• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

मेट्रो रेल यातायातको साधन मात्रै होइन, काठमाडौं उपत्यकाको भविष्यको अवधारणा पनि हो: बदनलाल न्याछ्यों [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, पुस ८, २०७९  ११:४९
1140x725

काठमाडौं उपत्यकामा दिन प्रतिदिन सवारी साधनको चाप बढ्दैछ। सवारी साधनको चापका कारण सडक साँघुरा जस्ता देख्निछन्। दैनिक घण्टौंसम्म सवारी जाममा पर्नुपर्ने बाध्यता पनि छ।

यी तमाम समस्याबाट मुक्ति पाउनका लागि काठमाडौं उपत्यकामा बनाउने भनिएको मेट्रो रेललाई विभिन्न राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा समेटे र राजनीतिक अजेण्डा पनि बनाए। तर पछिल्लो समय मेट्रो रेलको कुरा ओझेलमा परेको देखिन्छ।

बिहीबार काठमाडौं महानगरपालिकाको २८औं महानगरपालिका स्थापना दिवसको अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा मेट्रो रेल चलाउन आफूले सहकार्य गर्ने  बताएपछि फेरि मेट्रो रेलको चर्चा सुरु भएको छ। उक्त मेट्रो रेलबारे काम गर्दै आएका काठमाडौं उपत्यका मेट्रो रेल प्रवर्द्धन समूहका वरिष्ठ इन्जिनियर बदनलाल न्याछ्योंसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी:

केही समय ओझेलमा रहेको काठमाडौंमा मेट्रो रेलबारे पुनः चर्चा सुरू भएको छ। तपाईंको विचारमा काठमाडौंमा मेट्रो रेल कत्तिको सम्भव छ?
एकदमै सम्भव छ। प्राविधिक हिसाबले भन्ने हो भने कुनै समस्या छैन। यहाँको शहरी विकासको हिसाबले कुनै न कुनै वैकल्पिक कुराहरु निकाल्नुपर्छ। यहाँको शहरी वातावरण जुन छ, साँघुरा बाटाहरु, बाक्लो बस्ती छन्। यहाँको प्राचीन कला संस्कृति, मन्दिरहरु, विश्व सम्पदा, यहाँका खोलानाला यी सबैलाई हेर्ने हो भने हामीले जमिनमाथि नयाँ सडक बनाउने, नयाँ संरचना बनाउने कुरा सम्भव छैन। त्यसको विकल्प भनेको त भूमिगत नै जाने हो। भूमिगत भनेकै मेट्रो रेल मात्रै हो। यो चाहिँ रिङरोड भित्रको कुरा भयो। रिङ रोड (चक्रपथ) भन्दा बाहिर गयो भने मेट्रो रेल पनि सुरुङ नबनाई बाहिरबाटै सम्भावना हुन्छ।

काठमाडौं उपत्यका भनेको नेपालको अर्थतन्त्रमा ३० प्रतिशत यसको योगदान छ। त्यस्तो ठाउँमा हरेक वर्ष यातायातका साधनहरु बढ्दै गइरहेका छन्। जाम हुने भयो। समय बर्बाद भयो। १० लाख मान्छेहरुले हरेक दिन २ घण्टा जाममा बस्नुपर्‍यो भने काम गर्ने, आर्थिक उपार्जन गर्ने राष्ट्रलाई योगदान गर्ने अवसर नै गुमायो। 

गाडीमा बस्नुपर्‍यो। यसलाई सूक्ष्म रुपमा नियाल्ने हो भने वर्षमा एक अर्ब रुपैयाँ हामी नचाहिने कुरामा खर्च गरिराखेका हुन्छौं। मेट्रो रेल आयो भने त्यो कुरा त बच्ने भयो। वर्षमा एक अर्ब रुपैयाँ बच्यो भने हामीले मेट्रो रेल जति वटा बनाए पनि पुग्छ। त्यो हिसाबले एकदमै सम्भावना छ। 

स्वास्थ्यका दृष्टिकोणले होस् या इन्धनको दृष्टिकोणमा पनि फाइदा नै हुन्छ। वर्षेनी सवारी साधन मगाइरहेका छौं। इन्धन त्यत्तिकै मगाइरहेका छौं। मेट्रो रेल सञ्चालन हुने हो भने २५/३० प्रतिशत घट्छ। वायु प्रदूषण पनि त्यत्तिकै छ। गाडी र फ्युलबाट हामीले ३० प्रतिशत बचायौं भने त मेट्रो रेल जति बनाए पनि पुग्छ। यसरी आवश्यक नभएको खर्च मात्रै घटायौं भने पनि मेट्रो रेलको सम्भावना आर्थिक हिसाबले पनि धेरै छ। 

मेट्रो रेल आयो भने शहरी विकास व्यवस्थित भएर जान्छ। आर्थिक उन्नति हुन्छ। सबैले काम पाउँछन्। यहाँ १८ वटा नगरपालिका छन्। एउटा नगरपालिकाबाट अर्कोमा जानुपर्‍यो भने कम्तीमा पनि दुई/तीन घण्टाको समय लाग्छ। मेट्रो रेल आयो भने चोभारदेखि धुलिखेल २५ देखि ३० मिनेटमा पुगिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तैगरी एउटा ठाउँबाट अर्को ठाउँ जस्तै, तारकेश्वर, चन्द्रागिरि जतासुकै गए पनि बढीमा २५/३० मिनेटमा पुर्याइदिन्छ। यसले हाम्रो समयलाई समेत बचत गराउँछ। 

दुर्घटना कम हुन्छ। वायु प्रदूषण कम हुन्छ। मान्छेहरुलाई काम गर्नलाई अवसर प्राप्त हुन्छ। अहिले साँझ ५/६ बज्यो कि घर जानलाई यातायात भेटाउन मारामार परेको देखिन्छ। यदि मेट्रोरेल आएको अवस्थामा दिनको १८ घण्टासम्म तपाईं जहाँसुकै जाँदै हुनुहुन्छ, सुरक्षित यात्रा गर्न पाइन्छ। सबैभन्दा महत्वपूर्ण कुरा के छ भन्दा काठमाडौं उपत्यकामा जतासुकै बसे पनि मान्छेहरुको एक अर्कोसँग सम्पर्क गर्न सजिलो हुने भयो।

अनि मेट्रो रेलबारे पूर्वतयारी, अध्ययन कत्तिको भएको छ? 
हामीले पूर्वतयारीको कुरा त २० वर्ष अगाडिदेखि नै गरिराखेका छौं। विगत ३ वर्षमा विश्वका र हाम्रा नेपाली विज्ञहरु करिब ४० जनाभन्दा बढी सँगै बसेर छलफल, अध्ययन गरी अवधारणा पत्र समेत बनाइसकेका छौं।

यो अवधारणा पत्रबारे हामीले काठमाडौं उपत्यकाका नगरपालिकाहरुसँग समेत छलफल गरिसकेका छौं।  योजना आयोगसँग छलफल गरिसकेका छौं। एक/दुई महिनाभित्र यो अवधारणापत्र हामी सरकारलाई हस्तान्तरण गर्छौं।

Xtrem

Xtrem

यसमा व्यवस्थित रुपमा मेट्रो रेल कसरी चलाउने भन्नेबारे राम्रोसँग लेखिएको छ। यसले वृहत योजनाहरु कसरी बनाउने भन्नेबारे मार्ग देखाउँछ। 

सम्भाव्यता अध्ययनभन्दा पहिले नै कार्यान्वयनमा बाधा, अड्चन नआओस् भनेर अध्ययन गरी अवधारणापत्र बनाएका हौं। यसले ठूला आयोजनाहरु सञ्चालन गर्न  नेपालको लागि मार्ग निर्देशनको रुपमा काम गर्न सक्छ। जब यो कार्यान्वयनमा जान्छ तब आर्थिक, सामाजिक, प्रशासनिक रुपमा देखिने वाधा अड्चनलाई कसरी फुकाउने भन्नेबारे अध्ययन गरेकाले मलाई लाग्छ, यो योजना सुरु गरेपछि बाधा अड्चन आउँदैन। 

काठमाडौं महानगरपालिका एक्लैको लागतले मेट्रो रेल सञ्चालन गर्न सकिएला त? 
हामीले आम्दानी र खर्चलाई मिलाउने त हो नि, होइन र? खर्च मात्र भयो, आम्दानी हुँदैन भने त त्यसको सम्भावना हुँदैन। खर्च कम भयो आम्दानी बढी भयो भने त हुन्छ नि। हामीहरुको काम त त्यही हो। मेट्रो रेल आएपछि नेपाल समृद्धिको बाटोमा जान्छ। गरिबीको रेखा माथि गएर उन्नति  गर्छौं भन्छौं। त्यसको लागि यो एकदमै सहायक हुन्छ।

नेपालको अर्थतन्त्रलाई यसले कायापलट गर्न सक्छ। तर सबै क्षेत्रबाट मिहिनेत गर्नुपर्छ। एउटै संस्थाले गरेर पुग्दैन। नगरपालिकाहरु सबै जुट्नुपर्यो। यो सबैलाई समेटेर लैजाने अवसर पनि हो।

लगानीको मोडालिटी चाहिँ कस्तो हुनुपर्ला? 
लगानीको विषयमा कतिपय कुरा सरकार आफैंले गर्नुपर्छ। किनभने सरकार आफैंमा एउटा साझेदार हो। स्वामित्व लिनुपर्छ। मेट्रो रेल आएपछि सरकारको कर उठ्छ। रोजगारी वृद्धि हुन्छ। सरकारलाई अन्य थुप्रै कुराबाट पनि फाइदा नै हुन्छ।

कति लगानी सरकारले गर्ने, कति लगानी निजी क्षेत्रले गर्ने भन्नेबारे हाम्रो अवधारणापत्रमा उल्लेख समेत गरेका छौं। त्यस हिसाबले सबैलाई सहभागी गराएर निजी र सरकारी साझेदारीमा मिलेर गर्नुपर्छ। 

मेट्रो रेलको विकल्पमा ठूला बसहरु चलाउँदा के हुन्छ? त्यो सम्भव हुन्छ कि हुँदैन?
त्यो पनि राम्रो कुरा हो। किनभने मेट्रो स्टेसनसम्म आउनका लागि त मान्छेहरुलाई कुनै न कुनै साधन त चाहियो नि। मेट्रो स्टेसन त एक किलोमिटर, दुई किलोमिटर टाढा नै हुन्छ। त्यहाँसम्म जानका लागि पनि त साधन चाहियो। यहाँ जति सवारी साधन छन् ती सबैले उचित अवसर पाउँछन्। बसको पनि त्यत्तिकै आवश्यक छ। टेम्पोको पनि उत्तिकै आवश्यक छ। यी सबैलाई समेटेर एकीकृत यातायातको विकासको आधार मेट्रो रेलले नै जोड्ने गर्छ। अरु यातायातले मेट्रोलाई जोड्छ। यसले एक आपसमा सहयोग गरेर एकीकृत यातायातको व्यवस्थाबाट अघि बढ्न मदत पुर्‍याउँछ।

मेट्रो रेल बनिसकेपछि काठमाडौं उपत्यकामा दैनिकजसो कति व्यक्ति लाभान्वित हुन्छन् होला?
हामी के भन्छौं भने, यातायातको दृष्टिकोणले ३० प्रतिशत सेवा मेट्रो रेलले दिन्छ। ७० प्रतिशत चाहिँ अन्य यातायातका साधनले दिन्छ। काठमाडौं उपत्यकामा अहिले पनि ४० प्रतिशत व्यक्ति पैदल हिँड्छन्। पैदल यात्रीहरु बढेर ५०/५५ प्रतिशत पुग्न  सक्छन्। मान्छेहरु एक/दुई किलोमिटर हिँड्ने प्रयास गर्छन्। त्यो हिसाबले मेट्रो रेलको नयाँ अवधारणा आएको हो।

मेट्रो रेलबारे पटक-पटक अध्ययन पनि भइरहेको देखिन्छ। जापान सरकारको सहयोगमा (जाइका), रेल विभाग, इन्जिनिरिङ विभागबाट पनि अध्ययन गरेको देखिन्छ। तर प्रतिवेदन सार्वजनिक भइरहेको छैन। तपाईंको अध्ययनले लगानी चाहिँ ठ्याक्कै कति लाग्छ त?
हाम्रो अध्ययनमा कति लगानी लाग्छ भन्ने कुरा स्पष्ट छ। हामीसँग सबै अध्ययनको विवरण छ। समग्र  अध्ययनबाट नै यो हामीले यो अवधारणापत्र ल्याएका हौं। मेट्रो रेल भनेको खाली मेट्रो रेल मात्रै होइन। पहिलो पटकको अध्ययनले हामी त्यति गहिरोसम्म जान सकेनौं।

मेट्रो रेल भनेको काठमाडौं उपत्यकालाई भविष्यमा कस्तो बनाउने भन्ने अवधारणा नआएसम्म कस्तो शहर बनाउने?, मेट्रो रेलले कुनकुन ठाउँमा सेवा पुर्‍याउँछ? भन्ने विचार नगरी बनाउन आवश्यक छैन। त्यस कारण काठमाडौं उपत्यका आउँदो ३० वर्षमा कस्तो किसिमको शहर बन्छ भनेर हामीले अवधारणापत्र बनाएका छौं। मेट्रो रेलले कसरी सेवा पुर्‍याउने?, अन्य यातायातका साधनले कसरी सेवा पुर्‍याउने?, एकीकृत शहरी विकास, एकीकृत यातायात, एकीकृत वातावरण, एकीकृत कला, संरक्षणको कार्यक्रम र पर्यटनलाई कसरी सम्बोधन गर्ने? भन्ने कुरा समेटेर हामी वृहत योजनासहित मेट्रो रेलमा जान्छौं।

मेट्रो रेल आयोजनाको पहिलो चरण पूरा गर्न कति लगानी आवश्यक रहेको अनुमान छ?
हामीले प्रस्ताव गरेको काठमाडौँ लाइनले बनेपा-भृकुटीमण्डप-थानकोट जोड्छ। यो ३६.५ किलोमिटर लामो हुनेछ, जसमध्ये १५ किलोमिटर भूमिगत हुनेछ।  सबैभन्दा पहिला काठमाडौँ लाइन बनाउनु पर्छ। यसको अनुमानित निर्माण लागत ३ देखि ५ अर्ब अमेरिकी डलर हो। युद्धस्तरमा काम गरे पनि यो बनाउनलाई मात्रै ५ वर्ष लाग्छ।  

दोस्रो, पाटन लाइन जसलाई हामी ‘क्रस रेल अफ काठमाडौँ’ पनि भन्छौं, त्यसले गोदावरी-भृकुटीमण्डप-बुढानीलकण्ठ जोड्छ। यो २६ किलोमिटर लामो हुनेछ जसमध्ये १४.५ किमी भूमिगत हुनेछ। यसको निर्माण लागत २-४ अर्ब डलर अनुमान गरिएको छ।

तेस्रो लाइन, रिङरोड जोड्ने हुन सक्छ। तर यसको लागत निकालिएको छैन।  

हामीले बिर्सन नहुने कुरा के हो भने यो स्थानीय सरकारले बनाएर मात्रै सम्भव हुँदैन, संघीय सरकारको प्रतिबद्धता चाहिन्छ। संसदबाट काठमाडौँ मेट्रो विकास ऐन पारित गरेपछि काठमाडौँ मेट्रो विकास प्राधिकरण गठन गरेर काम अगाडि बढाउनुपर्छ र स्रोत-साधन जुटाउनुपर्छ। अहिले काम सुरु गर्‍यौं भने पनि पहिलो लाइन सञ्चालनमा आउन ८-१० वर्ष लाग्ने भएकाले त्यति बेलासम्म काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात कसरी व्यवस्थापन गर्ने भन्ने योजना आजै बनाएर अगाडि बढ्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्