• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली

64x64
रासस आइतबार, मंसिर २५, २०७९  १२:४१
1140x725

तनहुँ– व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्छिन्। तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन। उनलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ।

आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने गर्दा सोनिका विद्यालय जान नपाएकी हुन्। स्थानीय सूर्योदय प्राथमिक विद्यालयमा पढ्ने चेपाङ समुदायका करिब १९/२० विद्यार्थी आजभोलि विद्यालयमा नभइ सुन्तला बगैँचामा भेटिन्छन्। 

प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा पढ्ने चेपाङ समूदायका विद्यार्थी घरको काम धन्दा आफैं गर्नुपर्ने भएकोले विद्यालयमा आउँदैनन्। बुबा मजदूरी गर्न र आमा सुन्तला टिप्न हिँडेपछि घरमा खाना पकाउने र बालबालिका हेर्नुपर्दा आफूहरु विद्यालय जान नपाएको कक्षा ३ मा अध्ययनरत १० वर्षीय सुनिल चेपाङले बताए। 

‘बा काम गर्न गए, आमा सुन्तला टिप्न’, ढिला गरी विद्यालय पुगेका सुनिलले भने, ‘भात पकाउने काम गर्नु पर्दा स्कुल आउन ढिला हुन्छ। आमासँगै सुन्तला टिप्न गएको बेला त स्कुल आउनै पाइँदैन।’ आमासँगै आफू पनि सुन्तला टिप्न जादाँ दिनको दुई सय पारिश्रमिक पाउने गरेको सुनिलले बताए। 

आमा सुन्तला टिप्न गएको दिन आफूहरुले नै घरमा दाउरा चिर्ने, खाना पकाउने, सिस्नो टिप्ने काम गर्नुपर्दा विद्यालय आउन नपाइने कक्षा ३ का अर्का विद्यार्थी विराज चेपाङले बताए। ‘बा काममा जाँदा भाइबहिनी हेर्ने काम गर्नुपर्छ’, उनले भने, ‘आमा आज सुन्तला टिप्न गयो, सिस्नो टिपेर भात पकाएर खाँदा स्कुल आउन ढिलो हुन्छ।’

Ncell 2
Ncell 2

स्थानीय तनहुँसुर र छापमा रहेका करिब एक दर्जन सुन्तला बगैँचामा राम्चेका चेपाङ महिलाले प्रत्येक वर्ष सुन्तला टिप्ने काम गर्छन्। आफूहरु सुन्तला टिप्न जाँदा प्रायः काखमा रहेका बच्चा हेर्न र सुन्तला टिप्नसमेत छोराछोरीसमेत जाने गरेको व्यास ११ राम्चेकी मनमाया चेपाङले बताइन्। ‘सुन्तला टिप्न जाँदा छोराछोरी पनि सँगै लैजानुपर्छ’, मनमायाले भनिन्, ‘साना भाइबहिनी हेर्न अरु छोराछोरी लैजानुपर्छ । सुन्तला टिप्ने मौसममा त्यसो नगरी हुँदैन । त्यसपछि त छोराछोरी स्कुल पठाइहाल्छौँ।’ 

स्थानीय चेपाङ समुदायका राम्चे र ओढारेका करिब ३१ घरमध्ये राम्चेका–नौ घरका २८ चेपाङ विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्छन्। सुन्तला टिप्न आउँदा चेपाङ महिलाले प्राय काखमा रहेको बालबालिका खेलाउन अन्य सन्तान पनि साथमै लिएर आउने गरेको व्यास ९ छापका सुन्तला किसान मनबहादुर विक बताउँछन्। बगैँचामा रहेको दुई सय ५० बोटका सुन्तला टिप्ने कार्यमा व्यास ११ राम्चेका चेपाङ महिला नै मजदूरीमा लगाउँदै आएको विकले जानकारी दिए। 

आफूहरुले बालबालिकालाई काममा नलगाई विद्यालय पठाउन भन्ने गरे पनि चेपाङ महिलाहरुले सुन्तला टिप्ने समय सकिएपछि मात्र विद्यालय पठाउने भन्ने गरेको विकको भनाइ छ। 

चेपाङ समुदायमा श्रीमान् बिहानै मजदूरीमा निस्कने र आमा सुन्तला टिप्न जाने गर्दा मङ्सिर र पुस महिनामा विद्यालयमा नियमित १०/११ जना मात्रै आउने गरेको विद्यालयले जनाएको छ। सुन्तला टिप्ने समयमा प्राय आफूहरु भन्दा साना भाइबहिनी हेर्न र ठूलालाई सुन्तला टिप्नसमेत चेपाङ महिलाले सुन्तला बगैँचामा लैजाने चलन रहेको विद्यालयकी प्रधानाध्यापक रस्मी थापाले बताइन्। 

‘हामीले विद्यालय नै पठाउन छाडेर सुन्तला टिप्ने काममा छोराछोरी नलैजानुहोस् पटक–पटक भन्ने गरेका छौं’, प्रधानाध्यापक थापाले भनिन्, ‘तर सुन्तला टिपेपछि विद्यालयमा पठाइहाल्छौं नि भनेर चेपाङ भन्ने गर्नुहुन्छ।’ सुन्तला टिप्ने समय मङ्सिर र पुस महिना भएकोले यो दुई महिना विद्यालयमा उपस्थित नहुने विद्यार्थीका लागि पुनः पाठ दोहोर्‍याउनुपर्ने प्रधानाध्यापक थापाले बताइन्। 

माघ लागेपछि अधिकांश विद्यार्थी नियमित हुने गरे पनि केही विद्यार्थी घरको काम सकेर ढिलो गरि विद्यालय आउने गरेको उनले जानकारी दिइन्। चेतनाको कमीले गर्दा ज्यालामजदूरी गरी जीविका चलाउँदै आएका स्थानीय चेपाङ समुदायले कामलाई नै पहिलो प्राथमिकतामा राख्दा विद्यार्थी नियमित नभएको विद्यालयले जनाएको छ।

‘बालबालिकालाई पढाउनैपर्छ भन्ने चेनताकोस्तर ज्यादै कम छ’, प्रधानाध्यापक थापाले भनिन्। विसं २०५३ मा स्थापित उक्त विद्यालयमा बालबालिकालाई पढाउनपर्छ भनेर आफूहरुले विभिन्न कार्यक्रम र छलफल गरे पनि चेपाङ अभिभावकलाई बुझाउन कठिनाई भएको विद्यालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् ।... मंगलबार, माघ १३, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको ह... आइतबार, माघ ११, २०८२
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्