• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पहिलो पटक एकल कविता वाचनमा उभिएका निर्भीक

64x64
नेपाल लाइभ शनिबार, पुस २, २०७९  १४:४६
1140x725

‘आँखीझ्याल सानो छ
तर यसैबाट संसार चिहाउन सकिन्छ !’ 

कवि निर्भीकजंग रायमाझीले मण्डला थिएटरको हलमा ‘आँखीझ्याल’ कविता वाचन गर्दा गड्गडाहट ताली गुन्जिएका थिए। उनी पहिलो पटक एकल कविता वाचनमा उत्साहित मुद्रामा उभिएका थिए। गत सोमबार दिउँसो नाटकघरको हलमा २ सय जनाको भीड खचाखच थियो। कविता वाचनसँगै उनले तारिफ बटुलिरहेका थिए।

 कविताका समार्थ्य निर्भीक कवितामै यसरी सुनाउँदै थिए–

...को आयो साँझमा पाहुना
आँखीझ्यालबाट हेर्न पाइयो 
बिहानी घामको पहिलो झुल्को
ओछ्यानबाटै छुन पाइयो

आहा ! आँखीझ्याल हुँदै
जस्तो त्राशमा पनि संसार चिहाउन पाइयोस्
....
चाहन्छु, एउटा सानो आँखीझ्याल त
तिम्रो मनमा पनि भइदियोस् !’

उद्गार साहित्य प्रतिष्ठानले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा निर्भीकले दर्जन कविता सुनाए।

एक दशकभन्दा अघि देखि कविता लेखनमा सक्रिय निर्भीकले दुई वर्षअघि भएको नागरिक आन्दोलनको समयमा ‘शितल निवासको गर्मी’ कविता सुनाएर चर्चा बटुलेका थिए। ४ वर्षअघि निर्भीक लगायत १७ जना कविहरूकोसंयुक्त कविता संग्रह ‘अनुहारको भीड’ प्रकाशित भएको थियो। उक्त संग्रहमा भएका निर्भीकका कविताहरू युवापुस्तामा लोकप्रिय बनेका थिए।

कार्यक्रममा कवि विप्लव प्रतीकले निर्भीकका कवितामाथि टिप्पणी गरे। उनले निर्भीकका कवितामा अथाह सम्भावना भएको बताए। लामो समयदेखि काठमाडौंमा नजिकबाट निर्भीकलाई जानेको उल्लेख गर्दै उनले काव्यजगतमा चम्किलो नक्षत्रको रुपमा निर्भीकलाई हेरेको बताए। ’युवाहरू भावना बग्छ भनिन्छ, तर भावनाबाटै राम्रो कवि जन्मिन्छ जो निर्भीकमा पाउँछु म,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी निर्भीकको चटारो शीर्षकको कविता बाचन कवि श्रवण मुकारुङले निर्भीकका कविता लामो समय जीवित रहने टिप्पणी गरे। आफूले उक्त कविता समयसमयमा पढ्ने गरेको बताउँदै उनले उनका यी कविता सदाबहार पढिने बताए। ’वर्तमान समयमा युवाकविमा निर्भीक बलियो हस्तक्षेप गर्ने स्रष्टा हो,’ उनले भने।

यसैगरी अन्तिममा वरिष्ठ कवि तुलसी दिवसले एकभन्दा बढी पुस्तालाई जोड्ने क्षमता कविमा हुने, जुन निर्भीकका कवितामा आफूले पाएको भनाइ राखे। निर्भीकका कवितामा परिपक्वता हुने गरेको भनाइ उनको थियो।
यस्तै कवि रीमा केसी पनि निर्भीकको कविता बाचन गरेकी थिइन्। 

प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा कलम चलाउने उनले कार्यक्रममा आँखिझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खानेदिन लगायत एक दर्जन कविता सुनाएका थिए।

Xtrem

Xtrem

कवि निर्भीकका दुई कविता :
बिदाइमा

‘गएँ है !’ भन्न नपाई छुट्टिनुप¥यो त्यो दिन
बिदाइको हात हल्लाउन पनि पाइनँ
न पाएँ एकफेर
शुभ–यात्राको कामना गर्न तिमीलाई 
न दिनै पाइयो
स्मृतिको चिनुस्वरूप 
वर्षौंदेखि साँचिराखेको बुट्टे रुमाल ।

यसै छुट्यो...
अङ्गालो हाल्ने मनको रहर
आँशु पुछिदिँदै निधार चुम्ने रहर,
उदासलाग्दो त्यो गोधुलीमा 
विरही देखियो गोलसिमल पनि एकबार !

आज स्मृतिको घाउ बल्झिँदा 
एकोहोरो सोचिरहेछु–
किन भेटेछु तिमीलाई त्यो दिन !
कि आँखा दोबाटोमै टिकाएर 
छुट्टिनुपर्‍यो त्यो दिन ।

  
भान्साकोठामा बुद्ध

दरबार छोड्ने जुनेली रातमा
साँच्ची, राजकुमार सिद्धार्थले डिनर खाए–खाएनन् ?

बाटोमा के खाए होलान् 
त्यस युगमा रेष्टुराँ, पब, ‘केएफसी’ थिएन 

सायद फलफूल खाए कि !

बोधगयामा विशाल वृक्षमुनि कठोर तपस्या गर्दा
कति तिर्खा, भोक र जलन भयो
लेखाजोखा छैन 

बुद्धत्व प्राप्तिपछि देश–देशावर घुम्दा
दिव्य प्रवचनहरू प्रस्तुत गर्दै यात्रा गर्दा
साँच्ची, बुद्ध भान्साकोठा जानुभयो÷भएन ?

आज २ हजार ५ सय वर्षपछि 
मानव सभ्यताको उन्नति हेर्न आउँदा
बुद्ध कामविशेषले भान्साकोठामा पस्नुभयो,
र दिनुभयो संसारलाई नवीन सन्देश– 

‘भोक र शान्ति
एकअर्काका कट्टर दुश्मन हुन् !’
आँखीझ्याल

आँखीझ्याल सानो छ
तर यसैबाट संसार चिहाउन सकिन्छ !

घरका ठूला–ठूला ढोकालाई 
अहंकारका खापाले बन्द राखेका छन्
घरका बुट्टेदार झ्यालका सिसालाई
पर्दाले छोपेका छन् 

थुनिएको छ घर चारैतिर
सबै दृश्य बन्द छ

तर को आयो साँझमा पाहुना
आँखीझ्यालबाट हेर्न पाइयो 
बिहानी घामको पहिलो झुल्को
ओछ्यानबाटै छुन पाइयो

आहा ! आँखीझ्याल हुँदै
जस्तो त्राशमा पनि संसार चिहाउन पाइयोस्
....
चाहन्छु, एउटा सानो आँखीझ्याल त
तिम्रो मनमा पनि भइदियोस् !

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्