काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले संघीयता कार्यान्वयन र पूर्वाधार विकासका लागि नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गरेका छन्।
अर्थमन्त्री खतिवडाले न्यूयोर्कस्थित विश्व बैंकको मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गरेका हुन्। उनले नेपालमा विकास र समृद्धिका लागि उत्साहपूर्ण वातावरण रहेको उल्लेख गर्दै विकास साझेदार संस्थाहरुबीच सहकार्य गरेर अघि बढ्न उपयुक्त हुने धारणा पनि राखे।
अर्थमन्त्री खतिवडाले नेपालको समग्र आर्थिक सूचकांक हालसम्मकै सबैभन्दा बढी अनुकूल रहेको उल्लेख गर्दै नेपालमा गरिएको लगानीबाट उच्च प्रतिफल आउने आश्वासन पनि दिए।
कार्यक्रममा विश्व बैंकका पदाधिकारीहरुले नेपालको आर्थिक विकासका भावी रणनीति कार्यान्वयनका लागि नेपाल सरकारको योजनाबारे जिज्ञासा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।