• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाली श्रम बजार विदेशी श्रमिकमा आश्रित हुँदै, विभाग भन्छ – दैनिक २ हजार नेपाल भित्रिन्छन्

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  ००:२०
1140x725

काठमाडौं– रोजगारीको खोजीमा ठूलो संख्यामा नेपाली युवा विदेश गइरहेका छन्। तर नेपालमा भने कामको खोजी गर्दै भारतलगायत अन्य देशबाट श्रम जनशक्ति आउने क्रम बढ्दै गएको छ।

विगत तीन वर्षदेखि कामको खोजीमा विदेशी श्रमिक नेपाली श्रम बजारमा भित्रिने क्रम कयौं गुणाले वृद्धि भइरहेको श्रम विभागले जनाएको छ। 

देशका विभिन्न क्षेत्रमा निर्माण भइरहेका सडक, जलविद्युत सरकारी भवन, व्यक्तिगत घर, पुल निर्माण र पुनर्निर्माण क्षेत्रमा काम गर्नका लागि त्यस्ता कामदार भित्रिरहेका छन्। दैनिक करिब दुई हजार विदेशी श्रमिक नेपाल भित्रिने गरेको अनुमान विभागको छ। 

नेपालमा निर्माण भइरहेका राष्ट्रिय गौरवका आयोजना र अन्य निर्माण क्षेत्रमा विदेशी कामदारको सहभगिता ठूलो रहेको छ। यस्ता आयोजनामा सामान्य काम गर्नका लागि पनि विदेशी श्रमिकमा निर्भर हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ।

विदेशी कामदार नेपालको श्रम बजारमा प्रवेश गर्ने क्रम मासिक रुपमा बढदै गएको श्रम विभागका निर्देशक वरुणकुमार झाले बताएका छन्। उनले भने– 'तीन वर्षअघि नेपालमा काम गर्ने आउने विदेशी श्रमिकको संख्या थोरै मात्र थियो। तर, भुकम्प गएको सालदेखि विदेशी कामदारको चाप नेपालमा ह्वात्तै बढेको छ। श्रम स्वीकृति लिने विदेशी कामदारको संख्यामा वार्षिक दोब्बरका दरले वृद्धि हुँदै गएको छ।'

नेपाल काम गर्न आउनेमा भारतको विहार, उडिसा, गुजरात, हिमाञ्चल प्रदेश, हरियाणाका धेरै छन्। यस्तै, श्रीलंका, बंगलादेश चीन, जापान, पाकिस्तान, मल्दिभ्स र भुटानबाट पनि नेपालमा काम गर्ने श्रमिक आउने गरेको विभागले जानकारी दिएको छ।

विगत तीन वर्षदेखि कामको खोजीका विदेशीने कामदारभन्दा रोजगारीको खोजीमा नेपाल आउने श्रमिकको संख्या बढिरहेको विभागको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले नेपालमा १० लाखभन्दा बढी विदेशी श्रमिक रहेको अनुमान सरकारको छ।

हाल भइरहेको पुनर्निर्माण कार्यमा अधिकांश विदेशी श्रमिक रहेका प्राधिकरणको तथ्यांकमा छ।

सिकर्मी, डकर्मी, इन्जिनियर र प्रविधिक क्षेत्रमा धेरै विदेश श्रमिक काम गर्ने आउने गरेको विभागको तंथ्याकमा उल्लेख छ।

मुख्य शहरमा दैनिकजसाे श्रमिकको पारिश्रमिकमा मोलमोलाइ

राजधानीभित्रका मुख्य शहरमा बिहान ७ देखि १० बजे नेपाल र विदेशका श्रमिकहरुको  पारिश्रमिक मोलमाल हुने गरेको देखिन्छ। 

रत्नपार्क, कंलकी, नयाँबानेश्वर, नयाँ बसपार्क र कोटेश्वरको सडक पेटीमा बिहान दैनिकजसो कामदारको मोलमोलाइ हुनेगरेको छ। त्यहाँ भारत, बंगलादेश र श्रीलंकाबाट आएका श्रमिकहरुको बाक्लो उपस्थिति देखिन्छ।

शहरको मुख्य केन्द्रमै यसरी श्रमिकको ज्यालामा हुने मोलमोलाइका विषयमा सरकार बेखबर नै छ। श्रमिक नियमन गर्ने संस्था श्रम विभागलाई नै श्रमिकको पारिश्रमिकमा हुने मोलमोलाइका विषयमा बेखबर रहेको पाइएको छ। त्यस्ता कामदारले दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म ज्याला पाउने गरेको रत्नपार्कमा भेटिएका श्रमिक आपूर्तिकर्ता मंगल साहले बताएका छन्।

'भारतबाट कामदार ल्याएर नेपालका निर्माण कम्पनी र अन्य श्रमिकलाई काम लगाउने ठेकदारलाई जिम्मा लगाउँछु', साहले भने, 'भारतबाट मासिक १० हजारभन्दा बढी श्रमिक रोजगारीका लागि नेपाल ल्याउने गरेको छु। भारतीय बेरोजगार युवा काम गर्ने नेपाल आउन रुचाउने गरेका छन्।'

भारतमा मासिक भारु १० हजारसम्म कमाउने श्रमिकले नेपालमा दैनिक ८ घन्टा काम गरेर नेरु ३० हजारभन्दा बढी कमाउने रोजगारीका लागि आएका श्रमिकहरुले बताउँछन्। ग्रामीण भेगमा काम गर्ने श्रमिकले कामसँगै खाना र बस्नको सुविधा पनि पाउने भएकाले कमाइमा बचत हुने उनीहरु बताउँछन्।

भारतीय श्रमिकको आकर्षणमा नेपालको श्रम बजार

भारतमा भन्दा नेपालमा राम्रो कमाइ हुन थालेपछि त्यहाँका श्रमिकलाई नेपाली श्रम बजारप्रति आकर्षण बढ्दै गएको देखिन्छ। 'गुजरातमा महिनाभरी काम गर्दा मुस्किलले १० हजार मात्र बचत हुन्छ', रोजगारीका लागि गुजारातबाट आएका तुलना राउजी बताउँछन्।

रत्नपार्कमा भेटिएका राउजीले नेपालमा काम गर्न पनि सजिलो र कमाइ पनि राम्रो हुने भएकाले गुजरातदेखि काम गर्न नेपालमा आएको बताए।

आफूले मासिक ३५ हजारसम्म बचत गरेको राउजी बताउँछन्। उनीसँगै गुजरातबाट अन्य ४० जना पनि काम गर्नैका लागि नेपाल आएका छन्।

भारतको हिमाञ्चल प्रदेश धान रोपाई सकिएकाले काम गर्न समस्या भएपछि धेरै त्यहाँका युवा काम गर्ने नेपाल आउने गरेका नयाँ बानेश्वरमा भेटिका हिमाञ्चल प्रदेशबाट रोजगारीका लागि जोन कासीले बताएका छन्।

काम गर्नेका लागि उनीहरु जस्ता हजारौ युवाको रोजाई नेपालको श्रम बजार पर्नेगरेको छ।  

कामदारका अभाव खेपिरहेको नेपाली रोजगार दाता कम्पनीले भारतबाट कामदार ल्याएर काम गर्नु परिरहेको नेपाल निर्माण व्यवसाय महासंघका कोषध्यक्ष रोशन दाहालले बताएका छन्।
नेपाली श्रम बजारमा काम गर्ने भारतीय श्रमिकले रुचाउने गरेको उनको भनाइ छ।  

भारतीय कामदारसँग मिसिएर पश्चिम तराईका कामदार समेत पछिल्लो समय रोजगारीको खोजीमा उपत्यका आउने गरेका छन्। 

भारतको मोतीहारी जिल्लाबाट ५ सयभन्दा बढी कामदार एकैसाथ पुनर्निर्माणमा काम गर्न लिएर आएको कामदार आपूर्ति गर्ने सत्यदेव सहनीले बताए।

सहनीले सातामा ५ सय भारतबाट श्रमिक नेपाल ल्याउने गरेको जानकारी दिए। 

आन्तरिक श्रम बजारको बेवास्ता

विदेशी देशका कामदार नेपाल भित्रिरहेका बेला नेपाली युवाको रोजाइमा भने विदेश पर्ने गरेको छ। ठूलो लगानी गरेर विदेश जाने कामदारलाई नेपालमै सञ्चालित आयोजनामा सरकारले आकर्षित गर्न सकेको छैन। यस्ता काममा युवालाई आकर्षित गर्नेतर्फ सरकारी तथा गैरसरकारी क्षेत्रबाट कुनै प्रयास नगरिएको श्रम विज्ञ दिपेन्द्र थापाको भनाइ छ।

यस्ता काममा युवालाई तालिम दिएर नेपालमै रोक्न नसक्दा पैसासँगै युवा शक्ति पलायन भइरहेको उनको बुझाइ छ।

नेपाली युवा श्रम शक्तिले नै आन्तरिक श्रम बजारको उपेक्षा गर्ने गरेको श्रम विज्ञहरुले बताउदै आएका छन्। सरकारले आन्तरिक श्रम बजारमा युवाश्रम आकर्षण नबढाए विकास निर्माणमा आवश्यक श्रम शक्ति अन्य देशमा निर्भर हुनुपर्ने उनीहरुको भनाइ छ। 

विदेशी कामदारको सुरक्षा

विदेशी कामदार रोजगारीका लागि नेपाल आउने चाप बढ्दै गए पनि उनीहरुको सुरक्षाका विषयमा सरकारले खासै चासो देखाएको पाइँदैन।

रोजगारदाता कम्पनी, निर्माण क्षेत्र, आयोजना र अन्य क्षेत्रमा रोजगारी गरिरहेका विदेशी श्रमिकको अवस्थाका बारेमा चासो दिएर अनुगमन नगरिएको विभागका झाले जानकारी दिएका छन्। 
विभागमा विदेशी श्रमिक समस्यामा परेको उजुरी नआएका कारण यो विषयमा सरकारको चासो खासै नगएको उनको भनाइ छ। 

विदेशी कामदारको हकमा, स्वास्थ्या विमा, करार अवधि, जोखिम क्षेत्रमा काम गर्ने कामदारको सुरक्षा र रोजगारीका लागि आएका देशसँग अनिवार्य श्रम सम्झौता गर्नुपर्ने श्रम ऐनमा व्यवस्था छ। 
नेपालभित्र विभिन्न क्षेत्रमा १० लाखभन्दा धेरै विदेशी कामदार रहेको सरकारी अनुमान भए पनि श्रम स्वीकृति करिब १५ हजारले मात्र लिएको विभागको भनाइ छ। 

सार्क राष्ट्रबाट रोजगारीका लागि आएका अधिकांश श्रमिकले श्रम स्वीकृति लिएका हुदैनन्। बिना श्रम स्वीकृति काम गरिरहेका कामदार समस्यामा परेमा नेपाल सरकार जवाफदेहिता नहुने विभागका निर्देशक झाको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्