष र मैना उपाध्यक्ष भएर काम गरे। द्वन्द्वमा आमाबुवा वा परिवार नभएका बालबालिकाहरुको न्यायका लागि उक्त संस्था गठन गरिएको मैना बताउँछिन्। त्यसपछि उनी द्वन्द्वपीडित साझा चौतारीको केन्द्रीय अध्यक्ष भइन्। तर, समानुपातिकको बन्दसूचीमा नाम परेपछि राजीनामा दिइन्।

मैनाको अगुवाइमा द्वन्द्वपीडित महिला सञ्जाल पनि गठन भएको छ। जसले उनीजस्तै द्वन्द्वपीडितहरूको न्यायका लागि पैरवी गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्